Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक प्रोजेक्सन : प्रदेश ३ मा विवेकशील, नयाँ शक्ति र राप्रपाको पनि सम्भावना

Posted on December 12, 2017December 13, 2017 by Salokya


भर्खरै सम्पन्न निर्वाचन प्रतिनिधि सभाको लागि मात्र हैन, प्रदेश सभाको लागि पनि भएको थियो। नेपालको इतिहासमै पहिलो पटक भएको प्रदेश सभाको निर्वाचन खासमा प्रतिनिधि सभाको निर्वाचनले छायाँमा पर्‍यो। देशभरका मतदाताले केन्द्रमा सरकार बनाउन र प्रदेशमा सरकार बनाउन सँगै मत दिएका हुन्। प्रदेश र प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना पनि धमाधम हुँदैछ। अहिलेसम्मको मतगणना अनुसार कसले कति सिट ल्याउँछन्, त्यसको अपडेट माइसंसारमा पढ्न सक्नुहुन्छ। प्रदेश सभामा प्रतिनिधि सभाको भन्दा आधा कम अर्थात् १.५ % मात्रै थ्रेसहोल्ड राखिएको छ। त्यसैगरी भाजक अङ्क पनि अघिल्लो संविधानसभामा राखिएको १.४ को ठाउँमा १ राखिएको छ। त्यसैले साना दलले पनि प्रदेश सभामा भने सिट ल्याउन सक्ने सम्भावना हुन्छ। तर प्रदेश सभामा सिट संख्या भने थोरै हुन्छ समानुपातिकमा।

राति नौ बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार प्रदेश नम्बर ३ मा विवेकशील साझाले २ सिट, नयाँ शक्ति र राप्रपाले १-१ सिट पाउने देखिन्छ। यो प्रदेश ३ को झण्डै ८ लाख मत गन्दाको स्थितिमा गरिएको गणना हो। थप मत गन्दा उल्लेख्य मत ल्याउन सके सिट अझ बढ्न सक्छ। मत त्यही अनुपातमा धेरै नआए सिट घट्न वा नपाउन पनि सक्छ। अहिलेको स्थितिमा प्रदेश ३ का २९ समानुपातिक सिट मध्ये एमालेले ११, कांग्रेसले ९ र माओवादीले ५ सिट पाउने देखिन्छ।

अरु कुन प्रदेशमा के छ त स्थिति?

प्रदेश १ : समानुपातिक सिट ३७ वटा। एमाले १६, कांग्रेस १३, माओवादी ५, फोरम २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १।

प्रदेश २ : समानुपातिक सिट ४३ वटा। एमाले ७, कांग्रेस १४, माओवादी ४, फोरम ७, राजपा ११।

प्रदेश ३ : समानुपातिक सिट ४४ वटा। एमाले १७, कांग्रेस १३, माओवादी ८, विवेकशील ३, राप्रपा २, नयाँ शक्ति १।

प्रदेश ४ : समानुपातिक सिट २४ वटा। एमाले ९, कांग्रेस ९, माओवादी ४, जनमोर्चा १, नयाँ शक्ति १।

प्रदेश ५ : समानुपातिक सिट ३५ वटा। एमाले १४, कांग्रेस १२, माओवादी ६, फोरम २, विवेकशील १।

प्रदेश ६ : समानुपातिक सिट १६ वटा। एमाले ६, कांग्रेस ५, माओवादी ५।

प्रदेश ७ : समानुपातिक सिट २१ वटा। एमाले ८, कांग्रेस ९, माओवादी ३, राप्रपा १।

गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।

*यसअघिको गणनामा प्रदेशमा समानुपातिक सिटको संख्या नै गलत परेकोमा सच्याइएको छ।

3 thoughts on “समानुपातिक प्रोजेक्सन : प्रदेश ३ मा विवेकशील, नयाँ शक्ति र राप्रपाको पनि सम्भावना”

  1. sandip sharma says:
    December 13, 2017 at 8:15 am

    यो मिलेन है ।
    समानुपातिक तर्फ पनि ४० प्रतिशत हुन्छ नि ।

    Reply
    1. Salokya says:
      December 13, 2017 at 9:23 am

      नमिलेको रहेछ समानुपातिक कूल सिट संख्या नै। सच्याइएको छ।

      Reply
  2. Sailu says:
    December 13, 2017 at 12:54 am

    Is it possible to publish procedure about how to calculate seat for proportionate system?

    Also, what is the difference between the an independent MP and an MP of a “Rastriya” party? What are the benefit, responsibilities, and roles of a “rastriya” party and just a political party?

    Thanks in an advance.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme