संविधान घोषणा भएको पनि आज दुई वर्ष पुगेको छ। दुई वर्षअघि असोज ३ गते नेपालको संविधान संविधान सभाले घोषणा गरी लागू गरेको थियो। यो संविधानमा सभासदहरुले हस्ताक्षर भने असोज १ गते गरेका थिए र प्रमाणिकरण संविधानसभाका अध्यक्षले गरेका थिए। त्यसरी हस्ताक्षर गर्दा नेपाली कागजमा छापिएको पाँच वटा प्रतिमा गरिएको थियो। कहाँ छ त अहिले त्यो ओरिजिनल कपि?
नेपालको संविधानको ओरिजिनल प्रति यी ठाउँमा रहेका छन्-
१) राष्ट्रपति कार्यालय
२) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३) कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय
४) संसद सचिवालय
५) राष्ट्रिय अभिलेखालय