संसदीय व्यवस्थामा जनताको मत पाएर सबैभन्दा ठूलो दल भएपछि उसले सत्ता र अरु धेरै थोक पाउँछ। नेपालमा भने सबैभन्दा ठूलो दल भएपछि कसको के सराप लाग्ने हो कि के हो, बिग्रेको बिग्र्यै हुँदो रहेछ। हेर्नुस् त एकचोटी इतिहास।
२०१५ सालको १०९ सिटका लागि भएको संसदको चुनावमा नेपाली कांग्रेसले ७४ सिटसहित दुई तिहाई बहुमत जितेर सबभन्दा ठूलो दल बन्यो। तर अर्को वर्ष राजा महेन्द्रले कू गरेर प्रधानमन्त्री वीपी कोइरालालाई जेलमा थुनिदिए। बहुदलीय व्यवस्थासमेत खोसियो।
तीन दशकपछि जनआन्दोलन भएर २०४८ सालमा प्रतिनिधि सभाको चुनाव भयो। २०५ स्थानका लागि भएको चुनावमा कांग्रेसले ११० सिट जितेर बहुमत पाउँदै फेरि पनि सबैभन्दा ठूलो दल बन्यो।
तर आफ्नै पार्टीभित्रको फूटका कारण कांग्रेसले पाँच वर्ष सरकार चलाउन सकेन। गिरिजाप्रसाद कोइरालाले ३ वर्षमै संसद भंग गरेर मध्यावधि चुनाव गराए। २०५१ सालमा भएको त्यो चुनावमा कांग्रेस दोस्रो ठूलो दल बन्न पुग्यो। यो चुनावमा पाँच सिट बढी अर्थात् ८८ सिट जितेर एमाले सबैभन्दा ठूलो दल बन्यो। र, अल्पमतको सरकार बनायो।
तर ठूलो दल बनेको एमालेले ९ महिना सरकार चलाउन नपाउँदै अविश्वासको प्रस्ताव सामना गर्नुपर्यो। त्यसबाट बच्न प्रधानमन्त्री मनमोहन अधिकारीले संसद भंग गरी चुनावको घोषणा गरे। तर सर्वोच्च अदालतले त्यसलाई उल्ट्याइदियो। सरकार बनाउने र गिराउने खेलहरु भए त्यतिबेला। २०५४ सालमा त ठूलो दल बनेको एमाले फुट्योसमेत।
२०५६ सालमा अर्को चुनाव भयो। त्यसमा १११ सिट जितेर कांग्रेस फेरि पहिलो दल बन्न सफल भयो। तर फेरि पनि कांग्रेसले पाँच वर्ष सरकार चलाउन सकेन। कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा गरी चुनाव प्रचार गरेको थियो कांग्रेसले। तर उनलाई राजीनामा दिन बाध्य पारी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। माओवादी समस्या चर्कँदै थियो। कोइराला पनि राजीनामा दिन बाध्य भए र देउवा प्रधानमन्त्री बने। संकटकाल लगाउने विषयमा कुरा नमिलेपछि सबैभन्दा ठूलो दल कांग्रेस फुट्यो।
त्यसपछि लामो समय चुनावै हुन सकेन। एकै पटक माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा संविधान सभाको चुनाव भयो। त्यसमा माओवादीले ६०१ सिटमा २२९ सिट जितेर सबैभन्दा ठूलो दल बन्यो। तर ठूलो दल बनेर के गर्नु, नौ महिनामै राजीनामा दिन बाध्य भए प्रचण्ड। ठूलो दल भएर पनि न उसले राष्ट्रपति जित्न सक्यो, न उपराष्ट्रपति जित्न सक्यो, न सभामुख। न एउटा प्रधान सेनापति हटाउन सक्यो। ठूलो दल भएर पनि सडकमा आन्दोलन गरेर बस्न बाध्य भयो। तेस्रो दल एमालेका माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री बने। संविधान बन्न सकेन।
२०७० सालमा अर्को संविधान सभाको निर्वाचन भयो। ठूलो दल बन्यो कांग्रेस। संविधान त बन्यो तर संविधान बनिसकेपछि ठूलो दलको हातमा न राष्ट्रपति भयो, न उपराष्ट्रपति, न सभामुख, न उपसभामुख। प्रधानमन्त्री पनि पाएन र विपक्षमा बस्नुपर्यो। बल्लबल्ल प्रचण्डलाई एमालेबाट खोसेर ल्याएपछि कांग्रेसले प्रधानमन्त्री पायो देउवा जसले अहिलेको निर्वाचन गरायो।
अहिलेको निर्वाचनले एमालेलाई सबैभन्दा ठूलो दल बनाएको छ। इतिहासमा ठूलो दल जहिले पनि सताइएको छ। यस पटक ठूलो दलले के के भोग्नुपर्ने हो, हेर्न बाँकी छ। सुरुमै एमालेको राष्ट्रिय सभामा एकल संक्रमणीय हुन नहुने अडान असफल भइसकेको छ।
शंकर ज्यु
कुरा स्पस्ट छ/ बास्तविक कुरा फोदेरै भन्ने हो भने आफ्ना छिमेकी मुलुकहरुको श्रोतमा आधिपत्य जमायर त्यहाको सुन्दर र श्रोतहरुले भरि पूर्ण भयको भूभाग नदीहरु उद्योगहरुमा उसको प्रभुत्व जमायर कमायको फाईदा नै भारतको बिकाशको आधार हो/ भारतले यसो गर्न सक्नुको कारण पनि भारतकै आश्रयमा ती मुलुकहरुमा भारतको “षडयन्त्रतन्त्र” चल्ने कपुत राज चल्नु नै हो/ यसैको कारणले भारतको छिमेकी मुलुकहरुमा राजनैतिक स्थिरता कहिले पनि भयन र बिकशित बन्न सक्ने पर्याप्त आधार र श्रोतहरु हुँदा हुँदै पनि भारत आश्रित मुलुक बन्न बाध्य भयो/
आधा कास्मिर, पुरै सिक्किम. भुटान र नेपालको श्रोतहरु भारतले ती देसहरु मा त्याहाको नागरिकहरुको बहुमत पायको शासक तथा सरकार बात पायको थियन अपितु त्यहा भारतको बिरोध गर्न नसक्ने लुते नेता र आफ्नो देसमा भारतको कमारो तन्त्र चलाउने बात लियको हो/ उदाहरणको निमित कोशी गण्डकी सम्झौता नेपालमा संबिधाननै नबनाई आफ्नो मनपरी तन्त्र चलाउने बात र महाकाली नदि संबिधान र सदन नै नटेर्ने बात भारतले लियको हो/
जव सम्म अनेकौं प्रजातान्त्रिक लोकतान्त्रिक नाम दियर आफ्नै मुलुकमा भारतको कमारो तन्त्र, षडयन्त्र तन्त्र चालाउने र लाजै पचाई हामि नेपालमा भारतको स्वार्थमा बाधक बन्दैनौ भन्नेहरुलाई पाखा लगाउन सकिंदैन भारतको छिमेकी मुलुकहरुमा बिकाशको प्रयाशहरु असफल हुँदै गर्छ/
यक पछि अर्को ठुलो जलश्रोतहरु मा भारतको आधिपत्य हुँदै जानु, नेपालले आफ्नो श्रोत र प्रयास बात नेपालको ठुलो जल बिद्युत आयोजना बनाउन नसक्नु, नेपालमा बिकिने भारतीय उत्पादनको बजारलाई धक्का दिने उद्योगहरु विकिनु बन्द हुनु र नेपालमा भारतको स्वार्थ अनुरुप नचल्ने नेताहरु”…….” हुँदै जानु बाट नेपाललाई मेरो नेपाल भन्ने नागरिकले “चाहे जस्तो” बनाउन नसकेको हो/
प्रकृतिले नेपाल भन्दा २२ गुणा ठुलो मुलुकलाई भन्दा बढिने श्रोतहरु दियर सम्पन्न र बिकशित गर्न सकिने बनायकै हो तर हाम्रै कमजोरीले भारतको कमारो तन्त्र लाद्ने बात हामीले मुक्ति पाउन सकेनौ यसैले यस्तो भयो/
कुरा साचो हो , यो कुराको अब समाधान कसरि त् ? सात साल देखिकै इन्डियाको देखावटीको लागि बिग ब्रदर बन्ने , यथार्थ मा भाइ हैन कसाइको भूमिका लाइ अनुहार न परेको हिजो भारतीय बिस्तारबाद भन्ने बाबुराम र इन्डिया सग सुरुङ्ग युद्द गर्ने भन्ने छबिलाल को दुवै को भित्रि रहस्य नेपालि जनता सामु नाङ्गे पछिपनि जितेर फेरी उनीहरुनै आए त् , अब अरुले के भन्ने ?
यात त् यो परिपाटी नै गलत भन्नु पर्यो , या न भए यिनीहरु नै नेपालको राजनेता स्विकार्नु पर्यो |
नेपाल मा असाध्येइ न भै न हुने भनेको ”र” लाइ काउन्टर दिने नया शक्ति हो |
जसरि उनीहरुले बिरेन्द्र , मदन भण्डारी हरुलाई हटायो र नेपालि राजनीतिमा लामो समय सम्म दादागिरी गरिरहेछ , देश भक्त हुन् चाहने नेपालि नेताहरु लाइ समेत भ्रास्ताचारी बनाउने , नेपालि प्रसासन लाइ अनाबस्य्वक दबाब दिने कार्य गर्दै छ | एसले नेपाल लाइ कहिले उठ्न दिदैंन |
अब तेस्तै आर्को संगठन जसले ”र ” का एजेन्ट , नेपाल द्रोही , खुफिया इन्डियन दलाल लाइ खोजि खोजि सिकार गर्छ , तेस्तै संगठन नेपाल मा देश बचाउन को लागि न भै हुन्न |
सिमाना मा काँडे तार , सिन्को न भाँची गफ गरेर खाने र भ्रास्ताचारी लाइ पनि खोजि खोजि सिकार गर्नुपर्ने आजको नेपालि राजनीतिको चाहना हो |
दल ठुलो र सरकार बलियो भय पछि श्राप होईन कसैको षड्यन्त्र चल्छ र तेही षडयन्त्रको कारण ठुलो दल र बलियो सरकार भत्किन्छ/तेस्तो षडयन्त्र गर्नेले नेपालमा जहिले पनि उसको इसारामा मात्रै चल्ने टिक्ने र नेपालमा आफ्नो दलको स्वार्थ पुरा गराउन तत्पर हुने नेता र दलको तुच्चे सरकार चलाउन चाहनु नै नेपालमा दल र सरकार भत्किनुको मूल कारण हो/ यउटा तुच्चे दलको तुच्चे नेतालाई नेपालको सरकारको उच्च पदमा पुर्याउने अनि त्यो बात नेपाल ठगिने लुटिने शन्धि गराउने अनि अर्को तेस्तै तुच्चे नेता र दललाई तेस्को बिरुद्धमा बोल्न लगाउंदै तेसलाई सत्तामा पुर्याउने अनि फेरी अर्को नेप्पाल लुटिने सन्धि सम्झौता गराउने फेरी उसलाई पनि उ जस्तै अर्को बात बिस्थापित गराउने ….. यहि त् चल्दै आयको छ नेपालमा/ नेपालले पनि भुटानले उनीहरु सिट गरेकै जस्तो सन्धि गर्न तयार भय नेपालमा जस्तो हुँदै आयको छ तेस्तो नहुने भनेर उनीहरुले पटक पटक दवाव दियको सबैले सुने बुझेकै कुरा हो/ नेपालले भुटानले उनीहरु सिट गरेकै सन्धि गर्न तयार नहुने देखे पछि भोलि उनीहरुले चाहेमा उनीहरुले चाहेको सबै श्रोत समेटेको नेपालको तराईलाई अहिले प्रदेश भोलि विदेश पर्सि सिक्किम बनाउन सकिने बनाउन अहिले यो नौटंकी हुँदैआयको हो/