Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छोरीज्वाइँसहित आर्मी हेलिकप्टरमा राष्ट्रपतिज्युको तीर्थयात्रा

Posted on October 7, 2017October 7, 2017 by Salokya

जिल्ला दैवी प्रकोप उद्दार समितिको सचिवालय लेखिएको भवनको माथिबाट हेलिकप्टर उडेको देख्दा तपाईँलाई यो आर्मी हेलिकप्टर कै उद्दार गर्नका लागि उड्यो कि जस्तो लाग्यो?

त्यसो भए तपाईँ गलत हुनुहुन्छ।

यो त राष्ट्रपति विद्यादेवी भण्डारीको अनौपचारिक तीर्थयात्राका लागि उडेको हेलिकप्टर हो। राष्ट्रपति अर्थात् नेपाली सेनाका परमाधिपति। सेनाको हेलिकप्टर उनको यात्राका लागि उपयोग हुनु अनौठो भएन। अति विशिष्ट व्यक्तिको सवारी भएपछि एउटा मात्र हैन, दुई वटा हेलिकप्टर हुनुपर्ने रहेछ।


राष्ट्रपतिको आज शुक्रबार बिहान साढे आठ बजे रसुवाको गोसाइँकुण्डमा पूजा गर्ने कार्यक्रम थियो। अब मंसिरमा चुनाव भएपछि राष्ट्रपतिको नयाँ चुनाव हुनुपर्छ। त्यसैले सक्दो तीर्थयात्रा अहिले नै गरिहालौँ भन्ने भएको हो कि के हो, नेपालका दोस्रा राष्ट्रपति अहिले फास्टट्रयाक तीर्थयात्रामा छन्। गोसाइँकुण्ड ४ हजार ८ सय ३० मिटरको उचाइमा रहेको ठाउँ। हिँड्ने कुरा भएन। त्यसैले हेलिकप्टरमा लगियो। घुम्न पाएको बेला छोरीज्वाइँ किन पछि पर्नु। उनीहरु पनि आर्मीको हेलिकप्टरमा थिए। गोसाइँकुण्डको छेवैमा हेलिकप्टर ल्यान्ड भयो। पूजाआजा भयो। उचाइमा राष्ट्रपतिलाई असजिलो जस्तो भएपछि अक्सिजन पनि दिनुपर्‍यो।


गोसाइँकुण्डबाट राष्ट्रपति चढेको हेलिकप्टर सीधै धुन्चेको कालीजङ गणको ब्यारेकमा ल्यान्ड भयो। यो अनौपचारिक यात्राका लागि सेनाका दुई हेलिकप्टर उडेका थिए। अर्को हेलिकप्टर त्यही जिल्ला दैवी प्रकोप उद्दार समिति नजिकैको ग्राउन्डमा ल्यान्ड भयो।

ब्यारेकभित्र राष्ट्रपति र भ्रमण टोलीको लागि खाना तयार थियो। खाना साना खाएर झण्डै डेढ घण्टापछि दुवै हेलिकप्टर काठमाडौँका लागि उडे।

खासमा घटना यो थियो। तर सरकारी समाचार एजेन्सी राससमा भने यस्तो समाचार आयो-

रमाइलो के ! हेलिकप्टर माउन्टेन फ्लाइट गरे जस्तो देखिन्थ्यो। तर स्याफ्रुबेँसी मैलुङ सडकको अवलोकन तथा निरीक्षण पो रे। हेलिकप्टरको झ्यालबाट यसो हेर्नुलाई अवलोकन तथा निरीक्षण भनिँदो रहेछ औपचारिक भाषामा ! हुनत हवाई अवलोकन भनेको भए पनि खासै फरक पर्दैन थियो। तर यो समाचारमा हेलिकप्टरको कुरै नभएकोले समाचार मात्र पढ्दा के बुझिन्छ, तपाईँ आफै भन्नुस् त।

यस्तै चलिरहेको छ।

बरु आफू यता लाङटाङ पैदलयात्रामा आएर सञ्चार सम्पर्क विच्छेद हुँदा देशमा वाम गठबन्धनको उथलपुथल भइसकेछ। के भयो कसो भयो भेउ पाउनै गाह्रो भइरहेछ। कुरो बुझ्नै समय लाग्ने भो।

15 thoughts on “छोरीज्वाइँसहित आर्मी हेलिकप्टरमा राष्ट्रपतिज्युको तीर्थयात्रा”

  1. dilip gurung says:
    October 11, 2017 at 10:39 pm

    बास्तबिकता देखि किन आत्तिनु भो राजनजी? कतै रास्ट्रपतिज्युको चम्चे त पर्नु भएन? कि एमालेको अन्ध समर्थक पर्नुभो? जो आएपनि जनताको सेवा नगर्ने हो भने टिक्न गाह्रो छ!

    Reply
  2. कपिल प्रधान says:
    October 9, 2017 at 3:05 pm

    यी एमाले , माओवादी , सर्वहारा रे / किसान रे / पढेलेखेका र सम्पन्न को घोर डाहा ले सक्लेका यी डाहाडे हत्यारा हरु आफु मौका पाए भने अझ बुर्जुवा र महाराजा महारानी बन्छन /

    डाहाडे हत्यारा छविलाल को छोरा आज छोटा राजकुमार भएको छ / जांड ले टिल्ल परेर सगरमाथा चढ्ने निहुँमा अर्काकी श्रीमती संग व्यभिचार गर्छ / डाहा ले सल्केको छविलाल आज भुँडी फुट्ने गरी कुखुरा खाएर बंगुर सरि मोटाएको छ /

    अर्को डाहाडे बाबुराम आफ्ना छोराछोरी लाई भारत मा लुकाएर पढाएर गरिब जनता का छोरा छोरि लाई बन्दुक बोकाएर युद्ध मा होमेर मरेको छ /

    तर सबै भन्दा डाहाडे र सब चिज जलाएर माटो र खरानी मा राज गर्ने सपना देख्ने घोर डाहाडे त यी सबै को गुरु डाहाडे मोहन वैद्ध त् भै हाल्यो / तर यो मुर्ख डाहाडे लाइ छविलाल ले पराजित गरेर आफु मात्रै भुँडी फोरेर घिचे पछि त यो मोहन वैध किरण नामक डाहाडे त झन आगो ले सल्केको छ /

    “सिन च्या हुचे , धुन च्या च्या ……सिन च्या हुचे , धुन च्या च्या” भनेर रातो झन्डा स्वार्र स्वार्र गर्दै सडक मा परेड खेलेर brainwash गरेर मुर्गा बनेका केटाकेटी हरु लाई आफ्नै शिक्षक, गुरु हरु लाई पिटेर , गाइजात्रे टोपी र माला लगाएर “बुर्जुवा” को आरोप लाएर १२ बर्ष देश मा गृहयुद्ध चर्काएर आज यी छविलाल , बाबुराम, ओली , भण्डारी , परदिप नेपाल र अरु माओ , मार्क्स वादी लेनिन वादी सर्वहारा हरु आज आएर फाइभ स्टार होटेल मा पुर्व पन्च र राजावादी संग भलाकुसारी गर्दै छन् र स्कच को चुस्की र चिकेन मा रमेका छन

    “सिन च्या हुचे , धुन च्या च्या ……सिन च्या हुचे , धुन च्या च्या” भनेर परेड गर्ने र रातो झन्डा स्वार्र स्वार्र गर्दै सडक मा परेड गरेर शिक्षक, गुरु हरु बुर्जुवा भनेर पिट्ने ती गरिव युवा भने यिनै छविलाल र बाबुराम हरुको कारण ले कतार र साउदी मा ऊँट चराउँदै छन वा डान्सबार मा देह बेच्दै छन् /

    Reply
  3. Shrestha RamKrishna says:
    October 9, 2017 at 2:16 am

    धन्न सम्झेछन हाम्रा निल्कण्ठ बाबा लाई नत्र त बिर्सिसक्या थे बाजेबजिनी हरुले कम्निष्ट भएर

    Reply
  4. पराजुली मपराजुली says:
    October 8, 2017 at 9:55 am

    अन्यथा कमेन्ट्स न लेख्नु होला
    नत्र जेल जानु पर्ला! 😀
    कानून भन्ने कुरो छ है हाम्रो नयाँ नेपालाँ
    किनकी कानून न लाग्ने हरु धेरै छन!
    र उनिहरुले जे गरे पनि हुन्छ !!
    जय होस् नयाँ नेपालको लुट तन्त्र!!
    लाजनिती नै लाजनिती भएको ठाउमा यस्ता झिना मसिना कुरा हुँदै गर्छन्!

    Reply
  5. Shankar says:
    October 8, 2017 at 3:35 am

    कशौड़ी मा बारीको लौका हालेर उमाल्ने , अनि खोज्ने मासुको स्वाद ? यी बाट त्यो भन्दा बढी के अपेक्ष्या गरेको?

    धन्न तिर्थ यात्रा मा मात्र हेलिकोप्टर प्रयोग गरेछन , माइती , मावली गर्दा पनि युज गर्छन कि भन्ठानेको |
    आजसम्म प्रधान मन्त्रि , मत्रिहरुले पनि त् सर र बाढी अबलोकन , पार्टीको आकस्मिक बैठक भ्याउन आदिको लागि त् प्रयोग गरका हुन् नि सरकारी हेलिकोप्टर | यी प्रथम नारि रास्ट्रपति , गणतन्त्र लेउन जेल नेल परेकालाई एता उति भन्न मिल्छ ? अब सरकारी धन , सहुलियत यो उनीहरुको जन्म सिद्द अधिकार हो |

    Reply
  6. कान्छा नेवार says:
    October 7, 2017 at 9:18 am

    श्री ५ बिद्या देबी भण्डारी

    Reply
  7. Meena Paudyal says:
    October 7, 2017 at 8:45 am

    Kanun chaina je ghare ni vo

    Reply
  8. Puran Bdr Bajracharya says:
    October 7, 2017 at 6:31 am

    rastrapati lai kanoon lagdain.kura nakatau.suprem.

    Reply
  9. Sanu Nep says:
    October 7, 2017 at 4:08 am

    Rastrapati. Pradhan matri haru puja path mai byesta. Desh ko lagi sochne time nai hudaina

    Reply
  10. Om Khatri says:
    October 7, 2017 at 3:26 am

    hahaha

    Reply
  11. Dilip Guring says:
    October 7, 2017 at 5:05 am

    यसको पनि एकदिन अन्त्य हुन्छ| कस्ता कस्ता सरकार भनाउदाहरु त सकिए भने यिनीहरु त छुसिहरु मात्र हुन्|

    Reply
    1. राजन says:
      October 7, 2017 at 5:38 pm

      अनी के आउछ? तिमी ?
      हुति नहुनेले किन ईर्ष्या गरेको ?

      Reply
  12. CHANDRABAHADUR says:
    October 7, 2017 at 3:48 am

    जे भने पनि जे गरे हुने वाला छैन / यी जनआन्दोलन बाट उब्जिएका राज नेता हरुको काम नै जनता को रगत चुस्नु बाहेक केहि छैन तेसैले यीनी हरुलाई अलि महत्व नदिए बरु यीनी हरु आफै सेलाउने थियो. /

    हरे न भरे आफुलाई त जसले जे गरे पनि…यी राजनेता हरुको दिमाग नै धमिराले भरेपछि जे गरे पनि केहि हुन्न

    Reply
  13. Angchhiring Sherpa says:
    October 6, 2017 at 7:23 pm

    Let’s think why would they call themselves Marxist & Leninist ??

    Reply
  14. मनोज भण्डारी says:
    October 6, 2017 at 6:57 pm

    tyhi garna ta rastrapati pm huna lai taxad maxad garxan desh banaune bhaye ta 5 bars mai kati kayapalat hunthyo hola….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme