Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

६ लेनको बाटो : टीकाको दिन जाँदा खाली सडक, फर्कँदा आधा घण्टा जाममा

Posted on October 1, 2017October 1, 2017 by Salokya


विजया दशमीको दिन शनिबार काठमाडौँको नयाँ बानेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म दिउँसो जाँदा सडक खाली खाली जस्तै थियो। तर फर्कँदा भने कोटेश्वर चोक नजिक आधा घण्टा जाममा परियो। यो ६ लेनको फराकिलो सडक अहिले साँघुरो भइसक्यो। दशैँमा तुलनात्मक रुपमा कम सवारी साधन गुड्ने हुन्। टीकाकै दिनसमेत जाम भनेपछि सोच्नुस् न के हालत होला। जाम पनि खासै केही कारण बिना नै भएको रहेछ। सूर्यविनायकबाट आएका गाडी कोटेश्वर चोकबाट रिङरोडतिर लाग्ने कि तीनकुनेतिर लाग्ने, रिङरोड, तीनकुनेबाट आएका गाडीका कारण चोकमा जाम भएको रहेछ। कस्तो देखिएको थियो त सडक? गोप्रोबाट खिचिएको यो भिडियो हेर्नुस्। काठमाडौँ नदेखेको धेरै भएको छ भने अहिलेको काठमाडौँको सडकको झलक यसमा हेर्न सकिन्छ।

भिडियो हेर्नुस्। तल भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्।

विजया दशमीकै दिन काठमाडौँको अर्को सडक यस्तो देखियो। भिडियो हेर्नुस्-

1 thought on “६ लेनको बाटो : टीकाको दिन जाँदा खाली सडक, फर्कँदा आधा घण्टा जाममा”

  1. ram ghaju says:
    October 3, 2017 at 7:49 pm

    ६ लेन सडक साघुरो भाको हैन , सवारी साधन धेरै भाको हो . तपाइको विदिओमा त रोद नै खाली छ नि….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme