Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्कूलको प्यारेन्टस डेमा राष्ट्रपतिको सवारी भएको पनि देख्न पाइयो

Posted on September 21, 2017 by Salokya


त्यसो त सेरेमोनियल राष्ट्रपति भएको कारण राष्ट्रपतिको खासै केही काम हुँदैन। तर त्यसो भन्दैमा हरेक कार्यक्रममा राष्ट्रपतिलाई डाक्ने, अनि निम्तोलाई स्वीकारेर राष्ट्रपति जाने भन्ने कुरा हुँदैन। यसै पनि राष्ट्रपति कतै जाँदा बाटो रोकेर सवारी चलाउनै पर्छ। बाटोमा हिँड्नेहरु त्यसै पनि हैरान हुन्छन्। सुरक्षाका कारण कार्यक्रम स्थलमा सतर्कता अपनाउनै पर्छ। सुरक्षाकर्मी खटिनै पर्छ। त्यसैले राष्ट्रपति चानचुने र खुद्रे मसिने कार्यक्रममा जाँदैनन्, राष्ट्रिय महत्वका कार्यक्रमहरुमा मात्र जान्छन्…..
….
..
.
भन्ने तपाईँलाई लागेको भए तपाईँ गलत हुनुहुन्छ। आज राष्ट्रपति काठमाडौँको एउटा स्कूलको वार्षिकोत्सव तथा प्यारेन्टस डे कार्यक्रममा सहभागी भएको पनि देख्न पाइयो।

स्कूलको नाम रहेछ गणेश माध्यामिक विद्यालय। ५७ औँ वार्षिकोत्सव भनेपछि बल्ल ५७ वर्ष भएछ खुलेको भन्ने बुझिहालियो।

कार्यक्रमको निम्ता मिडियामा इमेल पठाएर गरिएको थियो-

किन यस्तो सामान्य महत्वको कार्यक्रममा पनि राष्ट्रपतिले निम्तो स्वीकारेकी हुन्, अचम्मै छ। अझ अचम्म त के भने प्यारेन्टस डे भए पनि कार्यक्रममा प्यारेन्टस् भने उपस्थित भएनछन्। कारण? स्कूलका हेडसरका अनुसार सुरक्षाका कारण बोलाउन सकिएन। प्यारेन्टसहरु बोलाएर प्यारेन्टस डे हिजै गरिसकिएको रहेछ। आज भने ठूलाठाला नेताहरु बोलाएर अर्को कार्यक्रम। गजब छैन त?

अझ गजबको कुरा हेर्नुस्- राष्ट्रपति आएपछि रातो कार्पेटले स्वागत गर्नैपर्‍यो, चाहे हिलो नै किन नहोस्।


राष्ट्रपति भने दङ देखिन्छिन् स्टेजमा।

अभिभावक दिवस मनाउने स्कूलले ब्यानरमा भने अभिभावकसमेत शुद्ध लेख्न सकेनछ- अभिभावकको ठाउँमा आभिभावक लेखेको रहेछ-

37 thoughts on “स्कूलको प्यारेन्टस डेमा राष्ट्रपतिको सवारी भएको पनि देख्न पाइयो”

  1. Ram C Neupane says:
    September 22, 2017 at 7:18 am

    पद को दुरुपयोग

    Reply
  2. top bahadur says:
    September 21, 2017 at 11:52 pm

    हेर्दै जाउ केटा केटि हरु नेपाली मा नहुने कहिँ छैन. अब हेर्दै जाउ भोलि पर्सि भएको १४ अञ्चल पचहत्तर जिल्ला को नाम यी भएका चन्दाल हरुले विदेश को नाम राख्ने छन्. जसरि गाडी को नम्बर प्लेट हाल्दा अंग्रेजी मा हालेको थियो तेस्तै हुने छ. यो गाडी को नम्बर पनि अंग्रेजी मा हाल्नु को कारण पनि तेही हो ता कि भारत बाट गाडी आउदा कसैलाई पनि शंका नहोस की गाडी नेपाली हो कि भारतीय / सबै राजनीति हो / भारतीय नम्बर प्लेट को गाडी नेपाल मा दौडाउने एउटा षड्येंत्र मात्र हो/ कोहि पनि सपुत नेता रहेनन् यो कांग्रेस एमाले मधिसे राप्रपा भनौदा पार्टीहरुमा…

    Reply
  3. Saroj Raj Acharya says:
    September 21, 2017 at 5:18 pm

    School is School whether is public or private! Jun level ko official pani jana huncha! There is no samanya/ asamanya kura! Yesari student haruko ko manobal badcha! Mysansar plz see from teha ko student point of view! Kehi ta ramro kura cha ni.

    Reply
  4. सन्तोष तण्डुकार says:
    September 21, 2017 at 9:21 pm

    जय नेपाल ! जय नेता !

    Reply
  5. Pravat says:
    September 21, 2017 at 8:09 pm

    रास्ट्रपति जादा आउदा बाटो मा मान्छे पनि हिड्न दिदैन भन्ने चाही थाहा छैन?

    Reply
  6. Kamana Kamana says:
    September 21, 2017 at 1:55 pm

    hamro nepal ma nahune kahi xeana jaso pani hunxa yeso pani hunxa nahune pani hunxa hune pani hunxa sajilo nepal,

    Reply
  7. Ran Dhojthapa says:
    September 21, 2017 at 1:41 pm

    नातिनीहरु त्यहीँ स्कुलमा पढ्थियो होला नी?

    Reply
  8. Sujan Maharjan says:
    September 21, 2017 at 12:28 pm

    desh ko bejjat bhai sakyo ! lajai mardo bhai sakyo

    Reply
  9. बासु says:
    September 21, 2017 at 6:09 pm

    झ्वाट्ट शिर्षक हेर्दा सरकारी स्कूलको वार्षिकोत्सवमा जानु ठिकै जस्तो लागेको थियो | तर, प्यारेन्ट्स डेमा बिना प्यारेन्ट्स मनाउने चाहिं स्कूल व्यवस्थापनको कुरा बुझ्न सकिएन | यसमा राष्ट्रपतिका सल्लाहकारहरुको ध्यान किन पुग्न सकेन होला कुन्नी |

    Reply
  10. Nitesh says:
    September 21, 2017 at 5:52 pm

    Thukka

    Reply
  11. Rana Mukesh says:
    September 21, 2017 at 11:51 am

    Rastiya geet aaudainnaa renta rastapati lai ta

    Reply
  12. Stha Umesh says:
    September 21, 2017 at 11:01 am

    Thats why we call . “Its NEPAL “

    Reply
  13. रवि कायस्थ says:
    September 21, 2017 at 3:43 pm

    सरकारी सामुदायिक सार्वजनिक विद्यालयमा राष्ट्रपतिको आगमन ठिकै कुरा हो ।
    साहुजी हरुका निजी विद्यालय होइन रहेछ । यति विघ्न चित्त दुखाउनु जरुरी छैन । बरु कृष्णाष्टमीका दिन पाटन कृष्ण मन्दिरबाट सीधै गोठाटारस्थित कृष्ण प्रणामीको मन्दिरमा राष्ट्रपतिको सवारी चलाइएको विषयमा चाहिँ कसैले चासो नराखेको बारे बुझिएन ।

    Reply
  14. Pandap Gurung says:
    September 21, 2017 at 9:52 am

    Yo satyta ho vane ta ati nai vo.

    Reply
  15. Kabir Man says:
    September 21, 2017 at 9:47 am

    Voli toilet opening ceremony ma bolaula re jaane? That’s wrong programmer should be high standered not a local

    Reply
  16. Pralhad Pralhad says:
    September 21, 2017 at 9:37 am

    सस्तो अलोकप्रियता बिद्यालयको कमाई

    Reply
  17. Narayan Pandey says:
    September 21, 2017 at 9:29 am

    यो राष्ट्रपति भन्ने पद नै त्यस्तो होकी? पहिलाकोले पनि त्यही गरे अनि अहिलेको पनि त्यही। जुन जोगि आएपनि कानै चिरेको।

    Reply
  18. Prawesh Bartaula says:
    September 21, 2017 at 9:04 am

    Do not write anything just look feri Interpol Ma khogi ho la ni

    Reply
  19. Manin Maharjan says:
    September 21, 2017 at 8:55 am

    Afno padko mahatwa nai thaha nabhayeka lai pad diyo bhane yesto pani hunchha,gyan buddhi ani dimag hunu paryo ni,,, nepal ho jasle je gare pani hunchha☹️☹️

    Reply
  20. सहिष्णु says:
    September 21, 2017 at 1:40 pm

    जनताको रगत पसिनामा मोज गर्ने = सर्बहारा राष्ट्रपति |
    अलिकति लाज त हुनु पर्ने ? हुनत योग्यताले बनेको राष्ट्रपति भए पो के गर्ने के नगर्नेको ग्यान हुन्छ, कसैले निगाहाले बनाइदिएकाहरुलाई कर्तब्य भनेको के थाहा?

    Reply
  21. BK Manandhar says:
    September 21, 2017 at 7:52 am

    स्कुल एमालेको होला नि त….

    Reply
    1. Madhu Sudan Khadka says:
      September 21, 2017 at 9:20 am

      त्यती मात्र हैन काग्रेस भनाऊदा पनि गत स्थानिय चुनाब देखी अन्तँघात गदैँ एमालेमय बनेको स्थान

      Reply
  22. AD Ishwor says:
    September 21, 2017 at 7:49 am

    Estai ho naya nepal maa

    Reply
  23. Mohan Bhattarai says:
    September 21, 2017 at 7:36 am

    अनि यस्तालाई बाटो खाली गरेर सम्मान गर्नु रे।कति हाँस्नु ??

    Reply
  24. Rajendra Gyawali says:
    September 21, 2017 at 7:26 am

    Too much lowest level. Misuses of post.

    Reply
  25. Diwas Adhikari says:
    September 21, 2017 at 7:14 am

    ए भनेसी स्कुलमा गयो भने रास्ट्रपतिको खुद्रे मसिने कार्यक्रम? रास्ट्रपतिको आफ्नो समय तालिका छ र उहालाई मन लागेको ठाउँमा जान र गएर अन्तरक्रिया गर्न पाउनु पर्छ!
    स्कुल भनेको देशको कर्णधार र सपुतहरु निस्कने ठाउँ हो। आरे भाउरे चोरीपैठारी गरेर बनाएको ताल न तुलको ठाँउमा रिबन काट्न जानू भन्दा मन्दिर बराबरको स्कुलमा जानू बेश छ!

    Reply
    1. शुभ-श्री राज्य लक्ष्मी शाह says:
      September 21, 2017 at 10:59 am

      Sahi ho

      Reply
  26. Kamal Sabina says:
    September 21, 2017 at 7:06 am

    हेरौ कुन कुन स्कुलमा जाने हुन ?

    Reply
  27. Alikhit says:
    September 21, 2017 at 12:40 pm

    पहिले यहि स्कूलमा पढ्या थिन की ?

    Reply
  28. Yogendra Maharaj says:
    September 21, 2017 at 6:45 am

    School ,collage ,hotel ,resort , bridge ,oponing jaha khaana painxa teha nepali mantri neta pugxan aru thulo thau janalai t jana ko lagi aukat hunuparyo ni nepali neta ko.

    Reply
  29. सुशील ढुंगेल says:
    September 21, 2017 at 6:41 am

    नेपालले अब रामवरण यादव जस्तो राम्रो राष्ट्रपति कहिले पनि पाउदैन ।

    Reply
  30. Ramesh Shrestha says:
    September 21, 2017 at 12:26 pm

    Teso nabannau na ho. Naya laptop leko Chu. Utghatan ta Rashtrapati ya Pradhan Mantri bata garauchu bhanera baseko bmchu…??

    Reply
  31. Rabin Malla says:
    September 21, 2017 at 6:38 am

    राष्ट्र प्रमुख जस्तो गरिमामय पदको प्रतिष्ठा घट्ने संभावना प्रबल !!!

    Reply
  32. Robin Jung Gurung says:
    September 21, 2017 at 6:21 am

    सेरेमोनियल भनेको यस्तै कामको लागि रहेछ।

    Reply
  33. राजेन्द्र says:
    September 21, 2017 at 11:46 am

    कल्ले बनायो?

    Reply
  34. Gäñęšh Bravo Kårkï says:
    September 21, 2017 at 5:47 am

    नेपालमा राष्ट्रपतिजस्तो गरिमामय संस्थालाइ सार्है सस्तो र हल्का बनाइयो ।

    Reply
  35. Pandit Rameshwar says:
    September 21, 2017 at 5:18 am

    Lol

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme