Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिकमा विवेकशील साझाको केन्द्रमा जमानत जफत, प्रदेश ३ को प्रदेशसभामा भने तीन सिट पाउने

Posted on December 15, 2017 by Salokya


उज्ज्वल थापा नेतृत्वको पुरानो पार्टी विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको नयाँ साझा पार्टी एकीकरण भएर बनेको विवेकशील साझाको नारा यस पटक राष्ट्रिय दल र अर्को पटक देशको नेतृत्व थियो। तर राष्ट्रिय दलका लागि चाहिने दुई शर्त एक प्रत्यक्ष सिट र समानुपातिकमा देशभरबाट तीन प्रतिशत मत ल्याउन नसकेपछि यो दल राष्ट्रिय मान्यता प्राप्त दल हुनबाट चुकेको छ। यो ब्लग तयार पार्दासम्म समानुपातिक मतगणना अन्तिम चरणमा पुगिसकेको छ र यो दलको मतप्रतिशत २.२ प्रतिशतमात्रै छ। मतगणना बाँकी रहेका जिल्लाबाट उसले खासै धेरै मत ल्याउन नसक्ने भएकोले केन्द्र अर्थात् प्रतिनिधि सभामा यो दलको प्रतिनिधित्व नहुने निश्चित भएको हो। अर्थात् यो दलको केन्द्रमा जमानत जफत हुनेछ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीमा कम्तिमा एक सिट नजित्ने दलको धरौटी जफत हुनेछ।

समानुपातिकको बन्दसूची बुझाउन ५० हजार रुपैयाँ बुझाउनु पर्छ। एक सिट पनि नजित्ने विवेकशील साझा लगायत बन्दसूची बुझाउने ४४ वटा दलको जमानत जफत भएको छ।

विवेकशीललाई प्रदेश ३ को सभामा भने तीन सिट
प्रतिनिधि सभामा समानुपातिकबाट सिट नल्याए पनि विवेकशीलले प्रदेश नम्बर ३ को प्रदेश सभाबाट भने तीन सिट जित्न सफल भएको छ। निर्वाचन आयोगले मतगणना सकिसकेको भनेपछि आयोगको साइटमा राखिएको प्रदेश ३ को मत अनुसार विवेकशीलले यहाँको प्रदेश सभामा ६.६ प्रतिशत मत ल्याएको छ। प्रदेश सभामा १.५ प्रतिशतको मात्रै थ्रेसहोल्ड छ। यो मत अनुसार प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को मत परिणाम विभाजक सूत्र अनुसार हिसाब गर्दा विवेकशीलले तीन सिट पाउने देखिएको हो।

को निर्वाचित हुन्छन् त विवेकशीलबाट?
विवेकशीलले निर्वाचन आयोगमा प्रदेश सभा ३ को लागि बन्दसूचीमा १४ जनाको नाम पठाएको थियो। आयोगले औपचारिक रुपमा यो दलले तीन सिट जितेको घोषणा गरिसकेपछि कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी अन्य जातजातिको समेत प्रतिनिधित्व हुने गरी सूची पठाउन भन्छ।

विवेकशीलले बुझाएको सूची यो हो। यसैमध्येबाट तीन जना निर्वाचित हुनेछन्-

प्रदेश सभाको चौथो ठूलो दल
नयाँ भए पनि यो दल राजधानीसमेत रहेको प्रदेश सभामा चौथो ठूलो दल भएको छ भने पुराना दलहरु नेपाल मजदूर किसान पार्टी, राप्रपा र नयाँ दलहरु नयाँ शक्ति, राप्रपा प्रजातान्त्रिकलाई जितेको छ। नेमकिपाले प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी दुई सिट जितेको छ भने राप्रपाले समानुपातिकमा एक सिट मात्रै जितेको छ। त्यस्तै नयाँ दल नयाँ शक्तिले रसुवामा एक सिट मात्रै प्रत्यक्षबाट जितेको छ। राप्रपाबाट टुक्रिएको राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकबाट एक सिट मात्रै जितेको छ।

यस्तो हुनेछ प्रदेश नम्बर ३ को प्रदेश सभाको संरचना (हरेक थोप्ला एउटा सिट हो)

प्रदेश ४ मा विवेकशीलले १.५ प्रतिशतको थ्रेसहोल्ड कटाए पनि सिट संख्या कम भएको कारण समानुपातिक सिट जित्न सकेन। प्रदेश ४ मा यो दलले १.७ प्रतिशत मत ल्याएको थियो।

9 thoughts on “समानुपातिकमा विवेकशील साझाको केन्द्रमा जमानत जफत, प्रदेश ३ को प्रदेशसभामा भने तीन सिट पाउने”

  1. madan bajracharya says:
    December 23, 2017 at 9:18 pm

    सुन्नमा आय अनुसार उहिले आफु पत्रकार हुँदा नेपाल भारत आश्रित मुलुक रहनु पर्ने जस्तै आशयको अभिव्यक्ति दियको भनिने बिबेकशील(?) पार्टीको रबिन्द्र मिश्र र नेपालमा भारतको स्वार्थमा बाधक नबन्ने भनेर भारतीय प्रधान मन्त्रीलाई पत्र लेख्ने बाबुराम/ अनि भारत आश्रित रहनु नपर्ने बनाउने उद्द्योग हरु बन्द गर्दै नेपालको ठुला ठुला जलश्रोतहरु भारतलाई सुम्पन्दै नेपाललाई झन झनै भारत आश्रित मुलुक बनाउंदै लग्नेलाई नै नेपाल बिकाश भयको मान्ने कांग्रेस/ इनिहरु जस्तै कथित नेताहरु र दलहरुले चुनावमा भारत आश्रित बन्न नचाहने नेपालीको भोट लिन चाही नेपाल मिची राख्न खोज्ने भारतको झुठो बिरोध गर्छन/

    मनैले जय नेपाल र जय नेपाली नभन्ने र आफ्नै सबल नेतृत्व को आधारमा देशलाई बिकाश गर्न नसक्ने मात्र भारतकै बलमा सत्तामा रहने भारतले दियाकै आधारमा मात्र केहि गर्न सक्ने रास्त्रिय्ताको मुद्द्दामा अपांग भयको नेता र दलहरुको कारणले बिकशित हुन केहि कमि कमजोरी नभयको नेपाल अबिकषित र भारत आश्रित रहन बाध्य भयको हो/यस्तालाई नेपालको राजनीति बात पन्छाउन नसके सम्म नेपाल र नेपालीको भलो हुँदैन/

    Reply
  2. madan bajracharya says:
    December 23, 2017 at 11:24 am

    समानुपातिक तरिकाले नियुक्त हुने हरु नागरिकहरु होईन आफुलाई नियुक्त दिने को “जय बिर हनुमान” हुने र उनीहरु आफुलाई नियुक्त गर्नेको आदेश पाय मा उनीहरुले नागरिकहरु ले चुनेर पठायको प्रतिनिधि को मत बिरुद्ध पनि उभिने भयको हामीले देखे सुनेकै कुरा हो/ त् किन चाहियो तेस्तो ….हामीलाई/

    Reply
  3. prithvi says:
    December 17, 2017 at 5:34 pm

    विवेकशील पार्टि को आगमन राम्रो भए पनि पार्टि मा हुनु पर्ने अंग बिकास भै नसकेका ले उद्देश्य प्राप्त गर्न सकेन . पुर्ण अंग भएको पार्टि मा निम्न अंग वा बिभाग हरु हुन जरुरि छ:
    गुण्डा बिभाग: डकैति, लुट्पिट, जनता मा त्रास
    पैसा संस्कलन को लागि चन्दा बिभाग
    भित्रि साठ्गाठ बिभाग
    बिदेशी आशिर्बाद

    निम्न काम जरुरि छ :
    प्रत्येक बुथ मा कार्यकर्ता परिचालन
    कम्युनिकेशन (कार्यकर्ता हरु द्वारा बुथ बुथ बाट आफ्नो नेता हरु लाइ रिपोर्टिङ्ग)
    भोटर लाइ घर बाट लिएर घर सम्म फर्काइदिने बसको व्यवस्था
    मासु भात सिनेमाको टिकट पैसा

    नेपाल मा डाका हरुको राज छ

    Reply
  4. Bijaya Mgr says:
    December 15, 2017 at 12:31 pm

    यस्तैहो फेसबुके पार्टीको नतीजा…देशकोलागि केहिगर्ने मनहुनेले चुपलागेर गर्छन… मलाई जिताएर सत्ताधारी वनाऊनुभयो भने गर्छु भन्दै भाषण गर्दैनन् ।

    Reply
  5. Megha Raj says:
    December 15, 2017 at 12:01 pm

    नमच्चिने पीङको सय झड्का।

    Reply
  6. Surya Narayan Malakar says:
    December 15, 2017 at 11:33 am

    ३ बाट शुरु भई १०३ पुय्राउनको लागि अझै जनतालाई ( भैंसीलाई लठ्ठीले हान्नेलाई के भन्छ शब्द आएन ) ठोक्दै जानुपर्छ !

    Reply
  7. Ramraja Acharya says:
    December 15, 2017 at 10:53 am

    Congratulations to all the team.

    Reply
  8. Basanta Paudel says:
    December 15, 2017 at 10:41 am

    The only party we can trust in

    Reply
  9. Basanta Paudel says:
    December 15, 2017 at 10:40 am

    So what

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme