Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाइजात्रा शैलीमा गाइतिहार : हे बरै..को प्यारोडी

Posted on October 20, 2017October 20, 2017 by Salokya

व्यङ्ग्यकर्मीहरुलाई गाई शब्द जोडिएको जे आए पनि व्यङ्ग्य नै गर्नुपर्छ भन्ने लागेको रहेछ कि के हो, गाईजात्रामा मात्र हैन अब गाइतिहारमा समेत व्यङ्ग्य गर्न थालेका छन्। सिस्नुपानी नेपाल नामको संस्था र प्रज्ञा प्रतिष्ठानले मिलेर गाइतिहारको अघिल्लो दिन प्रज्ञा हलमा प्रज्ञा सिस्नुपानी देउसी भैलोको आयोजना गर्‍यो। देउसी भैलोमात्र हैन व्यङ्ग्य कविता, प्यारोडी र प्रहसनसमेत यसमा देखाइयो। पूर्व प्रधानमन्त्री लगायतका नेतादेखि लिएर पूर्व प्रधान न्यायाधीशहरु, वर्तमान प्रधानसेनापतिसम्म भएभरका विशिष्टहरुलाई बोलाएर व्यङ्ग्यात्मक देउसी भैलो देखाइयो। त्यही कार्यक्रममा प्रस्तुत भएको प्रकाश गन्धर्वले गाएको हे बरै..को प्यारोडी।

हेर्नुस् भिडियो-

माथि भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्

हे बरै
दसी धाराले नरोए आमा
देश बाँचे पठाम्ला तस्वीरै खिचेर ।
कस्तो छिमेकी पर्‍यो नि
विकास हुनै दिँदैन हजूर…।

हे बरै, हे बरै..
जनताले सोध्लान् नि खोई विकास भन्लान्
रणमा पर्‍यो भन्दिए।

बीपीले सोध्लान् नि खोई कांग्रेस भन्लान्
घेरामा परे भन्दिए।

मदनले सोध्लान् नि खै जबज भन्लान्
प्रचण्डलाई सोध भन्दिए।

शहीदले सोध्लान् नि खै माओवाद भन्लान्
टोपी झिक भन्दिए।

कमलले सोध्लान् नि, खै कोमल भन्लान्
ओलीले लगे भन्दिए।

करिश्माले सोध्लिन् नि खै बाबुराम भन्लिन्
माया मार भन्दिए।

हे बरै
तिलाठीको बजारैमा चार पैसाको ला छैन
जङ्गे पिलर वरवर सर्दा सरकारमा बस्नेलाई थाहा छैन
सिसै काटी नि गोलीले
गर्लान् त केही प्रचण्ड ओलीले…।

27 thoughts on “गाइजात्रा शैलीमा गाइतिहार : हे बरै..को प्यारोडी”

  1. TheSavar Roman says:
    October 22, 2017 at 6:27 pm

    Yo chai ramro chha

    Reply
  2. Shree Khanal says:
    October 22, 2017 at 4:20 pm

    गित चाहिँ होके

    Reply
  3. सुमिन छेत्री says:
    October 22, 2017 at 11:46 am

    यो कुनै रमाइलो हैन। बुझ्ने लाई शिरिखन नबुझ्ने लाई खुर्पाको बिड हो। नेताहरुले बुझ्ने कुरा हो। यो भनेको यो कुरा गम्भीर रुपमा केपिले मात्र लिएको देखिन्छ। भिडियोमा

    Reply
  4. nabin says:
    October 22, 2017 at 12:30 pm

    Song ? is very nice unfortunately not this time!!!

    Reply
  5. Milan Newar says:
    October 22, 2017 at 4:44 am

    Yesta haru lai jatinei gana banayera dosi dosi vanda ni krhi lagdeina kina ki neta vanauda har haru lai des parti alikati pani maya xena

    Reply
  6. Bijaya Nepali says:
    October 21, 2017 at 7:07 pm

    Nice words singing

    Reply
  7. Sajjan Regmi says:
    October 21, 2017 at 4:03 pm

    Grt song..

    Reply
  8. narayan khadka says:
    October 21, 2017 at 8:43 pm

    यो तिहार हो गाइजात्रा होइन . एस्तो बिकृति लाई बन्द गर्नु पर्छ

    Reply
  9. Gurung Hari says:
    October 21, 2017 at 11:07 am

    Mukh aagade vanda ne matlab chaina …. kasto bidambana cha

    Reply
  10. Chettry Hari says:
    October 21, 2017 at 5:16 am

    So nice

    Reply
  11. Sunar Sanjaya says:
    October 21, 2017 at 2:38 am

    Parkas dai ramro xa

    Reply
  12. madhav thapa ido says:
    October 21, 2017 at 7:03 am

    यो सिस्नुपानि भन्ने सस्थालाई कुन चाड के हो भनेर पनि थाह छैन कि क्या हो? देउसी भैली लाई नि गाईजात्रा नै बनाए हुदा हुदा प्रज्ञा प्रतिस्थान पनि आयोजक रे जुन सस्थाले संस्कृति बचाउनु पर्ने त्यहि नै बाटो हगुवा जस्तो पो भयो त ?

    Reply
  13. Rastra Premi Tamang Kto says:
    October 20, 2017 at 10:14 pm

    वास्तविक यथार्थ वरण गरिएको छ ।

    Reply
  14. Amina Ameena says:
    October 20, 2017 at 10:12 pm

    Just wow love the singing and words

    Reply
  15. Manoj Shrestha says:
    October 20, 2017 at 7:31 pm

    Corrupted groups

    Reply
  16. Kamal Aryal says:
    October 20, 2017 at 7:05 pm

    लाज पचाएर अझै हाँस्न सकेरै नेता बनेका रहेछन् अरु भए त डाडु मा पानी तताएर मर्थे होलान् ।

    Reply
  17. Ram Shrestha says:
    October 20, 2017 at 5:53 pm

    Laj pacheka neta haru

    Reply
  18. Dhan Govinda Maharjan says:
    October 20, 2017 at 3:43 pm

    Good song

    Reply
  19. Rohan Mehara says:
    October 20, 2017 at 6:41 pm

    मन पर्यो

    Reply
  20. Puja Gire says:
    October 20, 2017 at 12:03 pm

    manxhe haru lai aja vholi jpt gana lekhna ra gauna paye kk nai paye vhanthaxan ki k ho…. laja ko marnu…… k sunera baseka holan….

    Reply
  21. Babu Ram Magar says:
    October 20, 2017 at 6:44 am

    very good song very nice

    Reply
  22. San Kumar says:
    October 20, 2017 at 6:22 am

    Thank u gan…. vai

    Reply
  23. Bishnu Sunar says:
    October 20, 2017 at 2:54 am

    Super xa bhaiko geet

    Reply
  24. Hira Lama says:
    October 19, 2017 at 5:39 pm

    नेताहरुलाई च्वास्स घोचे पो ! गैंडाको छाला जस्ता भाको छ तिनको मन । झन् हाँस्दै बस्या छ्न … मुखाँ हानुम जस्तो

    Reply
  25. Bishnu Bhusal says:
    October 19, 2017 at 5:37 pm

    Nice song

    Reply
  26. Birendra Aasish says:
    October 19, 2017 at 4:42 pm

    Good bangatmak git gaunuvo vai thank u

    Reply
  27. Ruk Buda Magar says:
    October 19, 2017 at 4:26 pm

    good x

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme