Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकाभन्दा नेपाल बढी शान्त

Posted on November 11, 2017 by Salokya


केही नेपाली, त्यसमा पनि विदेशमा रहेका नेपालीहरु नेपाल खत्तमै भो भनी चिन्ता गर्ने गर्छन्। उनीहरुलाई देखाउन मिल्ने एउटा तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल छिमेकी देश चीन र भारत मात्र हैन, शक्ति राष्ट्र अमेरिकाभन्दा पनि शान्त छ।

यो तथ्य अमेरिका र अस्ट्रेलियाको संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स २०१७’ मा खुलेको छ। तथ्याङ्कलाई हेर्दा नेपाल शान्तिको विषयमा अमेरिकाभन्दा २१ अङ्कले माथि रहेको देखाएको हो। १ सय ६३ देश समेटिएको सूचीमा नेपाल ९३ नम्बरमा रहेको छ भने अमेरिका ११४ मा।

नेपालका छिमेकी देशहरु मध्ये चीन ११६ मा छ भने भारत अझ तल १३७ नम्बरमा छ। दक्षिण एसियामा नेपाल भुटान, श्रीलंका र बंगलादेशपछि शान्त देश हो। भारत, पाकिस्तान र अफगानिस्तान नेपालभन्दा मुनि छ।

सुचि मुख्यगरी समाजमा सुरक्षा र सुरक्षितताको स्तर नापिन्छ। त्यसमा आन्तरिक तथा बाह्य द्वन्द्व, सामाजिक सुरक्षा सतर्कता, सेनामा गरिने खर्च, सरकारको प्रभावकारिता, विधिको शासन, राजनीतिक संस्कार, भ्रष्टाचार नियन्त्रण, प्रेस स्वतन्त्रता, लगानी मैत्री वातावरण, छिमेकी देशसितको सम्बन्ध आदि २३ वटा विषय पनि थपिन्छ। यिनै सूचकका आधारमा यो सुचि तयार पारिएको हो।

सबभन्दा अशान्त देशहरुको टप ३ सूचीमा सिरिया, अफगानिस्तान र इराक रहेको छ।

शान्त देशको सूचिमा सबैभन्दा माथि आइसल्यान्ड रहेको छ। त्यसपछि दोस्रोमा न्युजिल्यान्ड रहेको छ।

नक्सा हेर्दै कुन देश कुन सुचिमा छ हेर्न क्लिक गर्नुस्

2 thoughts on “अमेरिकाभन्दा नेपाल बढी शान्त”

  1. मुकेश says:
    November 12, 2017 at 6:35 pm

    शान्त भएको कारण चाहिं हत्यारा छविलाल ले जे गरे पनि जनता चुप छन

    Reply
  2. haratarah says:
    November 11, 2017 at 9:23 pm

    यस्तो सुन्न, पढ्न पाए पनि, मेरो देश कसम पछाडी छ यार! १% चै अग्री: “सबभन्दा अशान्त देशहरुको टप ३ सूचीमा सिरिया, अफगानिस्तान र इराक रहेको छ। शान्त देशको सूचिमा सबैभन्दा माथि आइसल्यान्ड रहेको छ। त्यसपछि दोस्रोमा न्युजिल्यान्ड रहेको छ।”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme