Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माओवादीको बिना विभागीय मन्त्री कांग्रेसमा प्रवेश, मन्त्रालय पाउलान् कि अब फेरि

Posted on October 31, 2017October 31, 2017 by Salokya

अहिले चुनाव ताका गजब गजबका पार्टी प्रवेशका समाचार पढ्न पाइन्छन्। कांग्रेसकाहरु एमालेमा, एमालेकाहरु कांग्रेसमा, माओवादीको कांग्रेसमा, कांग्रेसको माओवादीमा। जसले जति सक्छ तान्ने हो। जसले जति सक्छ प्रचार गर्ने हो। तर रमाइलो चाहिँ माओवादीको मन्त्री भनेर प्रधानमन्त्रीले बिना विभागीय बनाइदिएका देउवा मन्त्रिपरिषद्का एक मन्त्री देउवाकै पार्टीमा प्रवेश गरेको समाचारले दियो आज। शम्भुलाल श्रेष्ठ माओवादीको सिफारिशमा देउवा मन्त्रिपरिषद्‍मा ऊर्जा राज्यमन्त्री थिए। माओवादीले एमालेसित चुनावी तालमेल गरेपछि देउवाले उनीहरुका सबै मन्त्रीलाई बिना विभागीय बनाइदिए। अपमान सहेर बस्दैनौँ भनेका माओवादी मन्त्रीहरु खै कुन्नि किन हो लाजै पचाएर बेरोजगार भए पनि मन्त्री भइरहेकै छन्।

त्यही बिना विभागीय बनाइएका मध्येका एक राज्यमन्त्री शम्भुलाल श्रेष्ठ आज कांग्रेस प्रवेश गरेका हुन्। खासमा उनी कांग्रेसी नै रहेछन् पहिला। पछिल्लो संविधान सभा निर्वाचनमा प्रत्यक्षबाट सर्लाहीबाट निर्वाचित भएका रहेछन्। २०५५ सालमा नेपाली कांग्रेसको सर्लाही जिल्ला सचिव भइसकेका उनी संविधान सभाको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि माओवादी प्रवेश गरेका रहेछन्। उतिबेला टिकट नपाएर माओवादी छिरेका उनी यतिबेला चाहिँ बिना विभागीय बनाइसकेपछि फेरि कांग्रेस फर्केका रहेछन्।

कति रमाइलो ! घरी एउटा पार्टीमा, घरी अर्को पार्टीमा। अर्को पटक अर्कै सरकार बनेपछि फेरि अर्को पार्टीमा पो लाग्ने हुन् कि। यस्तैको चल्ने रहेछ यहाँ। हेरेर रमाइलो मान्नु बाहेक अरु के नै गर्न सकियो र।

3 thoughts on “माओवादीको बिना विभागीय मन्त्री कांग्रेसमा प्रवेश, मन्त्रालय पाउलान् कि अब फेरि”

  1. KAMAL NEUPANE says:
    November 1, 2017 at 10:12 am

    गरी खान पाइन्छ

    Reply
  2. पल्लवी लिम्बू says:
    October 31, 2017 at 11:57 pm

    sab ko asli rang fataafat dekhirax. hami janata andho hunaale matra…

    Reply
  3. Balaram Upadhyay says:
    October 31, 2017 at 9:58 pm

    यस्तैको चल्ने रहेछ यहाँ। हेरेर रमाइलो मान्नु बाहेक अरु के नै गर्न सकियो र।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme