Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज घोषणा हुँदैछ नेपाल आइडल : बुद्ध, निशान र प्रताप कसको सम्भावना बलियो?

Posted on September 22, 2017September 22, 2017 by Salokya


गएको वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको पहिलो फ्रेन्चाइज शो नेपाल आइडलको यात्रा आज कतारको सनायामा हुने ग्रान्ड फिनालेसँगै अन्त्य हुँदैछ। फाइनलमा पुगेका तीनै जना बुद्ध, निशान र प्रताप खाली हात फर्कने छैनन्, पुरस्कार पाउने छन्। तर दर्शकका भोटका आधारमा एक जनामात्र नेपाल आइडल घोषणा हुनेछ। यसका लागि एक हप्ताअघिदेखि नै भोटिङ खुला भइसकेको छ र आज नेपाली समय अनुसार साँझ ५ बजेसम्म भोटको समय तोकिएको छ। कसको सम्भावना बलियो छ त?

कार्यक्रमको अहिलेसम्मको भोटिङ प्याटर्न हेर्दा प्रताप सबैभन्दा बढी चार पटक डेन्जर जोनमा परेका थिए। निशान दुई पटक र र बुद्ध लामा एक पटक।

अदालतमा मुद्दा परेका कारण सार्वजनिक भएको मत संख्या अनुसार प्रताप दासले नेपालभित्रबाट सबैभन्दा बढी भोट पाएका थिए। उनलाई विदेशबाट भोट भने कम आएको थियो। विदेशबाट सबभन्दा बढी भोट भने बुद्ध लामाले पाएका थिए। विदेश र स्वदेश दुवैमा कम भोट पाउने भने निशान थिए। हेर्नुस् यो पुरानो ब्लग।

यस पटक एक हप्तासँग भोटिङ खुलाइएको र अन्तर्राष्ट्रिय भोटिङमा पनि एक आइडी बराबर ५० भोट गर्न पाइने (पहिले १० मात्र) भएकोले भोट संख्या बढ्नु स्वभाविक हो। एकै जनाले धेरै आइडी बनाउने र प्रोक्सी राखेर नेपालबाटै अनलाइन भोटिङ गर्नेहरुको संख्या पनि बढेकोले यसै भन्न सकिने स्थिति छैन।

यदि पुरानै प्याटर्न कायम भयो भने बुद्धले सबैभन्दा बढी भोट पाउने देखिन्छ। यो सम्भावना देखेका कारण अरुका फ्यानहरु धेरै सक्रिय हुँदा अरुको भोट बढ्ने सम्भावना पनि हुन सक्छ। उदाहरणका लागि प्रताप दास जब जब डेन्जर जोनमा पर्थे, अर्को साता उनी सेफ हुन्थे। बुद्धलाई देश र विदेशबाट राम्रो साथ भएकोले उनको भोट संख्यामा पक्कै प्रभाव पर्नेछ। निशानका पनि फ्यानहरु प्रशस्त छन्। उनीहरु सक्रिय भए भने उनको संख्या पनि बढ्न सक्छ। पछिल्लो भोटिङमा नेपालभित्रबाट सबैभन्दा बढी भोट ल्याएका कारण प्रतापलाई पनि कम आँक्न मिल्दैन। जो आइडल भए पनि विवाद भने हुने नै छ।

फ्रेन्चाइज शो भएको कारण भोट गणना राम्रोसँग हुन्छ भन्नेहरुले एक पटक दक्षिण अफ्रिकाको आइडलको इतिहास हेर्दा पनि हुन्छ।

दक्षिण अफ्रिकामा आइडलको सिजन ‘भी’ फिनाले केपटाउनकी साशा ली डेभिड्स र जेसोन हार्टम्यानबीच भएको थियो। साशालाई विजेता घोषणा गरेपछि हार्टम्यानमा ३ हजार फ्यानले होहल्ला मच्चाए। त्यहाँको पत्रिका द टाइम्सले अनुसन्धान गर्‍यो र विजेता घोषणा भएको चार दिनपछि ८ मे २००९ मा पहिलो पेजमा यो स्क्यान्डल छापियो।

त्यो समाचार छापिएकै दिन स्थानीय आयोजक एमनेट (यहाँको एपीवान जस्तै) ले सार्वजनिक विज्ञप्ति निकाल्दै खासमा विजेता जेसन हर्टम्यान भएको घोषणा गर्‍यो। खासमा अलेक्ज्यान्डर फोर्बर्सले भोट गणना गर्दा दुई लाख भोट गन्न बिर्सेका रहेछन् जुन भोट हर्टम्यानको पक्षमा आएको थियो।

अब के गर्ने?

त्यसपछि मूल लाइसेन्स होल्डर फ्रिम्यान्टल मिडिया र एमनेटले दुवैलाई विजेता घोषणा गरिदियो। पुरस्कार दुवैले बाँडे। विश्वमा एउटै आइडल शोका दुई विजेताको कीर्तिमान उनीहरुले राखे।

यहाँ पनि विवाद कम भएको छैन। अदालतमा मुद्दा पनि पर्‍यो नो इलिमिनेसन घोषणा हुँदा। तर पछि मुद्दा खारेज भयो। भलै मुद्दा नियोजित नौटंकी हुनसक्ने गाइँगुँइ पनि नसुनिएको हैन।

पछिल्लो पटक नेपाल आइडल नामको शो २०७० सालमै आयोजना भइसकेको र विक्रम राई पहिलो नेपाल आइडल घोषणा भइसकेको भन्ने विवाद भयो। हिजोको कार्यक्रममा एउटा मोटरसाइकल पुरस्कार दिएर एपिवान टिभीले यसलाई पनि सल्टायो। विक्रम राई र एपिवान बीच यस्तो सहमति पनि भएको थियो-

यस्तो थियो त्यतिबेलाको नेपाल आइडल

https://www.youtube.com/watch?v=1Ca1CmFq8-w

49 thoughts on “आज घोषणा हुँदैछ नेपाल आइडल : बुद्ध, निशान र प्रताप कसको सम्भावना बलियो?”

  1. जूठे दाई says:
    September 22, 2017 at 6:36 pm

    नेपाल आईडल होईन मनी मेक आईडीया भयों !
    हो मैले जे देखे तै भनेको !!!!

    Reply
  2. govin says:
    September 22, 2017 at 9:40 pm

    के हो कमेन्ट हेर्दा त पुरै जातिबाद मौलएछ हो नेपालमा !!!!! मैले त अहिले सम्म हेरेको छैन तर कमेन्ट हेर्दा अचम्म भएँ !!!!

    Reply
  3. sunil says:
    September 22, 2017 at 9:32 pm

    माथिका कमेन्ट हरु पढ्दा त बुध्दले जितेनन भने नेपाल बन्द नै गर्लान जस्तो पो छ त हो 🙂 के को राजनीति, जसले राम्रो गायो उसैले जित्नुपर्छ !

    Reply
  4. Pawan Lamichhane says:
    September 22, 2017 at 3:24 pm

    हे प्रभु बुद्धले जितोस , नत्र यहा भाड भैलो हुन्छ, आयोजक ले जानी जानी हरायको भन्ने हल्ला हुन्छ, कति आत्महत्या गर्लान कतिले फोन र TV फुटालान, त्यै भर बुद्धले नै जित्नु पर्छ

    Reply
  5. Kishor says:
    September 22, 2017 at 8:49 pm

    Comments are from jatiya line, thats unfortunate. Perhaps time to ponder over public reaponsibility on country current situation. If you do not reward talents you are sending a message that talent and hard work does not mean much! In terms of talents, just listen to people who are in the industry how they rank the three: Nisan and Pratap top, and Buddha no where near to them. But i am sure Buddha will win, because from the comments it seems like Nepal idol is not about talent, its about which candidate is from which jati, sad!

    Reply
  6. Roj Lama says:
    September 22, 2017 at 3:00 pm

    Budaha hunu parxa

    Reply
  7. Bikaash Shrestha says:
    September 22, 2017 at 7:56 pm

    कमेन्ट हरु हेर्दा ,
    पौडेल , देवकोटा , निरौला , मिश्र, छेत्री, कार्की , केसी , सापकोटा = निशान भट्टराई
    गुरुङ, तामांग, लामा = बुद्ध लामा

    Reply
  8. कोक्मा ठुले तुमबाम्फे says:
    September 22, 2017 at 2:09 pm

    बुद्धाले जितोसपनी किना भने यहाँ भरे जजहरुलाइ षड्यन्त्र गरेउ तिमारुले भन्नेहरुको कमिछैना मैले अंकलन गरिसकेको छु आइडल बुद्ध लाम अहिले भएनी उसको पछिको संगितिक भबिस्या भने तेति राम्रो हुदैना किनाकी उस्मा त्यो क्वालिटी भनेपट्क्कै देखिना प्रताप अनि निशन भट्टराई भबिस्याको अनि सधैको आइडल हुनेछन यो आइडल हारेपनी किना भने उनिहरुमा भरपुर क्वालिटी छ मेरो अडकलमा कसैलाई ठेस लागेमा माफ गर्नुहोला योनाइ सत्यापनी हो

    Reply
  9. Bikaash Shrestha says:
    September 22, 2017 at 7:43 pm

    यो नेपाल आइडल हो कि बिशेष जातिको आइडल , आफ्नो जात अनुसार को सप्पोर्ट गरेको देखियो , कमेन्ट हरु मा हेर्दा | बुद्ध आइडल बने क्षेत्री, बाहुन हरु बाट अनि निशान बने मंगोल हरु बाट बहिस्कार नहोला भन्न सकिन्न | यस्तो आइडल नबनेकै राम्रो |

    Reply
  10. Alikhit says:
    September 22, 2017 at 6:13 pm

    दुवै लाइ बिजेता घोसणा गरिदिए र पुरस्कार दुबैले बाँडे रे ? कार काटे ?

    Reply
  11. Jay Tamang says:
    September 22, 2017 at 12:09 pm

    Buddha

    Reply
  12. Sangita Sapkota says:
    September 22, 2017 at 11:45 am

    Nishan ko

    Reply
  13. Shyam Anuj Pokharel says:
    September 22, 2017 at 11:09 am

    Jasle jitepani Nishanle chai nepali music industry tatauchha

    Reply
  14. Limbu Trilok Pratap Nalbo says:
    September 22, 2017 at 10:54 am

    Buddha lama

    Reply
  15. Keshab Bashyal says:
    September 22, 2017 at 10:31 am

    Best of luck nishan

    Reply
  16. Nepali Cheli says:
    September 22, 2017 at 9:21 am

    Best of luck Buddha

    Reply
  17. Nepali Cheli says:
    September 22, 2017 at 9:20 am

    Ayojag ko Ke var arko hapta bhannani sakinxa

    Reply
  18. Kumari Kulung says:
    September 22, 2017 at 8:37 am

    Best of luck Buddha lama

    Reply
  19. Nepal Tul says:
    September 22, 2017 at 8:18 am

    Buddha lama nepal idol

    Reply
  20. シェルパ Adシェルパ says:
    September 22, 2017 at 8:17 am

    Buddha lama

    Reply
  21. Kumari Tamang says:
    September 22, 2017 at 8:03 am

    Buddha

    Reply
  22. बसन्त के सी says:
    September 22, 2017 at 7:50 am

    Nishan bhattrai

    Reply
  23. Ranu Ingnam Singak says:
    September 22, 2017 at 7:37 am

    Nishan

    Reply
  24. Ingnam Yogen says:
    September 22, 2017 at 7:35 am

    Budha Lama hunecha Nepal Idol

    Reply
  25. Surendra Man Tamang says:
    September 22, 2017 at 7:17 am

    तिनैजना नेपाल आइडल भैसक्यो अब बाकी भनेको 1st 2st 3st छुट्टाउने मात्र हो ,अब भरेबेलुका गएर हेर्नुपर्ला कुनचाहिँ डाम्नो पहिलो हुदोरहेछ ?

    Reply
  26. Durga Gurung says:
    September 22, 2017 at 6:54 am

    Budha lama all the best

    Reply
  27. Nabin Gurung says:
    September 22, 2017 at 6:53 am

    Sabai jana idol bhaisake ka chan good luck aaja ko idol ko tack bhaneko tapai hamile deko vote ( paisa ) le hune ho …esma bibhat nagare huncha .

    Reply
  28. Sabita Tamag says:
    September 22, 2017 at 6:37 am

    100% Buddha lama

    Reply
  29. Aayush Karki says:
    September 22, 2017 at 6:32 am

    Budhale nai jitx vane k x nishanko lagi vote garane manxe navaye jasto

    Reply
  30. Cooper Lee says:
    September 22, 2017 at 6:17 am

    buddha lama

    Reply
  31. Tmg Theng says:
    September 22, 2017 at 6:17 am

    Budha

    Reply
  32. Shiba Pradhan says:
    September 22, 2017 at 6:13 am

    Pratap Das

    Reply
  33. Millan Lama says:
    September 22, 2017 at 6:10 am

    ठोकुवा गरेर भन्छु यदि आयोजकले राजनिती म जस्तो फोहोरी खेल खेलेन्न भने 100 % बुद्ध ब्रो नेपालको पहिलो नेपाल आइडल हुन्छ !!best of luck buddha bro..

    Reply
  34. Riya Chhetri Chhetri says:
    September 22, 2017 at 5:55 am

    BEST OF LUCK NISHAN….

    Reply
  35. Sagar Lama says:
    September 22, 2017 at 5:51 am

    Buddha lama

    Reply
  36. Rabeen Tamang Lo says:
    September 22, 2017 at 5:50 am

    नेपाल आइडलका आयोजकले तलमाथि गरिएन भने नेपाल आइडल बुद्ध लामा बन्छ।

    Reply
  37. Rabeen Tamang Lo says:
    September 22, 2017 at 5:49 am

    best of luck buddha lama

    Reply
  38. Khagendra Dhakal says:
    September 22, 2017 at 5:45 am

    jasle jite pani khusi nai hune honi sabai hanrai vai hun

    Reply
  39. Mohan Grg says:
    September 22, 2017 at 5:42 am

    Buddha bhai all the best

    Reply
  40. Niru Rijal Mishra says:
    September 22, 2017 at 5:41 am

    Nishan

    Reply
  41. Dilmaya Gurung says:
    September 22, 2017 at 5:38 am

    Buddha

    Reply
  42. Rajan Dhungana says:
    September 22, 2017 at 5:30 am

    Vote ko adharma buddha le jitxan tara jite paxi feri harauxan kina buddhako voice playback singer hune quality ko xaina.

    Reply
  43. Yubaraj Niraula says:
    September 22, 2017 at 5:27 am

    Nishan. ….

    Reply
  44. Jiban Devkota says:
    September 22, 2017 at 5:27 am

    Nishan bhattrai

    Reply
    1. Prakash Paudel says:
      September 22, 2017 at 5:29 am

      Bro vote pani halnu paryo hai nishan lai

      Reply
    2. Jiban Devkota says:
      September 22, 2017 at 5:29 am

      Maile ta gare yar

      Reply
    3. Prakash Paudel says:
      September 22, 2017 at 5:30 am

      Jiban Devkota Ma ta 50 ota vote ho daily

      Reply
    4. Jiban Devkota says:
      September 22, 2017 at 5:30 am

      Any how nishan bhattrai le jitnu parcha

      Reply
    5. Prakash Paudel says:
      September 22, 2017 at 5:31 am

      ho ni ta bro Ramro Singer lai support garnai paryo ni

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme