Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भात खाँदाको फोटो भाइरल

Posted on February 18, 2018 by Salokya


सामाजिक सञ्जाल पनि अचम्मैको हो। भात तपाईँ हामी सबैले खान्छौँ। दिनमा एक छाक मात्र हैन दुई छाकै खान्छौँ। तर तपाईँहामीले खाएको भातको फोटो भाइरल हुँदैन। आज आइतबार भने भात खाँदाको फोटो सामाजिक सञ्जालमा भाइरल भइदियो। फोटोमा दुई वाम नेताले एकै ठाउँमा भात खाएको देखिन्थ्यो। नेताले पनि भातै खाने हुन् भनेर जनताले भर्खर थाहा पाएको त हैन होला पक्कै। अनि किन भाइरल भएको त यो फोटो? एकता टुक्रिन लाग्यो भनेर चलिरहेको चर्चका बीच ‘ता’ मात्रै उतातिर गएको हो दुई नेता भात त एकै ठाउँमा खाने गरी ‘एक’ छन् भनेर देखाउनलाई होला यो फोटो सार्वजनिक गरिएको। सोचे अनुसार नै भाइरल भइदियो।

फोटोमा झापाको बी एन्ड सी मेडिकल कलेजका साहु दुर्गा प्रसार्इ पनि देखिन्छन्। उनको भक्तपुरको थिमिमा गजबको बंगला छ। दुई नेता त्यहीँ बसेर भात खाइरहेका रहेछन्। फोटोमा एक जना बच्चाको पनि हात देखिन्छ, को हो सामाजिक सञ्जालमा समेत कसैले चिनेनन्।

ओलीले चम्चा काँटाले खाने, प्रचण्डले हातले खाने थाहा पाएर हो कि मार्सीको भात देखेर हो- जनता त्यसैत्यसै रमाएर भाइरल हुनपुग्यो फोटो।

नेताले भात खाएको फोटो रोचक नै हुन्छ हेर्नेलाई। केही अघि माधव नेपालले अमेरिका भात खाएको फोटो पनि सामाजिक सञ्जालमा खुबै हिट भएको थियो।

माधव नेपाल २०६४ सालको संविधान सभा निर्वाचनमा हारेपछि दक्षिण कोरिया घुम्न गएका थिए। त्यहाँ पनि उनले खाएको भिडियो त्यो जमानामा माइसंसारमा राखिएको थियो

1 thought on “भात खाँदाको फोटो भाइरल”

  1. जोगेन्द्र says:
    February 19, 2018 at 11:26 am

    पहिले कुरो, यत्रो ठुलो जनताको भविश्यसंग सम्बधित संबेदनशील कुरो हुन् लागेकोले किन एउटा व्यवसायीको निवासमा वार्ता हुन पर्यो? पार्टी वा सरकारी वा भनौ तटस्थ हल थिएनन?
    दोस्रो, ग्वामका ग्वाम गाँस हालेर खाएको नितान्त निजि फोटो खिच्नेले के के वार्ता भयो त्यसको अडियो रेकर्डिङ्ग पनि नगरेका होलान त?
    तेस्रो, बच्चा बच्ची पनि वर पर यो पारिवारिक भेटघाट हो, पिकनिक वा मुलुकलाई अग्र गतिमा लैजाने शीर्ष नेताको वार्ता?
    देशलाई धुलाम्मे बनाएर एउटा कामै नलाग्ने नेता बल्ल विदा भए, अब पनि पार नलाग्ला जस्तो लक्षण देखिएको भान हुन्छ|
    यो काठमान्डौ भन्ने शहरमा मेयर छैन क्यारे| कतै पनि मेयर छ भन्ने देखिदैन| ट्राफिकमा होस्, फोहोर मैलामा होस् वा जताभावी पसल ठेला गाडी साइकल पसल वा ट्वाइलेटमा होस्|
    मेयरको उपस्थिति भन्ने नै छैन, मेयर शहर सफा राखौ भन्ने होइन राजनीतिमै फुल टायम बिताउने भए पछि मेयरको के काम?
    वाम नेताहरु एकताको नाउमा एकता रे बजाउन थालेपछि के को एकता?
    त्यसै भएर ज्ञानेले हर्कत गर्न थालेका छन्| हाम नेताहरुले फेरी सरकार ढाल्ने तिर लागे जनताले साथ् दिन पनि सक्नेछन| समयमै चेतना भया|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme