Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्या गज्जब के – नेपालकै टप एड एजेन्सीका पिआरलाई फोटो कसरी अट्याच गर्नेसम्म थाहा रैनछ !

Posted on February 6, 2018February 6, 2018 by Salokya


केही विषयको प्रचार गर्ने जिम्मा पाएका पिआर (पब्लिक रिलेसन्स) कर्मचारीहरुले त्यो विषयबारे मिडियालाई जानकारी गराउन के गर्छन्? पक्कै पनि त्यसबारे जानकारीहरु भिडियो, फोटो र अक्षरमा लेखिपठाउँछन्। अलि पहिले फ्याक्सको जमाना थियो। आजभोलि त इमेल सजिलो। इमेल पठाइदिए भइगो।

अनि फोटो र साथमा त्यसबारे जानकारी (क्याप्सन) पनि पठाउनु छ भने कसरी पठाउने? नेपालकै टप एड एजेन्सी प्रिज्मा एडभर्टाइजिङका पब्लिक रिलेसन्स डिपार्टमेन्टका एक्जेक्युटिभहरुसित सिक्नुस्। उहाँहरुले यसो गर्नुहुन्छ हेर्नुस्।

यो प्रिज्मा पिआरको जिमेलबाट पठाइएको इमेल हो। ‘डियर मिडिया कलिग्स’ सम्बोधन गरिएको इमेलमा ‘काइन्डली फाइन्ड द अट्याच्ड पिक्चर विद् द क्याप्सन अफ कोकाकोला मोमोत्सव’ लेखिएको छ। फेरि मुन्तिर ‘वि ह्याभ अट्याच्ड द पिक्चर विद् दि क्याप्सन हियरविद्’ लेखिएको छ। त्यो सँगै फेरि ‘वि हम्बली रिक्वेस्ट यु टु पब्लिस द पिक्चर अलङ विद् दि क्याप्सन अट्याच्ड’ लेखिएको छ। दुई प्याराग्राफको वाक्यमा तीन वटा ‘पिक्चर विद् दि क्याप्सन’ छ।

तर पिक्चर फाइल भने छैन। यो इमेलसँगै अट्याच त एउटा वर्ड फाइलमात्रै छ। कस्तो छ त्यो वर्ड फाइल, यहाँ क्लिक गरी हेर्नुस्।

१.९ एमबीको वर्ड फाइलमा पाँच वटा फोटो इन्सर्ट गरिएको छ, अनि त्यसको मुन्तिर अङ्ग्रेजी र नेपालीमा क्याप्सन लेखिएको छ।


वर्ड फाइलमा फोटो इन्सर्ट गरेर मुनि लेखिएको क्याप्सन

हरे ! वर्ड फाइलमा इन्सर्ट गरिएका फोटोको रेजोल्युसन कति हुन्छ होला? फेरि त्यसमा राखिएका फोटोलाई निकाल्न अर्को प्रक्रिया गर्नुपर्ने झण्झट। पिआरको काम मिडियालाई सहज बनाउनु कि गाह्रो बनाउनु? नबुझे जस्तो छ।

वर्ड फाइलमा फोटो इन्सर्ट गर्न जान्नेहरुले फोटोको फाइलमा नै क्याप्सन राख्न फोटोसपबाट सम्भव छ भन्ने नजानेकै हो त। नत्र फोटो भन्दै वर्ड फाइल त पठाउन नपर्ने। कठै, अरु देशका पिआर एजेन्सीहरुले थाहा पाए भने कति हाँस्ने होलान् ! लौ न फोटोमै क्याप्सन संलग्न गरेर फोटोको फाइल पठाउन सिकाइदिनु पर्‍यो ह्वाँहरुलाई।


फोटोसपमा फोटोको Exif data मा क्याप्सन राखेको नमूना।

18 thoughts on “क्या गज्जब के – नेपालकै टप एड एजेन्सीका पिआरलाई फोटो कसरी अट्याच गर्नेसम्म थाहा रैनछ !”

  1. Subash Shrestha says:
    February 14, 2018 at 3:11 pm

    Should it be such a big deal? Isnt there any issues left to make a news on? He is PR personnel not a multimedia proffessional. I would have done the same if i was to send a pic with texts to be published as caption as would allow the publisher to make necessary adjustments. Also I believe its better to avoid using photoshop when its not necessary as that allows keep the originality and authenticity of a photo.
    Its sad how we are so egar on making criticisms, I m sure we have more creative and productive stuffs to engage in.

    Reply
    1. Salokya says:
      February 14, 2018 at 11:35 pm

      ए ल ल, फोटो पिक्चर फाइलमा नभई वर्ड फाइलमा पठाउने विश्वकै एकमात्र PR personnel भनेर बुझौँ अब। फोटो originality and authenticity वर्ड फाइलमा पठाउँदा हुँदो रैछ भन्ने महान् ज्ञान पाइयो। अनि यो न्युज हैन ब्लग भनेर माथि ठूल्ठूलो अक्षरमा लेखिएको पढ्ने कि।

      Reply
  2. Gopal Gurung says:
    February 7, 2018 at 6:14 am

    यो अंग्रेजी क्याप्सनमा पनि कता कता के नमिले जस्तो लाग्यो…. पि.आर कम्पनीले पठाको भन्दामात्रै है……

    “Caption: Barsha Siwakoti eating momo with refreshing Coca-Cola during her the visit in “Coca-Cola Mo:motsav”

    Reply
  3. Rajendra Adhikari says:
    February 6, 2018 at 2:51 pm

    सालोक्यजीलाई Exif data मा गएर Captions हेर्न नआउला भनेर त्यसरी Word File पठाको होला नि त । त्यसै अरूको गील्ला नहानुम् न यार ।
    BTW, word file मा पनि Full Resolution Image राख्न सकिन्छ है ।

    Private Email लाई Public गरेर गील्ला गर्दा अल्ली Unprofessional भयो कि जस्तो नि लाग्दै छ । हुन त पत्रकारसीत Privacy को Expect गर्नु मुर्खतै होला ।

    Reply
    1. Mysansar says:
      February 6, 2018 at 4:20 pm

      Media लाई पठाएकाे इमेल पनि प्राइभेट हुने रैछ र हजुर! BTW, Full, fuller, fullest Resolution राखे पनि Image पठाउने भनेको .doc फाइलमा हैन .jpg फाइलमै हो भन्नु गिल्ला हैन है।

      Reply
    2. Rajendra Adhikari says:
      February 6, 2018 at 5:12 pm

      Mysansar मिडियालाई खासमा त फोटो पब्लिक गर्न पठाएको रे छ । पठाउने मान्छेको कार्यशैली, लेखनशैली र झमता हैन । पत्रकारलाई केही सुचना दिन भेट्दा खेरी, यस्तो लुगा लगाएर आएछ, उस्तो बाइक चेढ्दो रे छ भनेर पब्लिक् गर्या जस्तो भो भन्ने लागेको हो ।

      Reply
    3. Bikash Raj Sharma says:
      February 6, 2018 at 6:17 pm

      https://www.digitalcitizen.life/editing-geotags-captions-and-descriptive-tags-pictures-windows-live-photo-gallery-2011

      Reply
    4. Mysansar says:
      February 6, 2018 at 6:21 pm

      Rajendra Adhikari फोटो पब्लिक गर्न फोटो फाइल नपठाएर वर्ड फाइल पठाएको भएर पिआर एजेन्सीले यति पनि नजानेको हो र भनेर ब्लग लेखेको हो हजुर।

      Reply
    5. Mysansar says:
      February 6, 2018 at 6:25 pm

      Bikash Raj Sharma एड एजेन्सीले धेरै डिजाइनहरु फोटोसपमा गर्ने भएकोले फोटोसपको उदाहरण दिएको हो हजुर। क्याप्सनै लेख्न त वर्ड फाइलमा लेखेर फोटोमात्र फोटोको फाइल पठाए पनि हुन्छ नि हुन त। कुन फोटोको क्याप्सन कुन भनेर फोटोको फाइल नेम अनुसार क्याप्सन छुट्याइदिए भइगो।

      Reply
    6. Rajendra Adhikari says:
      February 6, 2018 at 6:30 pm

      Mysansar हैन, ठीकै छ । बस्, अल्ली गील्ला गर्ने शैलीमा लेखिएकोले समवेदना आको हो । अनी Word File मा पठाउनु आफैंमा केहि नौलो लागेन (Full Resolution मा राख्ने हो भने) । नेपाली / अङ्ग्रेजी दुबैमा caption लेख्न पाइयो (Unicode नजानेकाले, अरू कसरी नेपाली मा क्याप्सन पठाउनु?) । सबै फोटोहरू लहरै एउटै File मा भयो ।

      भन्नुको मतलब मैले सोच्ने तरिका मात्र ठीक, अरू सब ल्वाँडहरू भन्ने पाराले गिल्ला नहानेको भए हुन्थ्यो भन्न मात्र आँटेको हो ।

      Reply
  4. Madan K Suwal says:
    February 6, 2018 at 8:40 am

    Sabai Lai Photoshop handy hunna ni

    Reply
    1. Mysansar says:
      February 6, 2018 at 10:54 am

      सबैलाई नभए पनि पिआर एजेन्सीलाई त हुनुपरो नि। जसको कामै फोटो प्रचार गर्नु हो।

      Reply
  5. Beebake says:
    February 6, 2018 at 2:17 pm

    Photoshop ma janu parchha ra? Windows batai milihanchha ni.

    Reply
  6. Bibek Acharya says:
    February 6, 2018 at 8:32 am

    Compress huncha vanera hola ni sarkar. Billa hanna majai aaucha ni aruko?

    Reply
    1. Mysansar says:
      February 6, 2018 at 10:55 am

      फोटो वर्डफाइलमा विश्वको कुन पिआर एजेन्सीले पठाउँछ सरकार? पठाउनेको आफै बिल्ला हुन्छ अरुले गर्नुपर्दैन।

      Reply
  7. Sarvesh Raj Sharma says:
    February 6, 2018 at 1:27 pm

    अरु कुरा ठीक लाग्यो | तर यो फोटोशप युज गरेर फोटो क्यापसन् राख्ने कुरो चैन चित्त बुझेन, जेपेज फाइल लाइ राईत क्लिक गरेर प्रोपर्तिजमा पनि क्यापसन् लगायतका मेटादाता भर्न सकिन्छ, फोटोशप सबैलाई चलाउन नआउन सक्छ

    Reply
  8. SUN says:
    February 6, 2018 at 12:11 pm

    यसलाई भन्छ स्पय्सलिस्ट ( specialist ) कडा भाषा मा भन्दा :द

    Reply
  9. Umesh Pokharel says:
    February 6, 2018 at 12:01 pm

    दामी

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme