यस पटकको चुनावमा सबैको ध्यान गएको क्षेत्र मध्ये एक थियो काठमाडौँ क्षेत्र नम्बर १ जुन कांग्रेसका प्रकाशमान सिंहको पकड क्षेत्र मानिन्छ र जहाँ सेलिब्रिटी स्टायटस भएका पूर्व पत्रकार रवीन्द्र मिश्रले उम्मेदवार दिएका थिए। यो क्षेत्रमा कूल ४२ हजार ४३० मतदाता थिए। जम्मा खस्यो २८ हजार २७५ मत। तर थोरैले मात्रै सोचेका थिए होला, ५ सय मतदाताले यहाँ कसलाई जिताउने भन्नेमा निर्णायक भूमिका खेल्नेछन्। त्यसो त जितको अन्तर ८ सय थियो तर तथ्याङ्क हेर्दा ५ सय मतदाताले रुखमा भोट नहाली तराजुमा हालेको भए उनी चिप्लिने थिए। कसरी? आउनुस् मतपरिणामको विश्लेषण गरौँ।
२०६४ र २०७० दुई वटै संविधान सभाका निर्वाचनमा निकै फराकिलो अन्तरले एमालेका प्रदीप नेपाल र माओवादीकी रेणु दाहाललाई पराजित गर्न सफल कांग्रेस नेता प्रकाशमान सिंह यस पटक भने ८ सय १६ मतको अन्तरले मात्र विजयी भए। दोस्रो संविधानसभा निर्वाचनमा त सबै विपक्षी उम्मेदवारको कूल मतभन्दा पनि बढी मत सिंहले ल्याएका थिए। त्यतिबेला त्यहाँ एमाले चौथो स्थानमा र राप्रपा नेपाल तेस्रो स्थानमा थियो। यस पटक एमाले र माओवादी वाम गठबन्धनका रुपमा मिलेका थिए भने राप्रपा पनि कांग्रेससित लोकतान्त्रिक गठबन्धनमा मिलेका थिए।
उनलाई कडा टक्कर दिने विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले कसरी यति धेरै मत ल्याए? उनले कसको मत काटे? कांग्रेसको कि वाम गठबन्धनको? प्रदेश सभाको परिणाम हेरेर यसको विश्लेषण गर्दा यस्तो देखिन्छ-
रवीन्द्र मिश्रले ल्याएको मत- १० हजार ११८
क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा विवेकशील साझाको तराजु चिह्नमा ४ हजार ३४३ मत
प्रदेश सभा (ख) मा २ हजार ७२५ मत
अर्थात् प्रत्यक्षतर्फ प्रतिनिधि सभाको हरियो मतपत्र र प्रदेश सभातर्फको कालो मतपत्र दुवैमा तराजुमा छाप लगाउनेको संख्या ७ हजार ६८ मात्रै छ। यो मिश्रले पाएको मतसंख्याभन्दा ३ हजार ५० ले कम हो।
यसले देखाउँछ ३ हजार मत दललाई भन्दा पनि व्यक्तिगत रुपमा रवीन्द्र मिश्रलाई आएको हो। तर यो मत आयो कसरी?
यसका लागि अरु दुई ठूला गठबन्धनको पनि प्रदेश सभा र प्रतिनिधि सभाको मतमा आएको अन्तर हेर्नुपर्ने हुन्छ।
नेपाली कांग्रेसको रुख चिह्नमा दुवै प्रदेश सभातर्फ १० हजार ४५४ मत खसेको थियो भने प्रतिनिधि सभातर्फ १० हजार ९३६ मत। प्रकाशमान सिंहले प्रदेश सभामा कांग्रेसले पाएको मतभन्दा ४ सय ८४ मत बढी पाएका छन्। यो मत रुखमा नगई तराजुमा गएको भए रवीन्द्र मिश्रले (१०११८+४८४) १० हजार ५१८ मत पाउँथे। प्रकाशमानको भने १० हजार ४५४ मत मात्रै हुन्थ्यो। यस्तो अवस्थामा रवीन्द्र मिश्र ६४ मतको अन्तरले जित्थे।
उता एमाले र माओवादीको वाम गठबन्धनले प्रतिनिधि सभामा उठाएका उम्मेदवार अनिल शर्माले ५ हजार ३३६ मत मात्र पाएका छन्। जबकि प्रदेशसभातर्फका दुई उम्मेदवारले सूर्य चिह्नमा ८ हजार ८६० मत पाएका छन्। वाम गठबन्धनले प्रदेश सभामा पाएको मतभन्दा प्रतिनिधि सभामा पाएको मत ३ हजार ५ सय २४ ले कम छ। यसरी हेर्दा वाम गठबन्धनमा रहेका दलहरुको मत प्रतिनिधि सभाको निर्वाचनमा ‘क्रस’ भएको देखिन्छ। अरु उम्मेदवारले उल्लेख्य मत नपाएको हुँदा यी मत तराजुमै गएको प्रष्टै देखिन्छ।
एमालेको रणनीति चिप्लिएको?
यस पटकको चुनावमा एमालेले आफ्नो मुख्य प्रतिस्पर्धी कांग्रेसलाई चिप्लाउन सक्दो सबै कुरा गरेको देखिन्छ। नभन्दै एमालेको भोटले झापामा कृष्ण सिटौला चिप्लिँदैछन्। यता राजेन्द्र महतोलाई एमालेको भोटले कांग्रेसका विमलेन्द्र निधि ढले। प्रकाशमान सिंहलाई पनि हराउन एमालेले रणनीति खेलेको देखिन्छ। तर खुलेर मिश्रलाई समर्थन गर्न नमिल्ने र गोप्य कान कानमा गरिने सर्कुलर ठीक ठाउँमा नपुग्दा ६४ मतको अन्तरले प्रकाशमानलाई चिप्ल्याउनबाट एमाले असफल भएको मत परिणामको विश्लेषणबाट देखिन्छ।
कसले कति मत ल्यायो?
प्रतिनिधि सभातर्फ
प्रदेश सभातर्फ
कति अन्तर?
४२ हजार मात्र मतदात भएपनि वास्तविक बसोबास जनसंख्या सो भन्दा निकै बढी १-२ लाख हाराहारी होला पहाड तथा अन्य ठाउँ बाट अस्थाई बसोबास गर्न आएको जनसंख्या को कारण ले / बरु तपाईंले भन्नु भएको जिल्लामा वास्तविक बसोबास चाहि दर्ता भएका मतदाता भन्दा कम होला। तेसैले विकास तथा अन्य कार्य को बेबस्थान तिअस्थाई बसोबास गर्ने जनसंख्या को लागि पनि हेर्नु ने पर्छ/ बरु जुकाजी जी ,तपाईंले भन्नु भएको जिल्लामा वास्तविक बसोबास चाहि दर्ता भएका मतदाता भन्दा कम होला। काठमाडौको निर्वाचन क्षेत्र घटाउनने हो भने काठमाडौँ मा अस्थाई बसोबास गर्न आउने अस्थाई बसोबास गर्ने जनसंख्या लै आ आफनै जिल्ला तिर फिर्ता गर्ने तर्फ हेरे कसो होला
४२ हजार मात्र मतदात भएपनि वास्तविक बसोबास जनसंख्या १लाख हाराहारी होला। बरु तपाईंले भन्नु भएको जिल्लामा वास्तविक बसोबास चाहि दर्ता भएका मतदाता भन्दा कम होला।
कुरा यती मात्र होइन । बिषेसत नेवार समुदायका एमालेले पनि प्रकाशमान लाई भोट दिए र कतिपए काग्रेसहरुले पनि रबिन्द्र मिश्र लाई भोट दिए ।
काठमाडौको निर्वाचन क्षेत्र घटाउनु पर्छ १ लाख २०/३० हजार मतदात भएको जिल्लालाई १ प्रतिनिधि पहाडी जिल्लाको तुलनामा सुविधाजनक ४२ हजार मात्र मतदात भएको क्षेत्रलाई पनि १ प्रतिनिधि