Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल आइडल लाइभ हेर्न बसेकाहरु दुर्गा भवानीको एनिमेटेड नाच पो हेर्न बाध्य

Posted on September 22, 2017September 23, 2017 by Salokya


खुबै तामझामका साथ नेपाल आइडलको फाइनलमात्र हैन ‘ग्रान्ड फिनाले’ कतारको सनायामा हुने धूम मच्चाइयो। टिभीको स्क्रिनमा काउन्टडाउनसमेत गरियो। तर निर्धारित समय रातको ८:४५ मा त लाइभ हैन, सुरु भयो द टक सो। विप्लव प्रतीक कवि हुन्। तर उनलाई गीत गवाए। डेढ घण्टा जति टक सो चलाएर पनि नभएपछि ‘जय नवदुर्गे’ भन्दै दुर्गा भवानीको एनिमेटेड नाच पो देखाइयो। हेर्नेहरु ट्वाँ…। १५/३० मिनेटको ढिला भए त एउटा कुरा, दुई घण्टा हुँदा पनि कार्यक्रम सुरु हुने सुरसारै भएन।

कतारबाट लाइभ गर्दा प्राविधिक समस्या के हुन सक्लान्? त्यसो भएमा ‘प्लान बी’ के हुने, यत्रो ठूलो फ्रेन्चाइज सोको तयारी गरेकाहरुले गर्नै पर्ने हो। तर अहँ, केही गरेका रहेनछन्। कवि विप्लव प्रतीक कविता राम्रो लेख्छन्, तर उनलाई गीत गाउन लगाए। कसो नाच्न लगाएनन्, बुगी वुगीको तयारी भन्दै।

बोल्दाबोल्दा नसकिएपछि घण्टौँ नेपाल आइडलको प्रशंसामा शब्द खर्चिएपछि एपी वान एचडीको लोगो मुनि लाइभ लेखेरै गीत बजाइयो- यसपालिको दशैँतिहार गाउँमै मान्ने हो। काम गरिरहेका, टीका लगाइरहेकाहरुको फास्ट कट फुटेज अनि माथितिर लाइभ। तर पनि चलेकै छ। बरु फेसबुकतिर कतारमा भएकाहरुले लाइभ गर्न थाले, यता एचडीवाला टिभीले लाइभ गर्नै सकेन। अहँ गर्नै सकेन। राति ११ बजेसम्म यो लेख्दासम्म पनि गर्न सकेकै थिएन।

सोनी च्यानलका साहु कहिल्यै सोनी च्यानलमा देखिएका छैनन् होला। तर रामेश्वर थापा नेपाल आइडलको सो अगाडि गत दुई साता टिभीमा देखिए- देशवासीका नाममा सम्बोधनको पारामा सम्बोधन गरे। अनि कतारमा जान लागेका नेपाल आइडलका टोलीलाई आफ्नै पत्रिकाको अफिसमा फूलमाला लगाएर विदाइ गरेको समाचार पनि उनकै मिडियामा समेत देखियो।

यी सब गरेपछि तयारी पनि सोही स्तरको हुनुपर्ने हो। तर दुई घण्टाभन्दा ढिला भइसके पनि कार्यक्रम गर्न नसक्दा अरुलाई हैन स्वयं एपीवान टेलिभिजनलाई नै घाटा भयो। कार्यक्रमका सबै दर्शक मध्यरातसम्म उठ्न सक्ने हुँदैनन्। बालबालिका पनि यो हेर्न चाहन्छन्। उनीहरु सुत्न बाध्य भए।

किन यस्तो ढिलाइ भएको हो? प्राविधिक भन्ने शब्द बाहेक अरु केही पनि भन्नुपर्थ्यो, त्यो भन्न एपी वानले चाहेन।

सामाजिक सञ्जालमा यस्तो यस्तो पनि देखियो-

***
Whiskey नि सकियो beer नि सकियो!
सित्तन नि सकियो अब हड्डी चुस्दै के हेर्नु हो नेपाल आइडल साइडल !
***
झ्याप मा एउटा साथी ले सोध्दै थियो
त्यो सेतै फुलेको बूढो लाई देखाउदै
“कति छिटो सेतै फुलि सकेछ बुद्ध लामा त” रे :v

नेपाल आईडल कुर्दाकुर्दै आफ्नै कार्यक्रम छुट्लाजस्तो भयो । त्यसैले हामीचाही लाग्यौं -अर्विङ मलतिर । अहिलेलाई हेर्दै गर्नोस् , बिप्लवदाईलाई???

— Manoj Gajurel (@gajureal) September 22, 2017

दुई समाचार प्रस्तोता र एक निर्दोष कविमाथि आज नगरेको अपराधको सजाय भएछ।

— जिन्दगी शुक्रबार (@Roopess) September 22, 2017

39 thoughts on “नेपाल आइडल लाइभ हेर्न बसेकाहरु दुर्गा भवानीको एनिमेटेड नाच पो हेर्न बाध्य”

  1. Pradip Lamichhane says:
    September 23, 2017 at 7:04 am

    AP1 झुर च्यानल हो भन्ने पुस्टि भयो

    Reply
  2. Grg Bnta says:
    September 23, 2017 at 6:42 am

    एस्तो वाईयात लागेको नि हाई हाई गर्दागर्दै कतिखेर निदाएछ थाहा नै पाएन

    Reply
  3. पीताम्बर ढकाल says:
    September 23, 2017 at 4:37 am

    नयाँ जोगिले खरानी धेरै घस्छ रे,, यहाँनेर एपिवान त्यो पनि एचडी ले गर्नु गर्यो बलराम लाइभ देखाएर, कविलाइ गित गवाएर, सन्सारलाइ मुर्गा बनाएर।

    Reply
  4. devendra says:
    September 23, 2017 at 7:42 am

    नेपाली उखान “भुक्ने कुकुर ले टोक्दैन” AP1 HeaDache TV show ले खत्तम पार्यो यार, Live show पर्खेको त कपाल लाई सेतो पालिस गरेको मोडेल को talk show पो …..

    Reply
  5. Shrestha Imojani says:
    September 22, 2017 at 11:53 pm

    what a joke…

    Reply
  6. Bikash Jung says:
    September 22, 2017 at 11:14 pm

    Ap1 rip

    Reply
  7. Prem Pun says:
    September 22, 2017 at 6:57 pm

    पहिलो नेपाल आइडलको फिनाले नै मुलुक बाहिर गरेर रेकर्ड राखेको एपि1 ले नेपाल आइडल2 पक्कै मार्स ग्रहमा राख्ने आशा गरेको छु।

    Reply
  8. ईश्वरी पुन says:
    September 22, 2017 at 6:48 pm

    qatar ma suru bhai sakyo tra nepal ma kina live nadeko hola ???

    Reply
  9. Krishna Kc says:
    September 22, 2017 at 6:39 pm

    धेरै स्वाङ गर्दा भ्वाङ पर्यो।
    नेपालमानै फाइनल नगरेर बिदेशमा गर्न पर्ने ।

    Reply
  10. SuBe Stha says:
    September 22, 2017 at 6:35 pm

    nepali samaye yestai ho …. bela ma kaile kei hune vako vaye quatar ma gramd final hune thiyena….

    Reply
  11. Dhruba Shrestha says:
    September 22, 2017 at 6:34 pm

    RIP
    AP1

    Reply
  12. Naresh Sudani says:
    September 22, 2017 at 6:14 pm

    समयले नेटो काटिसक्यो अब gud night

    Reply
  13. स्यानु पाईजा says:
    September 22, 2017 at 6:06 pm

    नेपाल आईडल भए पो नेपालमा लाईभ आउछ । कतार आईडल कतार मै आउने भयो नि भिडले गलत भनेका छैनन।

    Reply
  14. Upendra Bir Bajracharya says:
    September 22, 2017 at 6:05 pm

    First idol recap ma matra dekhaune hola

    Reply
  15. Shankar Rawat says:
    September 22, 2017 at 6:02 pm

    bakbas yar yasto pani hudo rahexa majak nepal vayar hola ni je garda pani hunxa

    Reply
  16. बिन्दास भाई says:
    September 22, 2017 at 5:59 pm

    YAHA VITA KEHI KURA HIDING HUDAIXA XA VANNE LAGXA

    Reply
  17. Arzoon Puri says:
    September 22, 2017 at 5:55 pm

    अस्ति मुद्दा हाल्ने वोकिल लाई भेट्नु पर्यो अब।

    Reply
  18. Gurung Dambar says:
    September 22, 2017 at 5:54 pm

    Yo Ap1 ko galti hoina Nepal idol qater lane team rip

    Reply
  19. King says:
    September 22, 2017 at 11:31 pm

    Sathi ho यो chai namachine ping को १०० होइन १०००० झट्का भनेको येही हो !चोक्टा खान गको Budi ko कथा हो यो! खुब खाइस ap1 tv !

    Reply
  20. Ram Rana says:
    September 22, 2017 at 5:46 pm

    Ap1चनल ले कतारमा नेपाल अाईडल पैसा बटुलाई मात्र गर्याे

    Reply
  21. F T Sherpa Goparma says:
    September 22, 2017 at 5:45 pm

    yo channel lai barkastaa garnu parxa..

    Reply
  22. Sushil Carkey XeTree says:
    September 22, 2017 at 5:45 pm

    Laau khatam…ap1 hd channal n nepal idol ko finale ko halat.kathai bara..

    Reply
  23. Khum Nath Baral says:
    September 22, 2017 at 5:41 pm

    अती नसुहाउने कुरो भो यो त ,हात्ती छिर्यो पुच्छर अड्क्यो जस्तो झुर Ap 1 अब फर्केर पनी हेरिदैन यो च्यानल ॥

    Reply
  24. Pradip Raj says:
    September 22, 2017 at 5:39 pm

    Idol finally Qatar ma lanunai thulo galti. Na sound ramro cha na stage!!!!!!!!

    Reply
  25. रोदन के. शी. says:
    September 22, 2017 at 5:35 pm

    Live xina shot hudai xa

    Reply
  26. Dhan Raj Balami says:
    September 22, 2017 at 5:34 pm

    हदै भयो नि यो त

    Reply
  27. Yogesh Subedi says:
    September 22, 2017 at 5:33 pm

    Ap1 le dashain ko geet matrai ho kya ho hau bajaaune chai aaja…

    Reply
    1. Rima Malla says:
      September 22, 2017 at 5:35 pm

      Varatpurko chunabko mudda jhai sarna ber xaina

      Reply
    2. Yogesh Subedi says:
      September 22, 2017 at 5:35 pm

      Haha ber xaina hai

      Reply
  28. Rahul Khati says:
    September 22, 2017 at 5:32 pm

    Ur right lack of techinal knw.

    Reply
  29. Lama Tenzin Sherpa says:
    September 22, 2017 at 5:29 pm

    Kati dekhako kukur haru ko thopra chai

    Reply
  30. Shabda Binod Chaudhary says:
    September 22, 2017 at 5:29 pm

    नेपाल कम्युनिस्ट पार्टी का member हरु पनि AP1 हेर्दैछ्न र ??

    Reply
  31. Mmp Gurung Minu says:
    September 22, 2017 at 5:26 pm

    aa meri bashhsai k ho bihana huna lageu ta

    Reply
  32. Gajendra Bahadur KC says:
    September 22, 2017 at 5:23 pm

    अब म सुत्न गएे ! खत्तम छ management .

    Reply
  33. Khagendra Siktel says:
    September 22, 2017 at 5:23 pm

    यी सबै हामीलाई भेड़ा बनाउन पल्केका हुन्, समयको मत्लबैछैन? लाजपनि छैन, अब फेरि अदालतगै क्षतिपूर्ति माग्न पर्यो।

    Reply
  34. नरेश क्षेत्री असफल says:
    September 22, 2017 at 5:17 pm

    Sala dimag khrab

    Reply
  35. Magar Ratna says:
    September 22, 2017 at 5:17 pm

    This is why we are not ready yet for this kind reality show!

    Reply
  36. नरेश क्षेत्री असफल says:
    September 22, 2017 at 5:16 pm

    Last garyo katta handeu vo

    Reply
  37. Yubaraj Pathak says:
    September 22, 2017 at 5:14 pm

    Nepal ho yo, kehi pani time ma hunna

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme