Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रारामा के भेटियो यस्तो ‘अनौठो’ जीव

Posted on January 22, 2018 by Salokya

नेपालगञ्जमा बाक्लो कुहिरोका कारण विमान उड्न नसकेपछि गाडीबाट सुर्खेत हुँदै त्यहाँबाट तारा एयरको विमानबाट मुगुको ताल्चा विमानस्थलमा झरेका थियौँ हामी। त्यहाँबाट गाडीमा केही बेर गएपछि पाँच किलोमिटर लामो रारा तालको डुङ्गा यात्रा गरी डाँफे होटलमा पुग्दा निकै थाकिसकेका थियौँ हामी। त्यहाँ एउटा बाकसमा एउटा अनौठो छुचुन्द्रो जस्तो जीव होटलका कर्मचारीले राखेका रहेछन्। चुच्चो मुख, रबरको खेलौना जस्तो जीउ र पुच्छर- हेर्दा अनौठै थियो। डाँफे होटलका साहु तथा प्रतिनिधि सभाका सांसद गोपाल बम पनि भन्दै थिए- यस्तो त पहिलो पटक देखियो। अहिलेसम्म देखेका थिएनौँ। 

ब्यागमा क्यामेरा थियो। तर थकित अवस्थामा भएकोले निकालेर फोटो खिच्नै अल्छी लाग्यो। बिहानदेखि केही खाएका पनि थिएनौँ। भोक पनि लागेको थियो। त्यसैले हातमा भएको मोबाइलबाटै दुई तीन वटा फोटो खिचेँ।

छाडिदेऊ छाडिदेऊ भनेपछि त्यो बाकसमा भएको सानो जीवलाई अलि पर लगियो। होटलका कर्मचारी भन्दै थिए- भूइँमा राख्ने बित्तिकै जमिन आफै खोस्रेर भित्र गयो त। खासै महत्त्वपूर्ण लागेन यो कुरा।

‘प्रकृतिका साथीहरु’ समूहले दिएको वन्यजन्तुसम्बन्धी तालिममा सहभागी हुँदा वन्यजन्तुसम्बन्धी निकै उपयोगी जानकारी पाएको थिएँ। त्यतिबेला नै फेसबुकमा एउटा समूह बनेको थियो। रारा छाडेर मुगु सदरमुकाम गमगढी आइपुग्दा त्यही समूहमा फोटो हालेँ, केही बढी जानकारी पाइन्छ कि भनेर।

‘प्रकृतिका साथीहरु’ समूहका राजु आचार्यले सोध्नुभयो, यो प्रजाति मलाई नौलो लागिरहेको छ। मोबाइलबाट अरु फोटो पनि खिच्नुभयो कि?

मैले खिचेका थप केही फोटो त्यहाँ राखेँ। त्यसपछि प्राध्यापक करनबहादुर शाहले फ्याट्टै पत्ता लगाइहाल्नुभयो यो कुन प्रजातिको रहेछ भन्ने कुरा। पहिलो फोटोमात्र हेर्दा त उहाँ पनि कन्फ्युज हुनुभएको जस्तो लागेको थियो।

दोस्रो फोटो हेरेपछि प्रा. शाहले भन्नुभयो- यो हिमालयन मोल हो। नेपाली नाम हिमाली सुँगुरे मुसो। वैज्ञानिक नाम Euroscaptor micrura। अहिलेसम्म यस्तो प्रजाति पूर्वी नेपालमा मात्रै भेट्टाइएको थियो।

पश्चिम नेपालको रारामा यस्तो प्रजाति पहिलो पटक भेटिएको उहाँले नै बताउनु भएपछि थाहा भयो। हैट, म आफैले पो रारामा पनि यस्तो प्रजातिको मुसो भेटिएको जानकारी दिन पाइएछ। थकथकी लाग्यो, किन क्यामेराबाट अलि धेरै राम्रा फोटो नखिचेको होला भनी। जे होस्, रारामा पनि हिमाले सुँगुरे मुसो पाइने रहेछ भन्ने थाहा त भयो।

 

 

2 thoughts on “रारामा के भेटियो यस्तो ‘अनौठो’ जीव”

  1. मनिष says:
    January 23, 2018 at 1:00 pm

    Himalayan Mole भनेको त हिमाली छुचुन्द्रो पो हुनुपर्ने मुसो पो भन्दा रैछन!
    त्यो पनि सुंगुरे मुसो, गज़ब रैछ|

    Reply
  2. Prakash says:
    January 23, 2018 at 4:02 am

    यसको बारेमा अरु जान्न मन लागेमा Wikipedia को यो अर्तिच्ले हेर्नु होला!
    https://en.wikipedia.org/wiki/Mole_(animal)

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme