Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि एम्बुसको आतंक

Posted on November 18, 2017 by Salokya


यस्तो दृश्य देख्नुनपरेको धेरै भइसकेको थियो। तर शुक्रबार नुवाकोटमा रामशरण महतको गाडीलाई लक्षित गरी बिछ्याइएको एम्बुस पड्किँदा फेरि एक जमानामा प्रशस्त देखिने दृश्य दोहोरियो। फरक के थियो भने त्यतिबेला घोषित रुपमा माओवादीले युद्ध गरिरहेको थियो। अहिले भने त्यही माओवादीबाट उछिट्टिएको विप्लव समूह लुकिछिपी। उसले आफूले युद्ध थालेको भन्न पनि सकेको छैन, अनि आतंक मच्चाउन छाडेको पनि छैन।

द्वन्द्वकालका गम्भीर मानवीय अपराधहरुका दोषीलाई अझै कारबाही गर्न सकिएको छैन। त्यसपछि पनि त्यस्तै छ। दोस्रो संविधान सभाको निर्वाचन अघि वैद्य समूहले यसैगरी अघोषित रुपमा बम पड्काएर कयौँलाई घाइते बनाए। कसैलाई कारबाही भएको अहिलेसम्म सुन्नु परेन। आतंक मच्चाउन पनि पाउने, कारबाही पनि नहुने। अनि यस्ता फोटोहरु मिडियामा आएपछि आफ्नो बेस्कन प्रचार भइहाल्ने,चन्दासन्दा उठाउनका लागि तर्साउन पाइने। अनि किन नगर्नु त यस्तो काम।

फेरि अहिले वाम गठबन्धनका उम्मेदवारहरुमात्रै आक्रमण गर्‍यो भनेर आरोप लाग्यो भनेर ब्यालेन्स पनि गरेको होला अर्को पक्षलाई पनि आक्रमण गरेर।

यो सब भइरहँदा सबभन्दा निकम्मा र पंगु साबित भइरहेको छ गृह प्रशासन। गृहमन्त्री नै चाहिन्न आफै हेर्छु भन्दै प्रधानमन्त्री स्वयं गृहमन्त्री छन् अहिले। उम्मेदवारहरुलाई लक्षित गरी यत्रो आक्रमण भइरहँदा पनि र विप्लव समूहले खुल्लमखुल्ला धम्की दिइरहँदा पनि थाहै नभए जस्तो गरिरहेको छ गृहप्रशासन। खै त सुरक्षा सतर्कता, सुराकी, सुरक्षा तयारी? सब कागजमा मात्रै?

1 thought on “फेरि एम्बुसको आतंक”

  1. Shankar says:
    November 20, 2017 at 1:11 pm

    देश मा बेथिति छ , नेपालि जनताको चेतना स्तर मा ब्रिद्दि भएको छ , एस्तो अबस्थामा आजिबन देश लुट्ने हरु फेरी उम्मेदार बनेर आउनु बास्तब मै जनआक्रोश को बिसय हो|
    फेरी पनि हामि आम आदमी हरु येस्ता घटना लाइ आतंककारी नै मान्छु र बिरोध गर्दछु |
    किनकि एसले त् अरु निर्दोष को पनि त् ज्यान जान्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme