Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रुखको बिजोग : मत गन्न थालेको दुई दिन सकिँदा पनि कांग्रेस राष्ट्रिय पार्टी बन्न सकेन

Posted on December 9, 2017 by Salokya


गुगलमा ढलेको रुखको फोटो सर्च गरी भेट्टाएको यो फोटो फेसबुकमा पोस्ट गर्दा धेरैले कुरा बुझिहाले। मतगणना सुरु भएको दुई दिन सकिएर तेस्रो दिनमा प्रवेश गर्दैगर्दा समेत सत्तारुढ नेपाली कांग्रेस राष्ट्रिय पार्टी बन्न सकेको छैन। राजनीतिक दलसम्बन्धी ऐनले समानुपातिकतर्फ सदर मतको कम्तिमा तीन प्रतिशत र प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ। शुक्रबार मध्यरातसम्म एमालेका ७ र माओवादीका २ जना विजयी भइसक्दा पनि कांग्रेसका एक जनाले पनि सिट जित्न सकेको छैन।

हरियोमा देखिएको ठाउँ नेपाली कांग्रेसले अग्रता हासिल गरिरहेको ठाउँ हो-

गाढा रातो रङ एमालेले जितिसकेको र फिका रातो रङ एमालेको अग्रता देखिएको ठाउँ हो-

गाढा निलो रङ माओवादीले जितेको ठाउँ हो भने फिका चाहिँ अग्रता गरिरहेको ठाउँ

प्रारम्भिक मतपरिणामले एमाले फराकिलो अन्तरका साथ पहिलो पार्टी बन्ने देखिएको छ। कांग्रेस भने तेस्रो पार्टी बन्ने कीर्तिमान राख्दैछ।

5 thoughts on “रुखको बिजोग : मत गन्न थालेको दुई दिन सकिँदा पनि कांग्रेस राष्ट्रिय पार्टी बन्न सकेन”

  1. Amir Sharma says:
    December 10, 2017 at 7:38 pm

    माई संसार पनि एमालेको मुख पत्र हो कि क्या हो .. लेखाई त त्यस्तै छ त ..

    Reply
  2. Kumar says:
    December 10, 2017 at 1:19 pm

    गाई संग मिल्नुनै थुलो गलति। रुख धल्ने गरी खाईदियो गाईले सबै पात।

    Reply
  3. Rajan says:
    December 9, 2017 at 8:43 pm

    छेरे, खुमे, गोबिन्दे, रामचंद्रे अनी अझ कुजाते जस्ताको पार्टिलाई जनताले सबक सिकाउलान जस्तो छ एस्पल्ट |

    Reply
  4. Shankar says:
    December 9, 2017 at 3:54 am

    यो बामे हरुले बहुमत ल्याएर पनि क्यार्नु , भोलि फुट्ने छन् |
    आसा गरौ येस्पाली फुट्दैन |

    Reply
  5. Kishor says:
    December 9, 2017 at 2:05 am

    नेपाली Congress संग मुद्दा नै छैन यो चुनाबमा | हो काँग्रेस प्रजातन्त्रको लागि लड्यो तर प्रजातन्त्र पनि उसैले बुझायो| २/३ बहुमत १७ सालमा अनि पंचायत, गिरिजा को सरकार अनि ग्यनेंद्रतंत्र| गणतन्त्र माओबादीले ल्याएको | अनि काँग्रेसको मुद्दा, प्रजन्तंत्र गुम्छ एमाले माओबादीले जित्यो भने | दुर्भाग्य, गगन थापाहरुको पार्टी बन्न सकेन काँग्रेस, देउबा र खुम बहादुरहरुको पार्टी भयो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme