Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बसीबसी खासै केही काम नगरी महिनाको एक लाख तलब पाउने हो? प्रदेश प्रमुख बन्नुस्

Posted on September 25, 2017September 26, 2017 by Salokya

तपाईँलाई नेपालमै रहेर बसीबसी, खासै केही काम गर्नु नपर्ने तर ग्वाम्मै तलब पाउने जागिर पाउन मन छ? त्यसो हो भने प्रदेश प्रमुख बन्नुस्। प्रदेश प्रमुखको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले सोमबार संसदमा दर्ता गरेको छ। संसदको म्याद सकिन लागेको हुँदा यो छिटोछिटो पास गर्नुपर्नेछ। विधेयकमा गरिएको व्यवस्था अनुसार प्रदेश प्रमुखले महिनामा रु एक लाख ४ हजार रुपैयाँ पाउनेछ। यति धेरै तलब भनेर आलोचना हुन्छ भनेर होला पारिश्रमिकका रुपमा ६४ हजार रुपैयाँमात्र छुट्याइएको छ। बाँकी ४० हजार चाहिँ अतिथि सत्कार र भैपरी खर्च भनेर दिइनेछ। यसको बिल पेश गरिरहनु नपर्ने भएकोले र मासिक आउने भएकोले यसलाई पनि पारिश्रमिक मै जोडे फरक पर्दैन। अरु पनि छन् सुविधा, सुन्ने हो?

  • वर्षमा १८ हजार रुपैयाँ पोशाक सुविधा
  • स्वदेशमा घुमे प्रति दिन ३ हजार रुपैयाँ भत्ता
  • विदेशमा घुमे प्रति दिन २५० अमेरिकी डलर भत्ता
  • युरोपियन मुलुकहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमण गर्दा ३३ प्रतिशत थप रकम
  • स्वदेशमा उपचार गराउँदा वा मेडिकल बोर्डको सिफारिशमा विदेशमा उपचार गराउँदा उपचार खर्च नेपाल सरकारले व्यहोर्ने
  • त्यतिमात्र हैन कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च वापत् एकजनाको मनासिब खर्च पनि नेपाल सरकारले उपलब्ध गराउने
  • प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा नचलाउने
  • प्रदेशको राजधानीमा सरकारी घर आवासको रुपमा सुविधा
  • आवासको सुविधा नभएसम्म घरभाडावापतको रकम
  • सरकारी आवासको मर्मत तथा सम्भार खर्च
  • घरको लागि उपयुक्त फर्निचरको व्यवस्था
  • सवारी साधनको व्यवस्था
  • गाडीको लागि इन्धन, मोबिल र मर्मत सम्भारको व्षवस्था
  • टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा
  • एक जना निजी चिकित्सकको व्यवस्था
  • चाडपर्व खर्चको रुपमा प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक बराबरको रकम।
  • १२ जना कर्मचारी रहेको निजी सचिवालय

सुविधाहरु देखेर तपाईँलाई लोभ लाग्यो होला। प्रदेश प्रमुखको काम चाहिँ के हुन्छ त?

काम खासै केही हुन्न हेर्नुस्। केन्द्रमा राष्ट्रपतिको जस्तो काम हो, त्यस्तै हो प्रदेश प्रमुखको काम। सेरेमोनियल हेड। प्रदेशमा केन्द्रको प्रतिनिधि हुने। प्रदेश सभामा बहुमत भएकोलाई मुख्यमन्त्री बनाउने, प्रदेश सभा विघटन गर्ने, निर्वाचन मिति तोक्ने, मुख्य मन्त्री र प्रदेश मन्त्रीहरुलाई शपथ खुवाउने, प्रदेशको संसदमा सम्बोधन गर्ने, प्रदेशको मन्त्रिपरिषद् नहुँदा कार्यकारिणी अधिकार प्रयोग गर्ने आदि इत्यादी।

के योग्यता हुनुपर्दो रहेछ त प्रदेश प्रमुख अर्थात् प्रदेशको छोटे राष्ट्रपति हुन?

-संघीय संसदको सदस्य हुन योग्य भएको,
-३५ वर्ष उमेर पूरा भएको र
-कुनै कानुनले अयोग्य नभएको

प्रदेश प्रमुख हुन गर्न चाहिँ के पर्छ त? केही गर्नु पर्दैन। राष्ट्रपतिले नियुक्त गर्ने हुँदा राष्ट्रपति नजिकको मान्छे हुनुपर्‍यो, राष्ट्रपतिलाई रिझाउन, विश्वास दिलाउन सक्ने हुनुपर्‍यो। राष्ट्रपति जुन दलको हो, उसको विश्वासिलो हुनुपर्‍यो। त्यति योग्यता पुग्यो भने तपाईँ पाँच वर्ष बसी बसी लाख कमाउने हुनुहुनेछ। ल, मौका नगुमाउनुस् है, अहिलेदेखि प्रयास गर्न थालिहाल्नुस्।






14 thoughts on “बसीबसी खासै केही काम नगरी महिनाको एक लाख तलब पाउने हो? प्रदेश प्रमुख बन्नुस्”

  1. अशोक कुमर महतो says:
    September 27, 2017 at 4:18 am

    संघीयता धान्न नसक्ने हाम्रोजस्तो देशमा संघीयता ल्याउनुपर्ने कुनै जरुरी थिएन योत सब जातीय दंगा भड्काउनु र अर्थतन्त्र कमजोर बनाउनु बाहेक अरु केही हुनेवाला छैन । पश्चिमा हरुले सुमालिया,र अफ्रिकी हरुलाई बनायको जस्तो नेपाली को जिबनत हुनेहोकी यो लूटतन्त्र हो

    Reply
  2. Pingback: को बन्दैछ त १ लाख मासिक पाउने गरी प्रदेश प्रमुखहरु? « Mysansar
  3. Taarkik says:
    September 26, 2017 at 7:55 pm

    देश नै उताको एउटा प्रान्त जत्रो छ

    Reply
  4. Suku Ram Tamang says:
    September 26, 2017 at 9:49 am

    नागरिता र passport को सिफारीस को 500 लिनी कारण योपो हो?

    Reply
  5. Ram says:
    September 26, 2017 at 11:32 am

    लौ खाउ, के के नै प्रदेश चाहीयको हैन? प्रदेश कस्को लागी रहेछ। देशको अब के दसा हून्छ? नेता ले जसरी पनि आफ्नै सूबिधा र हितको लागी जे पनि गर्छन अनि तिनका कार्यरत ले जनता को बलिदान दिन लगायर तिनी हरू लाइ कूर्चीमा तिकाइ राखेर बर्हमालूट गर्नेछन। देशको कमाई चार आना खर्च बाह्र आना हून्छ।

    Reply
  6. Krishna Kc says:
    September 26, 2017 at 4:13 am

    बजेटको दोहन गर्ने पद।
    राजनैतिक नियुक्ती दीदैछ यो पदको लागि भन्ने समाचार सुन्दै छु।।
    अब आफ्नो नजिक र आफन्तलाइ पर्देश प्रमुख नियुक्त चाडै गर्छन यो चाडै देखीने वाला छ। यसतै ताल हो भने देसले संघीयता धान्न सक्ला के

    Reply
  7. Pawan Adhikari says:
    September 26, 2017 at 3:30 am

    Desh ko amdani badhaune tarfa kasai ko dhyaan xaina, khali kharcha matra badhauna janne ko barchaswa dekhiyo….

    Reply
  8. Balaram Vidyadhar says:
    September 26, 2017 at 12:44 am

    लुट…जति सक्छ लुट …हामी जनताले रगत पसिना बगाई तिरेको कर बाट जम्मा भएको ढुकुटी रित्याएर देशलाई कंगाल बनाउ र सके जति लुट …. l देश कंगाल भएर के भो र डाडु पन्यु हातमा भएका हरुले सात पुस्तालाई पुग्ने गरी कमाए पनि हामि जनता केहि भन्नेवाला छैनौ l

    Reply
  9. Bishwa Shrestha says:
    September 25, 2017 at 11:48 pm

    Lootko dhan phupu ko sarad.

    Reply
  10. R.k. Khesang says:
    September 25, 2017 at 10:50 pm

    प्रदेश खारेज गर्नु पर्छ बजेटको दोहन हुन्छ दलहरु लाई कार्यकर्ता पाल्ने अवसरको पुर्ति बाहेक केही हुदैन देश कंगाल हुने भो

    Reply
  11. sujan maharjan says:
    September 26, 2017 at 1:51 am

    यो त भारतको प्रदेश “गवर्नर” को जस्तो same पद रहेछ!!! उता १ लाख १० हजार I . C . यहाँ जम्मा १.०४ लाख.

    Reply
  12. Subash Gautam Nepali says:
    September 25, 2017 at 7:18 pm

    तेतिकै चित्र बहादुर काका ले सङियता नेपाली लाई भालु को कन्पड हुन्छ भनेका होइनन।

    Reply
  13. कोक्मा ठुले तुमबाम्फे says:
    September 25, 2017 at 6:47 pm

    खोइत कोहि जनता बोलेकाछन कि जनाताको हातमानी परिस्क्यो होला तेसैले चुपचाप छन बधाई छ नेपाली जनातालाइ ✋

    Reply
  14. Balkrishna Dahal says:
    September 25, 2017 at 5:49 pm

    हजम नहोला बसिबसि! नखाने बिचार गरेँ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme