Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बालुवामा पानी कसरी अड्याउने नजानेपछि रानीपोखरीको यस्तो बेहाल, हेर्नुस् २६ फोटो

Posted on October 23, 2017October 23, 2017 by Salokya


२०७२ वैशाख १२ गतेको भूकम्पले रानीपोखरी केही भएको थिएन, बीचमा रहेको मन्दिरलाई भने क्षति पुगेको थियो। नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरिन् रानीपोखरी परिसरमा। रानीपोखरीलाई म्युजिकल फाउन्टेनसहितको रमणीय पार्क बनाउने उद्देश्य थियो काठमाडौँ महानगरपालिकाको। माछा सारिए, विभिन्न तीर्थस्थलबाट ल्याएर राखिएको भनिएको पानी सुकाइयो। हिलो देखियो। हिलो सफा गर्न खोज्दा मुनि बालुवा भेटियो। लौ फसाद। बालुवामा पानी अडिने कुरा भएन। बालुवालाई कसरी व्यवस्थापन गर्ने भन्ने नजानेर अहिले रानीपोखरीको बेहाल छ। रानीपोखरी अहिले चौर बनेको छ। मन्दिर पुननिर्माण पनि सिमेन्ट र पिलरसहित गर्न खोज्दा विरोध भयो र पुरातत्व विभागले हस्तक्षेप गर्नुपर्‍यो। त्यसपछि मन्दिर पनि अहिलेसम्म बन्न सकेको छैन। हेरौँ बेहाल रानीपोखरीका केही फोटो र कोही जानकार हुनुहुन्छ भने बालुवाको व्यवस्थापनबारे सुझाव पनि दिनुस् है।


रानीपोखरीको बीच भागमा अवस्थित मन्दिर बालगोपालेश्वरको हो भनिन्छ। तर भित्र त यस्तो मूर्ति पो भेटियो। यो मूर्ति केको हो?

DCIM101GOPROGOPR3838.
DCIM101GOPROGOPR3836.
DCIM101GOPROGOPR3836.
DCIM101GOPROGOPR3828.
DCIM101GOPROGOPR3827.
DCIM101GOPROGOPR3824.
DCIM101GOPROGOPR3821.
DCIM101GOPROGOPR3820.
DCIM101GOPROGOPR3817.
DCIM101GOPROGOPR3816.
DCIM101GOPROGOPR3811.
DCIM101GOPROGOPR3809.
DCIM101GOPROGOPR3808.
DCIM101GOPROGOPR3807.

माथि भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्।

14 thoughts on “बालुवामा पानी कसरी अड्याउने नजानेपछि रानीपोखरीको यस्तो बेहाल, हेर्नुस् २६ फोटो”

  1. purushottam Nepal says:
    October 27, 2017 at 5:49 am

    अब यो २१सौ सताब्दिमा हामीले सिकाउनु पर्यो पानि थुन्न ? लाज सरम छैन , हग्नेलाइ भन्दा देख्नेलाई लाज

    Reply
  2. purushottam Nepal says:
    October 27, 2017 at 5:46 am

    बाँदर धेर जान्ने भयोभने गेडा चेपेर मर्छ , देश दोहन गर्न पल्केका स्यालहरुले सत्ता समालेको देशमा यस्ता सम्पदाको सम्रक्ष्यन हुन्छ भन्नु छेपाराको कथा जस्तो मात्र हो .

    Reply
  3. Birkhe says:
    October 24, 2017 at 5:18 pm

    प्रताप मल्लले धेरै ठाउंबाट जम्म गरेर ल्याएको पानी राखी आज भन्दा ६ सय बर्ष अधि आफ्नी रानी छोर मरेको वियोग हेर्न नसकी रानालाई खुसि बनाउन सिर्जना गरेको कान्तिपुर नगरी भित्रको सौदर्य बडाउने गरि बनाएको देशको Lyandmark कुरुप बाएर देखाउनु लाज नलाग्ने लाज नमान्ने हामीहरु बिस्वोको जनता सामु कसरि मुख देखाउने ? भत्काउने सबैलाई औञ्छन बनाउनु पो गाह्रो हो त् अब त्यँह घर नाबौलन भन्ने कसले बिस्वोस गर्ने ?

    Reply
  4. राम बाबु श्रेष्ठ says:
    October 24, 2017 at 3:19 pm

    शयौं वर्षसम्म पानी अडी राखेको पनि थाहा भएन अहिलेका इन्जिनीयर साहेबहरुलाई । अब पानी नअडिने भयो नयाँ इन्जिनीयर साहेबहरुलाई क्या अचम्म पहिलेकाले कसरी अड्याई राखेको होला ?

    Reply
  5. RAM says:
    October 23, 2017 at 10:30 pm

    अझै खान्नुस मैले सुनेको त्यहाँ लिच्चिवी काल को भद्र धिवास हो कि कुन दरबार थियो रे

    Reply
  6. Rabin Malla says:
    October 23, 2017 at 3:59 pm

    पासा दिमाग ला।
    कति गहिरो बनाउने हो सोही मुताबिक बालुवा निकालेर सफा गरे पछि कालीमाटीको तह १.५’/ २’ राखेर compact गर्दा पानी जम्ने कुरा पुरानो प्रविधी अपनाउदा फाइदै होला।

    Reply
  7. Raj Barsingha Thapa says:
    October 23, 2017 at 3:33 pm

    ktm ka tole gunda haru lai diya 2 dinmai yo baluwa ko bebsthapan garne thiya

    Reply
  8. diwakar says:
    October 23, 2017 at 8:48 pm

    प्रताप मल्ल को सुन को मुर्ति त्यहाँ पुरिएको छ . पुरातत्व बिभाग ले तुरुन्त खोज्नु पर्यो . रानी पोखरी बने देखि त्यहाँ सफाई भएको छैन. त्यहाँ केहि कुरा हुन सक्छ !

    Reply
  9. Shankar says:
    October 23, 2017 at 7:42 pm

    राजनीतिमै ध्यान दिम सोम , यो बन्ने बनाउने जिम्मा इन्डिया , चाइनाको हो |न भए अमेरिका ले आएर बनाइदेला बिर नेपालि जातिलाई |
    राजनीति गर्ने , भ्रास्ताचार गर्ने , ठुला ठुला भासन गर्ने , बादर ले जस्तो आफ्नै घर धोस्त पारेरे ठुलो क्रान्ति गरेको फुइ छोड्ने , त्यो चै हाम्रो मेन काम हो | अब बहुदलीय जनबाद हुदै , गिरिजापथ बाट प्रचण्ड पथ निस्किदै नौलो जनबाद मा पुग्ने लक्ष्य राख्नु पर्छ | उद्देश के लिनु उडी चन्द्रमा छुनु न बिर्सु |

    Reply
  10. Chhotu Thapa Magar says:
    October 23, 2017 at 1:02 pm

    plastic hal ho

    Reply
  11. Budhathoki Magar says:
    October 23, 2017 at 5:36 am

    हिजो रानी पोखरिको ईतिहास सहितको पोखरिले काठमाण्डौको सुन्डरता झल्काएको थियो।आज उजाड भएको छ अब Gambhir Ghimire सरले भने झै अब कित्ताकात गरेरै सिद्दाउने योजना हो भन्दा फरक नपर्ला।

    Reply
  12. Gambhir Ghimire says:
    October 23, 2017 at 5:26 am

    अब कित्ता काट गरेर बेचेर खान्छन

    Reply
  13. Arjun Maharjan says:
    October 23, 2017 at 10:55 am

    जहाँसम्म रानीपोखरी निर्माणको उदेश्य हेर्दा पानी जम्मा गर्ने नभई भुमिगत पानी रिचार्ज गर्ने गरी बनाईएको हुँदा बलौटे सतह हुनु राम्रो हो। प्राचिनकालमा यस पोखरी विभिन्न ढुङ्गेधाराहरुको पानीको स्रोतको रुपमा रहेको थियो। हाल पानी जम्मा गर्न यस पोखरीको पिँधमा एक सतह ईट्टा छापेर पानी छिट्टो सुक्नबाट रोक्न सकिन्छ साथै यस पोखरीको वरिपरि रहेका त्रिचन्द्र कलेज, प्रहरी कार्यालय तथा दरबार स्कुलमा्र्फत आकाशेपानी संकलन गरी सो पानी पोखरीमा मिसाऊदा पोखरीमा पानीको उपयुक्त स्रोतको रुपमा प्रयोग गर्न सकिन्छ।

    जमिन मुनिको पानीको अत्याधिक दोहनेको कारणले केहि वर्ष पोखरीको पानी छिटो छिटो सुक्न सक्छ र केहि समयको लागि अन्य स्रोतबाट पानीको व्यवस्थापन गर्नु पर्ने हुनसक्छ र केहि वर्षपछी जमिनमुनिको पानीको सतह उठेपछि आकाशेपानी नै यस पोखरीको लागी पर्याप्त हुन जान्छ र यस पोखरी वरीपरीको ईनार बोरिङ सुकेर जाने समस्या पनी रहंदैन।

    Reply
  14. Santosh Poudyal says:
    October 23, 2017 at 5:01 am

    रानी पोखरी त्यसै राम्रो थियो। रानीपोखरीलाई म्युजिकल फाउन्टेनसहितको रमणीय पार्क बनाऊन जरुरत थिएन। यस्तै हो जान्ने भएपछि।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme