Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मुख छाड्नेदेखि काँचो गिदी खानेसम्मको खेल जितेर समन बने पहिलो हिमालय रोडिज

Posted on October 30, 2017 by Salokya

फोटोमा देखिएको थाल र कचौरामा रहेका काँचो गिदी, जिउँदो गड्यौला, शंखेकिरा- सबलाई काँचै चपाएर निल्नुपर्ने। भेज मान्छे होस् कि ननभेज। अर्को च्वाइस छैन। खानैपर्ने।

तपाईँलाई लाग्ला- यस्तो पनि हुन्छ?

भएको थियो। हिमालय रोडिजको  नवौँ एपिसोडमा यो टास्क राखिएको थियो। एकै किसिमका टेलिभिजन कार्यक्रमहरु बजाउने क्रमलाई तोडेर अहिले नेपाली टेलिभिजनमा फ्रेन्चाइज शोहरु आउन थालेका छन्। एपी वानले नेपाल आइडल ल्याएको थियो भने हिमालय टिभीले भायकम १८ बाट लाइसेन्स लिएर रोडिज सुरु गरेको थियो। भारतमा यो एमटिभी रोडिजका नाममा देखाइन्छ। हिमालय रोडिजको पहिलो सिजन पनि समन श्रेष्ठले उपाधि जितेसँगै सोमबारबाट सकिएको छ। समन त्यही प्रतियोगी थिए जसलाई अडिसनमा जजहरुले मुख छाड्न लगाएका थिए। टिभीमा देखाउँदा सेन्सर गर्नुपर्ने गरी।

अडिसनमा समनले गरेको गाली भएको एपिसोड हेर्न क्लिक गर्नुस्।

सबभन्दा घिनलाग्दो टास्क काँचो गिदीदेखि शंखेकिरा खानुपर्ने एपिसोडमा समनले केही पनि बाँकी नराखी सबै खाएका थिए। हेर्नुस् त्यो एपिसोड


उपाधि जित्नको लागि ग्रान्ड फिनालेमा अनिमेष शाही र समन श्रेष्ठ दुई प्रतिस्पर्धी थिए। पहिलो टास्कमा प्रतिस्पर्धाबाट बाहिरिसकेका रोडिजलाई बोलाएर फिनालेका प्रतिस्पर्धीहरुलाई छान्न लगाई समूह बनाइएको थियो। दुई समूहबीच डोरी तान्ने प्रतिस्पर्धा अनिमेषको समूहले जितेको थियो।

पहिलो प्रतिस्पर्धा जितेपछि जितको फाइदास्वरुप अनिमेषलाई फिनालेको अन्तिम टास्कमा आफू पहिले जाने कि प्रतिस्पर्धीलाई पठाउने छनौट गर्ने सुविधा दिइएको थियो। साथीहरुले दोस्रोमा जाऊ भन्दाभन्दै पनि अनिमेषले पहिले जाने निर्णय गरे। तर यो निर्णय आफैलाई घातक त्यतिबेला सिद्ध भयो जब समनले भन्दा तीन गुणा बढी समय लगाएर उनको टास्क सकियो।

अन्तिम टास्कमा भने अनिमेषले १३ मिनेट १० सेकेन्ड लगाए जबकि समनलाई सोही टास्क सकाउन ४ मिनेट १९ सेकेन्डमात्रै लाग्यो। अनिमेषको धेरै समय उफ्रेर हथौडाले घण्टा बजाउन नसक्दा लियो। डाइरेक्टर आफैले उफ्रेर देखाएपछि बल्ल उनले त्यो काम गर्न सके। जबकि समनले एकै पटकमा घण्टा बजाइदिए। समन पेशाले फिजिकल फिटनेस ट्रेनर, क्लाइम्बिङ कोच र रक क्लाइम्बिङ गाइड हुन्।

फिनालेका लागि एमटिभी रोडिजको पहिलो सिजन सन् २००३ का विजेता रणविजयलाई अतिथिका रुपमा निम्त्याइएको थियो।

समन। फोटो : उनको फेसबुक

समनले ८ लाख ८० हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्क एयरको कुनै गन्तव्यमा राउन्ड ट्रिप, आइफोन ६ प्लस र बजाज एभेन्जर बाइक पाए।

ग्रान्ड फिनाले एपिसोड हेर्नुस्-

गीत गाउने नेपाल आइडल र एडभेन्चर गेमको रियालिटी शो हिमालय रोडिजपछि अब नेपाली टेलिभिजनमा कस्तो शो हेर्न पाइने हो त?

8 thoughts on “मुख छाड्नेदेखि काँचो गिदी खानेसम्मको खेल जितेर समन बने पहिलो हिमालय रोडिज”

  1. Devendra Basnet says:
    November 3, 2017 at 3:54 pm

    वैयात र बेकाम को कार्यक्रम जसले कसै लाइ पनि राम्रो उत्प्रेरणा, सिक्ष्या दिदैन ..

    Reply
  2. aashishjii says:
    November 1, 2017 at 9:55 am

    यो रोडिज़को एउटा पनि एपिसोड न हेर्ने एता हाजिर गरुम त लौ लौ…

    Reply
  3. Shankar says:
    October 31, 2017 at 3:07 pm

    यो प्रतियोगिता ले चै देश लाइचाहिने नेता दिन्छ कि त् ? खालि मुख छोड्ने मा ओलीलाई जित्न पर्यो , काचो गिदी खाने मा मुसा खाने बाबुरामलाई , जति खाए पनि पचाउन सक्ने मा प्रचण्ड लाइ जित्न पर्यो , सधै खाने मात्र भोक लाग्ने मा देउवा लाइ |
    बाकि कमल भनेको त् अध्यारोमा काम मा आउने हो , पशुपति छ महिना ,साल मा एकक चोटी धाउने हो |फोडम लाइ फोड्न सजिलो छ , पद देखाइदियेपछि आफै फुट्छ , रा ज पा सधै ससुराल हुन्छ , रोप्ने समय मा जुट्छ |बैद्य , बिछी सब रोग लागेपछि मान्छे ले खोज्ने कुरा हो |

    Reply
  4. Ac says:
    October 31, 2017 at 11:50 am

    मानवता विहिन उपादी ! मात्र नामको भोक ! अत्त्मा केंद्त्रित स्व्हर्थ /

    Reply
  5. Sujita Gautam says:
    October 30, 2017 at 6:53 pm

    Disgusting

    Reply
  6. Saroja Limbu says:
    October 30, 2017 at 6:28 pm

    mtv roadies episodes sabai maile hereko chu.I also fan this show.tara tyaha yesto kacHai gidi ,gadeula khane thiyena .yaha npl ko j pani jarurat vanda jyada garchan nepali haru.judge haru ni tyastai ,task ni tyastai.dislike

    Reply
  7. माइनस पुमा says:
    October 30, 2017 at 6:20 pm

    यो रोडिज भनेको के हो??

    Reply
    1. Sushil says:
      November 1, 2017 at 7:44 pm

      सडकछाप (संस्कार र बानि बेहोराले)

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme