(अपडेट : मंगलबार बिहान साढे ११ बजे)
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना लगभग सकिएपछि अब प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउँछन् त्यो चासोको विषय बनेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये निर्वाचन आयोगको साइटमा बिहान ११ बजेसम्म राखिएको ३० लाख ६९ हजार ७१ भोट गन्दा प्रमुख तीन दलले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेका छन्। त्यही अन्तिम परिणाम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार गणना गर्दा एमालेले ४७, कांग्रेसलाई ४४ सिट र माओवादीलाई १९ सिट आउने देखिन्छ। तीन प्रतिशतको थ्रेसहोल्ड अरु दलले अहिलेसम्म पार गर्न नसकेको हुनाले अरु दलले ० सिट पाउने छन्। मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।
मंगलबार बिहान साढे ११ बजेसम्मको मत अनुसार तीन ठूला दलले मात्र थ्रेसहोल्ड कटाएका छन्। विवेकशील साझा र संघीय समाजवादी फोरम नेपालले दुई प्रतिशत मत पुर्याएका छन्। फोरम नेपाल तीन प्रतिशतको नजिक पुगेको छ। तर देशैभरको थप मतगणना हुँदा उल्लेख्य मत पाउन नसके उनीहरुको यो प्रतिशत घट्दै जानेछ। थप मत पाए भने यो प्रतिशत बढ्न सक्नेछ। तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि समानुपातिक सिट नपाउने हुनाले यस पटक समानुपातिकमा सिट पाउन गाह्रो छ।
के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-
गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।