Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन प्रदेशमा कसको बन्ने भयो सरकार?

Posted on December 20, 2017 by Salokya

निर्वाचन आयोगले समानुपातिकतर्फ प्रदेश सभा र प्रतिनिधि सभा दुवैको मतगणना सकिसकेको बताएको छ। अहिले सबै ठाउँबाट पठाइएका मतगणनाका रिपोर्टलाई भेरिफाइ गर्ने काम भइरहेको छ। ठूलै संख्याको मत हेरफेर यसमा हुने देखिन्न। त्यसैले अहिले निर्वाचन आयोगको वेबसाइटमा राखिएकै मतपरिणामबाट कसले कति समानुपातिक सिट पाउँछन् त्यसको हिसाब गरी कहाँ कसको सरकार बन्ने भयो, त्यो भन्न सकिने स्थिति छ।

प्रदेश १

समानुपातिक सिट ३७ वटा। एमाले १५, कांग्रेस १३, माओवादी ५, फोरम २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, राप्रपा १।

प्रदेश १ मा प्रत्यक्ष निर्वाचितहरु

कूल सिट ९३
एमाले ५१, कांग्रेस २१, माओवादी १५, फोरम ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, राप्रपा १, स्वतन्त्र १

बहुमतका लागि आवश्यक ४७

परिणाम : एमालेको बहुमत। एकल सरकार बन्न सम्भव।

 

 

प्रदेश २ :

समानुपातिक सिट ४३ वटा। एमाले ७, कांग्रेस ११, माओवादी ५, फोरम ९, राजपा १०, नेपाल संघीय समाजवादी पार्टी १।

प्रत्यक्ष निर्वाचितहरु

कूल सिट १०७

एमाले २१, कांग्रेस १९, माओवादी ११, फोरम २९, राजपा २५, नेपाल संघीय समाजवादी पार्टी १, स्वतन्त्र १

बहुमतका लागि आवश्यक : ५४

परिणाम : कुनै पनि दलको स्पष्ट बहुमत छैन। मधेसकेन्द्रित दुई दल फोरम र राजपाको गठबन्धन भयो भने बहुमत पुग्छ। अर्को विकल्प केन्द्रमा सरकार बनाउने वाम गठबन्धनले एक मधेसकेन्द्रित दलको सहयोगमा सरकार बनाउने हो। अहिलेको स्थिति हेर्दा मधेसकेन्द्रित दलले नै सरकार बनाउने देखिन्छ।

प्रदेश ३ :

समानुपातिक सिट ४४ वटा। एमाले १६, कांग्रेस १४, माओवादी ८, विवेकशील ३, राप्रपा १, राप्रपा प्रजातान्त्रिक १, नेमकिपा १।

प्रत्यक्ष निर्वाचितहरु

कूल सिट ११०

एमाले ५८, कांग्रेस २१, माओवादी २३, विवेकशील ३, राप्रपा १, राप्रपा प्रजातान्त्रिक १, नेमकिपा २, नयाँ शक्ति १।

बहुमतका लागि आवश्यक : ५६

परिणाम : एमालेको एकल बहुमत। एक्लै सरकार बनाउन सक्ने।

प्रदेश ४ :

समानुपातिक सिट २४ वटा। एमाले १०, कांग्रेस ९, माओवादी ३, जनमोर्चा १, नयाँ शक्ति १।

प्रत्यक्ष निर्वाचितहरु

कूल सिट : ६०

एमाले २७, कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३, नयाँ शक्ति २, स्वतन्त्र (दीपक मनाङे) १।

बहुमतका लागि आवश्यक : ३१

परिणाम : कुनै पनि दलको एकल बहुमत छैन। वाम गठबन्धनले मिलेर सरकार बनाउन सक्ने।

प्रदेश ५ :

समानुपातिक सिट ३५ वटा। एमाले १३, कांग्रेस १२, माओवादी ६, फोरम २, राजपा १, राजमो १।

प्रत्यक्ष निर्वाचितहरु

कूल सिट : ८७

एमाले ४१, कांग्रेस १९, माओवादी २०, फोरम २, राजपा १, राजमो १।

बहुमतका लागि आवश्यक : ४४

परिणाम : कुनै पनि दलको एकल बहुमत छैन। वाम गठबन्धनले मिलेर सरकार बनाउन सक्ने।

प्रदेश ६ :

समानुपातिक सिट १६ वटा। एमाले ६, कांग्रेस ५, माओवादी ४, राप्रपा १।

प्रत्यक्ष निर्वाचितहरु

कूल सिट : ४०

एमाले २०, कांग्रेस ६, माओवादी १३, राप्रपा १।

बहुमतका लागि आवश्यक : २१

परिणाम : कुनै पनि दलको एकल बहुमत छैन। वाम गठबन्धनले मिलेर सरकार बनाउन सक्ने।

प्रदेश ७ :

समानुपातिक सिट २१ वटा। एमाले ८, कांग्रेस ८, माओवादी ४, राजपा १।

प्रत्यक्ष निर्वाचितहरु

कूल सिट : ५३

एमाले २५, कांग्रेस १२, माओवादी १४, राजपा २।

बहुमतका लागि आवश्यक : २७

परिणाम : कुनै दलको एकल बहुमत छैन। वाम गठबन्धनको सरकार बन्न सम्भव।

समानुपातिक गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।

 

4 thoughts on “कुन प्रदेशमा कसको बन्ने भयो सरकार?”

  1. Ram Thapa Magar says:
    December 27, 2017 at 6:23 am

    मदन जी,

    तपाई को लेख सहि छ र यसमा सबै को सहमति चाहिन्छ/ हामीलाई नेपाली बन्न जनमत दिएको छ, न कि योजात त्यो जात / जात भात तो नारा गलत हो/ जात को नारा ले नेता लै मात्र फाइदा भएको छ, जनता लै केहि हुनेवाल्ला छैन/ हेर्नुस जातिको लडाई ले केवल तामिल जाति लै घात भयो/ यदि मधेशबादी ले आन्दोलन गरे मा उनीहरु लै नै बेफैदा छ/ यस मामला मा पहाडी जनजाति ले बिचार पुर्याउनु पर्छ/ पूर्व मा राई लिम्बु ले स्वतन्त्र माग गर्ने हुने मधेश मा किन नपाउने भन्ने तर्क आउछ/ खास गरि काठमाडौँ का राजेन्द्र श्रेष्ठ र अशोक राइ हरु ले जातियता लाइ मलजल गरिरहेका छन् सत्तामा जान/
    अर्को उदाहरण माओबादी जनयुद्द ले कसलाई फाइदा भयो प्रचण्ड लगायत क नेता लाइ, राजतन्त्र पछि कांग्रेस र एमालेका नेता लाइ, जनता गरिबी को रेखा मुनि, ५४ लाख बिदेसीए
    / त्यसैले हामी जात तो नारा नजाउ, मिलेर बसउ यसैमा हाम्रा कल्याण छ/ नत्र भने उही काट मार/

    Reply
  2. Ram Thapa Magar says:
    December 27, 2017 at 5:53 am

    मदन जी,

    तपाई को लेखमा सबै को सहमति चाहिन्छा, हामीलाई नेपाली बन्न जनमत दिएको छ / जात भात तो नारा गलत हो/ जात को नारा ले नेता लै मात्र फाइदा भएको छ, जनता लै केहि हुनेवाल्ला छैन/ हेर्नुस जातिको लडाई ले केवल तामिल जाति लै घात भयो/ यदि मधेशबादी ले आन्दोलन गरे मा उनीहरु लै नै बेफैदा छ/ यस मामला मा पहाडी जनजाति ले बिचार पुर्याउनु पर्छ/ पूर्व मा राई लिम्बु ले स्वतन्त्र माग गर्ने हुने मधेश मा किन नपाउने भन्ने तर्क आउछ/ खास गरि काठमाडौँ का राजेन्द्र श्रेष्ठ र अशोक राइ हरु ले जातियता लाइ मलजल गरिरहेका छन् सत्तामा जान/
    अर्को उदाहरण माओबादी जनयुद्द ले कसलाई फाइदा भयो प्रचण्ड लगायत क नेता लै, राजतन्त्र पछि कांग्रेस र एमालेका नेता लै/ त्यसैले हामी जात तो नारा नजाउ, मिलेर बसउ यसैमा हाम्रा कल्याण छ/ नत्र भने त्यहि काट मार/

    Reply
  3. madan bajracharya says:
    December 25, 2017 at 11:53 pm

    जय नेपाल जय नेपाली, जात धर्म र बिचार फरक होला नहोला तर हाम्रो रास्त्रियता नेपाली हो, हिमाल पहाड र तराई मिलेर बनेको नेपालको हिमाली पहाडी र तराईबासी सबै यकै परिबार का हौ भन्नेको सरकार बनुन तर जसरि कुनै प्रदेशमा पारि बात नेपाल पसेर पारिकी सिट मात्रै रोटि बेटी र सम्भंद रहेको भन्दै हिमाल पहाड बात आई बसेकालाई सकेमा लखेट्ने नीति लियको छ तेस्तोको सरकार नेपालको कुनै प्रदेशमा नबनुन र बने पनि तेस्ता सरकार बनेको कारणले कुनै प्रदेशमा त्याहा बस्ने हिमाली पहाडी बा कुनै पनि समुदायकोले अन्याय विभेद र नेपालको कुनै पनि भूभागमा बस्न पाउने नेपालीको अधिकारमा बाधा पुर्याय तेस्तो बाधा पुर्याउने परदेशको सरकार लाई तत्काल खारेज गर्न सक्ने केन्द्रिय सरकार बनुन/

    अब कुरा अलि स्पस्ट गर्छु/ अहिले नै डेढ अरव जनसंख्या नाघी सकेको भारतको पानीको आबस्यकता पुरा गर्ने आधार मात्र तराईमा रहेको नेपालको जल श्रोत नै हो/ नेपालमा संबिधान नबनेको अबस्थामा र संबिधान भयको बेला पनि संबिधान नटेर्ने आफ्ना डल्ले पिल्ले को सरकार बनाउन लगायर भारतले तराईको यक पछि अर्को ठुलो ठुलो जल श्रोत हरु कब्जा गर्दै अहिले समस्त कोशी नदीहरु पानीलाई नेपालको ४०सौ गाउहरु दुवायर संसारकै ठुलो २६८ मिटर अग्लो बाँध बनायर भारतको पानीको आपूर्तिको ब्यबस्था गर्न सक्ने ब्यबस्था गर्नकै निमित भारतले नेपालको ब्यबस्था संबिधान प्रदेश उसले चाहे खोजे अनुसारको बनाउन कुखेल खेल्दै आयको छ/ भारतको तेस्तो कुखेल बाट कुनै प्रदेशको सरकार नबनुन/

    “अहिले तराईमा लादिन खोजेको मधेशबाद उहिले श्रीलंकामा श्री लंकाको दछिं भाग अलग्याउन लाद्न खोजेको “लित्तेबाद” जसतै नै हो/ लित्तेबाद लाद्न श्रीलंकामा भारतले जे गरेको थियो नेपालको तराईमा मधेशबाद लाद्न तेही गरेको र गर्न चाहि रहेको छ/ तराइमा मधेशबाद लाद्न खोज्ने मधेशबादी नेताहरु “रघु नाथ ठाकुर”लाई आफ्नो महान नेता तथा प्रथम सहिद मान्छन/ रघु नाथ ठाकुर तेही व्यक्ति हो जसले नेपाल संयुक्त रास्ट्रको सदस्य बन्दा “तराई नेपालको नभयको र भारतले पनि आफ्नो भनेर दावी नगरेको ले तराइको समस्त भुमि नेपाल र भारत बिचको अर्को देस अर्थात मध्य देस बनाईनु पर्ने र तेस्मा भारतले सहयोग र समर्थन गर्नु पर्ने भनेर भारतको दिल्लीको सदन अगाडी धर्ना दियको थियो/ बिरेन्द्रको पालामा त्यो रघु नाथ ठाकुर मारियो/ तर तेही नेपाल टुक्राउन खोज्ने रघुनाथको जन्म जयन्ति बाबुरामको नेतृत्वको सरकारमा सामेल भयकाले मनायो र तेही रघु नाथ ठाकुरले बोले गरेकै कुरा गर्ने सिके रावतलाई बाबुरामले ……..गरे/ तराईको कुनै पनि प्रदेशमा रघुनाथ बादीहरुको सरकार नबनुन/ केन्द्रमा रघुनाथ वादको झण्डा बोक्नेलाई प्रशय दिने को सरकार नबनुन/

    Reply
  4. Pingback: बदर मतको हिसाब लुकाउँदै निर्वाचन आयोगद्वारा प्रदेश सभाको समानुपातिक सिटको औपचारिक घोषणा « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme