Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आम्मै नि, के भनेका ओलीजीलाई प्रचण्डले त्यस्तो ! सुन्नुस् २०६४ मा वाम तालमेल नहुनुको कारण प्रचण्डकै मुखबाट

Posted on December 4, 2017 by Salokya


राजनीति गजबकै विषय हो। काटाकाट शैलीमा एकअर्कालाई आलोचना गर्नेहरु समय क्रमसँगै चाटाचाट शैलीमा प्रशंसा गर्छन्। उहिलेको कुरा सही हो कि अहिलेको कुरा, सर्वसाधारण वाल्ल पर्छन्। अहिले वाम गठबन्धनमा एमाले र माओवादी मिलेर चुनाव लड्दै छन्। चुनावपछि पार्टी एकीकरण गर्ने समेत भनेका छन्। दुई पार्टीका अध्यक्षहरु केपी ओली र प्रचण्डका कारण यो सम्भव भएको हो।

ठ्याक्कै १० वर्षअघि २०६४ सालको संविधान सभा निर्वाचनअघि पनि यस्तै वाम तालमेलको प्रयास भएको थियो। तर अन्तिम समयसम्म पनि ‘एक वाम एक ठाम’ गरी तालमेल गर्ने प्रयास असफल भयो। किन? प्रचण्डले २०६४ सालमा उनको निवास नयाँ बजारमा यो विषयमा बताएका थिए जुन अहिलेसम्म सार्वजनिक भएको थिएन। हेरौँ उनले के भनेका थिए?

यदि तपाईँलाई समय धेरै छैन र ओलीलाई के भनेका थिए प्रचण्डले भन्ने मात्र सुन्न चाहनुहुन्छ भने यो भिडियो हेर्नुस्-

वाम तालमेल किन हुन सकेन भन्ने विषयमा त्यतिबेला प्रचण्डको विश्लेषण पूरै यो तलको भिडियोमा हेर्नुस्-

उनले तालमेल हुन नसक्नुको दुई वटा कारण भनेका छन्। त्यस्तै चुनावको मुखमा आइसक्दा भने तत्कालीन एमाले महासचिव माधव नेपालले हार्ने संकेत पाइसकेको र झण्डै उनले एकतर्फी रुपमा तालमेल भएको घोषणा गर्न लागेको समेत बताएका छन्।

१० वर्षपछि यो भिडियो हेर्दा रमाइलो लाग्न सक्छ। आखिर राजनीतिमा रमाइलो हुनुपर्‍यो नै।

6 thoughts on “आम्मै नि, के भनेका ओलीजीलाई प्रचण्डले त्यस्तो ! सुन्नुस् २०६४ मा वाम तालमेल नहुनुको कारण प्रचण्डकै मुखबाट”

  1. SUSHIL says:
    December 5, 2017 at 9:49 pm

    यस्तो मान्छेको कुरा पत्त्यायेर त सबै बर्बाद भएको हो…

    Reply
  2. prithvi says:
    December 5, 2017 at 7:29 pm

    प्रचन्ड साच्चै नै साहसि हुन डर, धाक, त्रास, पैसा, लुट, आतंक ले अझै देश कब्जा गरी नै राखेका छन, हामी नेपाली जनता भेडा हौ, जो सबै भन्दा धनी छ, क्रुर छ, आतङ्कबादी छ, अपराधी छ उसैको चाकडी गर्छौ र गुणगान गाउछौ किनकी हामी लाई आफ्नो ज्यान को माया छ, अहिले यती शक्तिशाली को बिरोध गर्‍यो भरे घर पुगिन्छ कि पुगिदैन, दिन दहाडे मारेर फ्याकिदियो भने पनि प्रचन्ड लाई कुनै कानुन लाग्दैन । तेसैले सबैले चाकडी गरौ, गुणगान गाऔ र प्राण जोगाऔ । एउटा मर्द को छाती पदम कुवर ले देखाएको थियो तर बिचरालाई त्यही झन्डै मारेका थिए, कस्तो पाडा हरु को देश नेपाल । वीर गोर्खाली भन्थे अहिले त गोर्खाली बाट गु खाली भएको छ । भारत को गु खाली, प्रचन्ड को गु खाली ।

    Reply
  3. Shanta Raj says:
    December 5, 2017 at 9:08 am

    Mysansar was maobadi supporter thiyo. Suddenly what happened but I really appreciate this post.
    Please use your best judgement to cast the vote but let us make Prachanda lose the election. He can do anything literally anything for his personal, family and closed-circle peoples’ advantage.
    Prachanda is the villain of Nepal’s prosperity, unity and integrity.

    Reply
  4. Navin says:
    December 5, 2017 at 4:44 am

    Yo Deshko Durvagya Nai Prachanda Ho

    Reply
  5. Shankar says:
    December 5, 2017 at 1:28 am

    हुन् त् नेपाल को सन्दर्भ मा प्रचण्ड साहसी र अहिलेको नम्बर वान नेता होलान , प्रचण्ड धेरै अस्थिर चित्त का , मौका परस्त भएकोले कुन ठाउमा मार खाने हुन् भन्न सकिन्न | हरेक कुराको लिमिट हुन्छ , एमाले सग बाम एकता भन्ने , उसकै अध्यक्ष्य लाइ मन परि भन्ने लाइ राम्रो मान्न सकिन्न | ओली न राम्रै होला , भारत को दलाली गर्ने नै होला तर प्रचण्डको मुख बाट एस्तो कुरा नेपालि जनता सुन्न चाहन्न |
    को चाहन्छ ,पतिले पत्नीलाई चिटिंग गरेको , मित्र ले मित्रलाई पछाडी बाट छुरा घोपेको देख्न र सुन्न |
    हो यो कुरा देउवाको मुख बाट आएको भए सायद उचित र स्वाभाविक लाग्थ्यो | बाबुराम ले प्रचण्ड छोड्नु पनि ठिक रहेछ जस्तो लाग्यो |
    राजनीतिमा इमान्दारी , देश प्रेम सब नेपालीको चाहना हो अहिले | न भए धेरै नेपालि नेता लाइ पनि बम आक्रमण को समाचार आउँन थाल्यो त् | तेस्का बाजे हरु तेत्रो सुरक्ष्या घेरा भित्र हिड्छ |मुख एस्तो छ |
    जसले देश बाहिर जादा डराउनु पर्ने स्थिति छ, उजुरी परेको खण्ड मा युद्द अपराध मा होमिन सक्ने सम्भाबना अझै ठुलो छ उ येसरी मातिएको देख्दा राजकुमार को डाइलग
    ”जानी , जो लोग सिसेके घर मे रहते हे , दुसरो पर पत्थर फेका नही करते ” भन्ने याद आयो |
    यो इन्डिया सग को नजिक र इन्डियन दलाल को कुरामा जादा जादै पुरानो कुरा स्मरण गर्न मुन लाग्यो |होला ओली पनि नजिक होला इन्डिया सग |तर
    माकुने जब पहिलो चोटी पी यम भयो , टाइम्स अफ इन्डिया ले लेख्या थ्यो ” भारत का बेटा ” भनेर | तेस्मा माकुने ले कुनै आपत्ति जनाएँन | कारण उसका पुर्खा बिहार बाट नेपाल छिरेको रहेछ | प्रचण्ड आफै नेपाल को राजसंस्था खत्तम पार्न इन्डिया ले खडा गरेको सिखंदी हो | त अहिले ओलीलाई कसरि भारतीय दलाल भन्छ ?
    उसलाई आफु पी यम हुदा स्वयम् थाह होला नेपाल को पियम बा शक्ति मा बस्न भारतीय
    सग नजिक हुनु पर्ने बाध्यता नै हुन्छ | ओलीको पालामा त् नाकाबन्दी भयो , सामना गर्यो , इन्डिया स्वयम् हटाउन बाध्य भयो | तेसरी हेर्ने हो भने ,
    माकुने सग नजिक , आफै इन्डियाको खुफिया दलाल प्रचण्ड , कसरि अरुलाई दलाल भन्छ ?
    तैपनि हामि आम जनता ले बुझेको तिमीहरु सबै फटाह नेता हो | तिमीहरु जति इन्डियाको दलाली गर्छौ, तॆति दलाल सायद तिमीहरु कोइ पनि छैनौ |
    एक आर्कालाई दोस लगाउनु तिमीहरु को हैसियत हो | मिलेर काम गर्न जानेको छैन | किनकि तिमीहरु पाखे नेता हो | धुर्त छौ | नेपालि जनता ले बुझिसकेको छ , नेपाल को कुनै पनि नेता इन्डियाको करिब न भै पद र हैसियत मा पुग्दैन | तिमीहरुले एक आर्कालाई दलाल भन्नु पर्दैन | बिसेस गरेर प्रचण्ड , धेरै चम्किदा हेग पुगिएला है ?

    Reply
  6. Gags says:
    December 5, 2017 at 12:43 am

    अन्तिम धक्का, केहि भोट तल माथि गर्न सकिन्छा कि? कांग्रेशको पक्षमा .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme