Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनावमा कांग्रेसी रुख सुकेपछि प्रम ओलीदेखि बाबुरामसम्मलाई पानी हाल्ने रहर

Posted on February 21, 2018February 21, 2018 by Salokya


अस्ति आइतबार प्रधानमन्त्री केपी ओलीले बालुवाटार सर्दा अघिल्लो पटक रोपेको बिरुवामा जगबाट पानी हाले। देशमा अरु केही न्युज नभएको जस्तो गरी जताततै यो फोटो, भिडियो छायो। देउवाले पानी हालेनछन् कि क्या हो भन्ने जोकदेखि यसको लाक्षणिक अर्थसम्मका विश्लेषण भए अनलाइनहरुमा। देउवालाई तीन तहको निर्वाचन सम्पन्न गर्नुथियो, त्यसैले पानी हाल्ने ध्यान पुगेन कि समेत लेखेको देखियो। प्रधानमन्त्रीले एक जग पानी बिरुवामा खन्याउँदा यति चर्चा परिचर्चा भएको देखेर हो कि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि रहर जागेछ।


रुख अर्थात् नेपाली कांग्रेससँग तालमेल गरी बल्लतल्ल प्रतिनिधि सभामा एक सिट जितेको नयाँ शक्तिको चौथो विस्तारित बैठकको बुधबार लुम्बिनीमा उद्घाटन गरे डा. बाबुराम भट्टराईले। उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीकै सिको गरी रुखमा पानी हाले।

केपी ओलीले त लौ आफैले रोपेको पिपलको बोटमा पानी हाले, यहाँ डाक्सापले त पार्टीको रातो झण्डाले बेरिएको गमलामा रोपिएको बोटमा पो पानी हाले त। ओलीले श्रीमतीसँगै जगमा पानी हालेका थिए, फोटोमा चाहिँ बाबुरामकी श्रीमती हिसिला यमी मुन्तिर फोटो खिच्दै गरेको देखिन्छिन्।

चुनावअघि वाम तालमेलमै मिसिन लागेका थिए बाबुराम। तर आफैलाई सिट नपाउने भएपछि बिच्किए र कांग्रेसित मिलेर चुनाव लडे अनि जिते। अब कांग्रेसको रुखलाई पनि मिल्ने, ओलीको सिको गरेको जस्तो पनि देखिने गरी दुवैलाई रिझाउने तेस्रो धार पो बन्न खोजेका हुन् कि उनी।

सत्तारुढ पुरानो पार्टीदेखि बाबुरामको नयाँ पार्टीले समेत रुखको यति धेरै चिन्ता गर्न थालेपछि कांग्रेसीहरुलाई अलि राहत हुने हो कि भन्या, पारा आएको छैन। बिचरा कांग्रेसीहरुलाई रुँदै फूर्सद छैन। नैतिक हिसाबले यसो हेर्दा पनि नमिल्ने गरी देउवाले राष्ट्रिय सभाका तीन जना मनोनीत सदस्यमा आफ्नै एकलौटी गरी राष्ट्रपतिलाई गरेको सिफारिश ओली सरकारले उल्ट्यायो भनेर रुँदै छन् उनीहरु। हो, प्रधानमन्त्रीले गरेको सिफारिश मान्न बाध्य हुनुपर्ने हो राष्ट्रपति संविधान अनुसार। तर अलिकति लाज पनि हुनुपर्ने हो नि कांग्रेसलाई। नैतिकता पनि हुनुपर्ने हो नि।

2 thoughts on “चुनावमा कांग्रेसी रुख सुकेपछि प्रम ओलीदेखि बाबुरामसम्मलाई पानी हाल्ने रहर”

  1. Rajan says:
    February 22, 2018 at 4:00 pm

    हैन, अचेल “ज्ञाने” कता गएछ ?

    Reply
  2. बासु says:
    February 22, 2018 at 12:29 am

    बाराभका कृयाकलापहरु छद्म हुन्छन् भन्थे, हो रैछ पो लाग्यो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme