Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घोषणापत्रको उडन्ते गफ : रेलको कुरा कांग्रेसले २०४८ र एमालेले २०५१ मै गरेको थियो

Posted on November 11, 2017 by Salokya

बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले काठमाडौँदेखि सगरमाथा बेसक्याम्पसम्म केवल कार बनाउने कुरा पार्टीको घोषणापत्रमा राख्यो। यो त केवल गफ हो भन्ने कुरा सबैलाई थाहा छँदैछ। आउनुस् आज अलि पुराना पार्टीका पुराना घोषणापत्र हेरेर मनोरञ्जन लिउँ। भोट माग्न आउने बेला तपाईँको पार्टीले त उहिले नै यस्तो कुरा घोषणापत्रमा लेखेको थियो नि भनेर जिस्काउन पनि नबिर्सनुस् है। घोषणापत्रको उडन्ते गफका लागि आज रेलको विषय छानौँ। आउनुस् रेलको बारेमा कसले कति गफ दिएका थिए, पढौँ।

रेलको विषयमा अहिले पनि दलहरुको घोषणापत्रमा उल्लेख हुनेछ पक्कै। कति दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेका छैनन्। गरेपछि थाहा हुन्छ। सबभन्दा पहिला रेलको गफ घोषणापत्रबाट दिने पार्टी चाहिँ नेपाली कांग्रेस रहेछ। २०४६ सालको बहुदलीय व्यवस्था पुनर्स्थापनाको आन्दोलनपछि भएको २०४८ सालको आम चुनावका लागि नेपाली कांग्रेसले तयार पारेको घोषणापत्रमा यस्तो लेखिएको थियो-

त्यतिबेला कांग्रेस अलि कन्फ्युजनमा रहेछ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल बनाउने कि ट्रलिबस। त्यसैले ‘वा’ शब्द लेखिएको छ। २०४८ साल अर्थात् २६ वर्षपछि के प्रगति भो त?

भएको एउटा त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रलिबस पनि खत्तम बनाए।

माथिको घोषणापत्रको अंशको अर्को बुँदामा जलमार्गद्वारा यातायात सेवाको विकासको कुरा रहेछ। यो पनि २६ वर्षपछि ओलीले पानीजहाजको कुरा निकालेपछि बल्ल कांग्रेसीहरुलाई उडाउन काम लाग्यो।

तेस्रो बुँदाको रोपवेको विकासको साटो विनाश लेखिनुपर्थ्यो। भएको हेटौडा काठमाडौँ रोपवेको विनाश यही कालमा भयो।

गफ दिन एमाले पनि के कम। कांग्रेसको बहुमतको सरकार कांग्रेसकै कारण ढल्यो र २०५१ सालको मध्यावधि चुनावमा एमालेको घोषणापत्रमा आयो रेलकै कुरा। पूर्व पश्चिम विद्युत रेल। विडम्बना, २३ वर्षपछि पनि एमालेको घोषणापत्रमा यही रेल बनाउने कुरा नै हुनेछ।

 

एमालेको घोषणापत्रमा ट्रलिबसको कुरा पनि रहेछ। भएको एउटा ट्रलिबस जोगाउन सकेको भए हुन्थ्यो। एमालेकै घोषणापत्रमा हेटौडा काठमाडौँ सुरुङ मार्ग बनाउने कुरा पनि रहेछ। भाषा याद गर्नुहोला है। कांग्रेसले घोषणापत्रमा लेख्दा चलाउने कार्य कांग्रेसको सरकारले गर्ने उल्लेख थियो। एमालेले भने ‘बनाउने तर्फ जोड दिइनेछ’ मात्र भनेको छ। अर्थात् एमालेले चलाखीपूर्ण भाषा प्रयोग गरेको छ। जोड त दिएकै होला एमालेले। कांग्रेसले चाहिँ गर्छु भनेको कार्य पनि गरेन।

घोषणापत्रकै कुरा गर्ने हो भने यो घोषणापत्रलाई कसरी बिर्सन सकिन्छ र।


अनुमान लगाउनुस्, यो कुन स्थानको चित्र हो ?
अरु देशको हैन, हाम्रै नेपालको !

हाम्रो नेपालमा त उत्रिएर चिया पिएर फेरि दौडेर चढ्न पनि भ्याउने गरी ढिला कुदने जनकपुर-जयनगर रेल एउटा र काठमाडौँको भृकुटीमण्डपमा रहेको एउटा बालरेल मात्र छ भन्नुभएको ? यो भावी नेपालको चित्र रे क्या। अनि यो पूर्वपश्चिम रेलमार्गको दृश्य रे।

पूर्वपश्चिम रेलमार्गको स्वरुप यस्तो हुनेछ
काँकडभिट्टा-महेन्द्रनगर ८८ किमी
महेन्द्रनगर- गाईघाट ६० किमी
गाईघाट-बर्दिवास ८४ किमी
बर्दिवास-हेटौडा ११० किमी
हेटौडा-नारायणगढ ६७ किमी
नारायणगढ-बुटवल ९८ किमी
बुटवल-भालुवाङ ७५ किमी
भालुवाङ-कुसुम ६६ किमी
कुसुम-कोहलपुर ५० किमी
कोहलपुर-अत्तरिया १३५ किमी
अत्तरिया-महेन्द्रनगर ४० किमी

जम्मा ८७३ किमी
शाखा मार्गको कूल लम्बाई ५०० किमी

नक्सामा पूर्वपश्चिम रेलमार्ग यस्तो देखिने रहेछ-

देशभर यसरी रेलमार्गको विकास भए देशको सर्वोपरि आर्थिक वृद्धि तथा विकासमा योगदान पुग्छ। यसले क्षेत्रीय समुदायहरुबीच अन्तर्क्रिया गराई दुर्गम क्षेत्रको विकास गराउन मद्घत गर्दछ। रेलमार्गले यातायात मात्र नभएर देशमा प्रविधिको भूमिकालाई पनि प्रोत्साहित गर्नेछ। आउँदो १० वर्षभित्र पूर्वपश्चिम रेलमार्ग बनाउने अनि १५ वर्षभित्र शाखा मार्गहरु बनाइने रे।


यो चाहिँ राजधानीको फोटो रे। काठमाडौँ भन्ठान्नुभएको ? हैन। यो त नारायणगढ हो। नारायणगढ देशको केन्द्रमा रहेकोले नारायणगढलाई राजधानी प्रस्ताव गरिएको रे।


यो चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल। अहँ अहँ, त्रिभुवन विमानस्थल हैन। यो त सिमरामा बनाइने नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पो त।


मर्स्याङ्दी नदीको ताल


माथिल्लो कालिगण्डकीमा बग्गीको प्रयोग।

त्यति मात्र हैन, पोखराको सराङकोट, अन्नपूर्ण चौथो र माछापुच्छ्रेमा रज्जुमार्गको व्यवस्था।

मेलम्चीमा बढी समय लाग्ने भएकोले सुन्दरीजलमा बाँध बनाएर खानेपानी आपूर्ति गर्ने।

यी र यस्ता अनेक अरु कल्पना र प्रस्तावहरु।

तपाईँलाई गाईजात्राको कल्पना जस्तो लाग्यो कि ? हैन, यो त नेपाल राष्ट्रिय विकास पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख भएको विषय पो त। यो पार्टी जपानी मूलका नेपाली नागरिक ताकाशी मियाहाराले स्थापना गरेका हुन्। २० वर्षमा समुन्नत नेपाल बनाउने लक्ष्य यसले राखेको थियो। तर गतिलो भोट नआएपछि यो पार्टी त्यत्तिकै तुहियो। उनको पार्टीको जतिको पनि घोषणापत्र बनाउन नसक्नेहरु अहिले घरी नयाँ घरी वैकल्पिक शक्ति भन्दै आइरहेका छन्। हेरौँ उनीहरुको हविगत के हुने हो।

1 thought on “घोषणापत्रको उडन्ते गफ : रेलको कुरा कांग्रेसले २०४८ र एमालेले २०५१ मै गरेको थियो”

  1. padam says:
    November 11, 2017 at 6:11 am

    कुता हरु को मागी खाने भाडाे@@@

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme