Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भैरवको विशाल मूर्तिको मुखबाट बगेको जाँडको प्रसाद खान महिलाको भीड, हेर्नुस् त विदेशी पनि दङ्ग

Posted on September 9, 2017September 9, 2017 by Salokya


यी विदेशी महिला नेपाली महिलाको भीडमा के गर्दैछिन्? तपाईँले केही अनुमान लगाउनु भयो? उनी काठमाडौँको संस्कृतिमा रमाउँदै छिन्। अहिले काठमाडौँमा आठ दिन धूमधामका साथ मनाइने इन्द्रजात्रा चल्दैछ। आठै दिन हनुमानढोकामा रहेको श्वेत भैरवको विशाल मूर्तिको मुखमा जोडिएको पाइपबाट जाँड बगाइन्छ। यसलाई प्रसादका रुपमा  ग्रहण गर्न दर्शनार्थीहरुको भीड लाग्छ। पहिले भए यस्तो भीड पुरुषको मात्रै लाग्थ्यो। तर विगत केही वर्षदेखि एक दिन महिलाका लागि छुट्याउन थालिएको छ। यसै अनुसार बिहीबार महिलाका लागि आरक्षण गरिएको दिन थियो।

साँझ करिब साढे सात बजे प्रसाद बगाउन थालियो। त्यसलाई खान तलपट्टी मुख बाएर लाइन बस्ने थुप्रै महिला थिए। उनीहरुकै भीडमा मिसिए विदेशीहरु पनि। यो प्रसाद खाएमा निरोगी हुने विश्वास छ।

महिलाका लागि यो दिन सकिए पनि पुरुषका लागि भने अझै आइतबारसम्म प्रसाद बाँडिनेछ। तपाईँ पनि काठमाडौँको यो गजबको संस्कृतिको मजा लिन चाहनु हुन्छ भने आइतबारसम्म जुनै दिन पनि साँझ वसन्तपुर पुग्न सक्नुहुन्छ।

हेर्नुस् भिडियो- (भिडियो नखुले यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ)

हेर्नुस् बिहीबार महिला रमाएका केही फोटोहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme