Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गल्ती भएको स्वीकार्न ‘कान्तिपुर’लाई कति गाह्रो ! ‘नयाँ पत्रिका’ले माफी माग्यो, ‘कान्तिपुर’ चुप बस्यो

Posted on February 10, 2018 by Salokya

सातै प्रदेशमा संस्करण निकाल्ने दुई वटा राष्ट्रिय मिडियाले बिहीबारको अंकमा राष्ट्रिय सभाको जाबो ५६ सिटको हिसाबमा गरेको गडबडबारे माइसंसारमा हिजोको ब्लग पढ्नुभयो होला। नपढ्नुभएको भए क्लिक गर्नुस्

यति गम्भीर गल्ती गरिसकेपछि भोलिपल्ट अर्थात् शुक्रबारको अंकमा यसलाई कसरी सच्याउने हो, चासो लागेको थियो। तर अचम्मैसित एक नम्बरको दैनिक ‘कान्तिपुर’ले पाठकको आँखामा छारो हाल्दै गल्ती भएको जानकारीसमेत दिन कञ्जुस्याइँ गरेको छ। नयाँ पत्रिकाले भने गल्तीका लागि सानोतिनो हैन, ‘गम्भीर क्षमायाचना’ सहित भूल सुधार गरेको छ।

नयाँ पत्रिकाको आजको अंकको चौथो पेजमा पाठक टिप्पणीको छेउमा गरिएको ‘गम्भीर क्षमायाचना’-

कान्तिपुरमा भने न समाचार छापिएको पहिलो पेजमा, न पाठक पत्र छापिने पेजमा, न अरु कुनै पेजमा नै गल्ती भएको स्वीकार गरिएको छ। हेर्नुस् शुक्रबारको इपेपर

के गल्ती भएकै हैन त? कान्तिपुर नै सही हो त?

कान्तिपुरले बिहीबार लेखेको समाचार फेरि एक पटक पढ्नुस्-

ठूलो हेडलाइनमै एमालेको २९ लेखिएको छ। अब निर्वाचन आयोगले गरेको आधिकारिक परिणाम घोषणा हेर्नुस्-

[documentcloud url=”http://www.documentcloud.org/documents/4375552-Rashtriyasabharesult.html” responsive=true]

कसैलाई शंका लागे गनेर हेर्दा हुन्छ- एमालेको २७ छ कि २९।

कान्तिपुरले प्रदेश १ मा एमालेका ६ र कांग्रेसका २ जना राष्ट्रिय सभा सदस्यमा विजयी भएको लेखेको छ। जबकि प्रदेश १ मा महिलातर्फ माओवादी केन्द्रकी विना पोखरेल चुनाव हुनुअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन्।

कान्तिपुरले दुई नम्बर प्रदेशमा पनि गल्ती गरेको छ। समाचारमा लेखिएको छ- ‘प्रदेश २ मा भने यसअघि नै एमाले, कांग्रेस, राजपा र फोरम सबैले दुई/दुई सिट निर्विरोध भइसकेका हुन्।’ खासमा एमालेले दुई हैन एक सिट र माओवादी केन्द्रले एक सिटमा निर्विरोध विजय हात पारेका थिए।

यति गम्भीर गल्ती गरिसक्दा पनि हुने गल्ती भइहाल्यो, थाहा पाउनेले थाहा पाइहाले, भूल सुधार गरे झन् धेरैले थाहा पाउँछन्, लाजै हुन्छ झन् हामीलाई भन्ने लागेर पो हो कि ‘कान्तिपुर’ चुप बसेको !

3 thoughts on “गल्ती भएको स्वीकार्न ‘कान्तिपुर’लाई कति गाह्रो ! ‘नयाँ पत्रिका’ले माफी माग्यो, ‘कान्तिपुर’ चुप बस्यो”

  1. rajan says:
    February 11, 2018 at 5:10 pm

    कान्तिपुर दैनिकले आफ्नो दर्ता नम्बर वर्षाैदेखि प्रिन्ट लाइनमा गलत प्रकाशित गर्दै आएको छ । त्यसलाई सुधार्न चाहेको देखिएन । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा एकै वर्ष दर्ता कान्तिपुर दैनिक र काठमाडौं पोष्टको दर्ता नम्बर क्रमशः ३१ र ३२ हो । तर, कान्तिपुरमा दर्ता वर्ष ०४९/०५० उल्लेख छ भने काठमाडौं पोष्टमा ०४८/०४९ उल्लेख छ । कान्तिपुरले वर्ष २५ र काठमाडौं पोष्टले VOL XXV (वर्ष २५) नै उल्लेख गरेका छन् । आफ्नै दर्ता वर्ष गल्ती लेख्ने कान्तिपुरको अहम् पनि कुन दिन अहिलेका लोकमानको जस्तो हुने हो ?

    Reply
  2. Prakash says:
    February 10, 2018 at 7:44 pm

    सालोक्यज्यूलाई धेरै धन्यवाद छ नेपाली प्रेस लाई जिम्मेवार हुन सिकाएकोमा /

    Reply
  3. Himal says:
    February 10, 2018 at 6:25 pm

    खत्तम मिडिया हो कान्तिपुर ! सुमार्गीले मात्रै तह लाउन सक्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme