Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाडामा गाडी, गाडीभित्र नक्कली नोटको गड्डी

Posted on September 3, 2017December 27, 2021 by Salokya

सुरुवाललाई कम्मरमा बाँध्न इजार हुन्छ। सलवारमा भने नाडा हुन्छ। तर काठमाडौँमा नाडा भन्नाले अर्कै बुझिन्छ- नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनलाई छोटकरीमा भनिने शब्द हो नाडा। हरेक वर्ष दशैँअगाडि यो संस्थाले गाडी प्रदर्शनी गर्ने गर्छ जसलाई नाडा अटो शो भनिन्छ। शो आइतबार सकियो। गाडीको मोडलमात्र हैन, गाडीसँगै उभिने मान्छे मोडल हेर्नका लागि पनि यो प्रदर्शनी प्रख्यात छ। गाडी लञ्च हुँदा वा प्रदर्शनीमा महिला मोडल राख्ने नेपालको मात्र हैन बाहिरका देशहरुको पनि चलन हो। यसमा नौलो मान्नुपर्ने केही छैन। अचम्म त एउटा गाडीमा नोटको गड्डी राखेको देख्दा पो लाग्यो।

अलि नजिक गएर हेर्दा पो थाहा भयो, नोट त नक्कली पो रहेछ। हजारका नोटमा डम्मी लेखिएको रहेछ। प्रदर्शनीमा दर्शकको ध्यान तान्न यो फन्दा गरिएको रहेछ।

त्यसो त नाडामा अनेक थरि ध्यान तान्ने काम हुन्छन्। ६ वर्षअघि मोटरसाइकल र मान्छे मोडलसँग फोटो खिच्न ५० रुपैयाँ तिर्नुपर्ने बनाइएको थियो। तैपनि मान्छेको भीड हुन्थ्यो स्टलमा। यस पटक भने त्यसरी पैसा तिरेर फोटो खिच्न पर्दैन थियो, सित्तैमा खिच्न पाइन्थ्यो।

केही अघिको शोमा विदेशी मोडलहरु समेत मगाइएको थियो। तर यस पटक भने सबै नेपाली मोडलमात्रै थिए। हेरौँ केही फोटो

भिडियो हेर्नुस्। तल भिडियो नखुले यहाँ क्लिक गर्नुस्।

6 thoughts on “नाडामा गाडी, गाडीभित्र नक्कली नोटको गड्डी”

  1. Pingback: नेपालमा पनि छापिएको थियो शून्य रुपैयाँको नोट – MySansar
  2. rsn says:
    September 4, 2017 at 2:26 pm

    ट्राफीक जाम हुन्छ भनेर अब नया गाडी नै नल्याउने त ?? गाडी थपिन्छ, जाम बढ्छ, अरु फराकिलो सडकको आवश्यकता महसुस हुन्छ र अनि बिकाश हुन्छ | पोजेटिभ सोचको बिकास गरौ न !!

    Reply
  3. Raaj Dhruba says:
    September 3, 2017 at 8:05 pm

    जाबो भारतमा 5/7 लाख पर्ने गाडिलाइ नेपालमा 30/35 लाख तिर्नुपर्या छ, हो यहिनेर हो सरकारको चरम लूटतन्त्र, संसारमै नभएको चर्को न चर्को सवारीसाधनमा कर नेपाल सरकारले लगाउदै आएको छ, त्यो पनि 240% tax, यसरी गरिब जनताको ढाड नै भाचिने गरि सवारीमा कर किन, प्रस्न यहि हो मेरो, जबसम्म सरकारले सवारीसाधनमा सस्तो कर लागू गर्दैन तबसम्म गरिब जनताले गाडी किनेर चढ्नु आकाशको फल आँखा तरि मर भनेजस्तै हुनेछ, तसर्थ सम्पुर्ण गाडी ब्यावोसायी तथा नेपाली जनतालाइ हृदयदेखिनै यो अनुरोध गर्दछु कि आ आफ्नो ठाउबाट यो लूटतन्त्र खारेज गर्न सरकारलाई चर्को दबाब दिऔं ताकी सबैले गाडी किनेर चढ्न सकुन, जय नेपाल जय नेपाली

    Reply
    1. Sadish Sigdel says:
      September 4, 2017 at 4:29 am

      Indian price ma paune ho vaney ta Nepal ko traffic jam kaile ni khuldaina.

      Reply
    2. Raaj Dhruba says:
      September 4, 2017 at 5:41 am

      तपाईं काठमाडौको ट्राफिक जाम मात्रै हेरेर कुरा नगर्नुस न,

      Reply
  4. Govinda Karki says:
    September 3, 2017 at 5:25 pm

    नाडा को नेपाली अर्थ “नालायक डाका ” हो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme