Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओली-प्रचण्डले विप्लवको पार्टीको नामै हडप्‍ने, अब के होला?

Posted on February 20, 2018 by Salokya

अब देशमा दुई वटा ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको पार्टी रहने भो। प्रचण्डसँग टुक्रिएर वैद्यसँग गएका नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीले वैद्यसित पनि फुटेर बनाएको पार्टीको नाम २०७३ फागुनमा रोल्पाको थवाङमा भएको ८ औँ महाधिवेशनले परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राखेको थियो। फागुन ७ गते राति अबेर बालुवाटारमा भएको एमाले र मा‌ओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिको पहिलो बुँदामा पनि एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नै रहने तय गरिएको छ। भएन त अब कन्फ्युज। के छ त उपाय? उतिबेला नेकपा मशाल  र नेकपा मसाल गरी मोटो ‘श’ र पातलो ‘स’ गरी पार्टी छुट्याए जस्तो अब एउटा मध्यमार्गी बाटो अपनाउनु पर्ने हुन्छ- एउटा पार्टीले कम्युनिष्ट पार्टी लेख्ने अनि अर्कोले कम्युनिस्ट। त्यसो गरे बल्ल नामको फरक छुट्टिएला। नत्र त कसको पार्टीले के गरेको हो भेउ पाउनै मुश्किल हुनेछ। ओली – प्रचण्डको पार्टीले हो कि विप्लव पार्टीले। 

 

दुई पार्टीको कुरा अहिले नै मिल्दैन। विप्लव पार्टीले अस्ति भर्खर विज्ञप्ति निकालेर ओली सरकारलाई भक्कुमार गाली गरेको थियो। विज्ञप्तिमा ओलीलाई ‘कथित सामाजिक दलाल पुँजीवादी’ भनिएको छ। ओली सरकारको दिनगन्ती सुरु भएको चेतावनी पनि त्यसमा दिइएको छ।

अब झन् आफ्नै पार्टीको नाम ओली-प्रचण्डले खोस्ने भएपछि विप्लवले के गर्ने होलान् त बरा !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme