Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब प्रतिनिधि सभाका लागि यी जिल्लामा यति सिट हुनेछन्

Posted on August 31, 2017 by Salokya


निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनमा कुन जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका लागि कति वटा सिट हुने भन्ने उल्लेख छ। संविधान सभा ६०१ सदस्यको थियो। त्यसमा देशभर २४० वटा निर्वाचन क्षेत्र बनाइएक थिए। अहिले घटाएर १६५ वटा बनाइएको छ। काठमाडौँमा १० सिट कायम छ भने ३५ वटा जिल्ला एक सिटमा सीमित हुन पुगेको छ। नक्सामा हेर्नुस् कुन जिल्लामा कति सिट?

देशको केन्द्रीय संसद अर्थात् प्रतिनिधि सभा भने २७५ सदस्यको हुनेछ। अर्थात् आगामी मंसिरमा हुने निर्वाचनले २७५ जना चुन्नेछ। त्यसमध्ये १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी ११० जना चाहिँ समानुपातिक निर्वाचन प्रणालीबाट।

अब नयाँ संविधान अनुसार प्रधानमन्त्री बन्नका लागि १३८ सिट आवश्यक हुनेछ। १३८ सिट कुनै दलले जित्न नसके दुई वा दुई भन्दा बढी दल मिलेर १३८ भन्दा बढी सांसदको समर्थन लिएर प्रधानमन्त्री र उनको नेतृत्वमा सरकार बनाउन सकिनेछ।

यसबाहेक सात प्रदेशमा सात वटा प्रदेश सभाका लागि पनि निर्वाचन हुनेछ। कुन प्रदेशमा कति सिटको सभा हुनेछ भन्ने पनि प्रतिवेदनमा उल्लेख छ।

2 thoughts on “अब प्रतिनिधि सभाका लागि यी जिल्लामा यति सिट हुनेछन्”

  1. Akash says:
    September 1, 2017 at 7:09 am

    मलाई पनि चित्त बुझेन पहाड मा एक एक रे अनि प्रदेश दुइ का प्रतेक जिल्ला मा चाही चार चार रे केहि गडबड चाही छ है जन संख्या लाई आधार मान्दा पनि मिल्दैन

    Reply
  2. Ang says:
    August 31, 2017 at 4:52 am

    यो कुनै हालतमा pass हुनुहुदैन / यो सिक्किमीकरनको बाटो हो/
    संखुवा सवामा १ मोरंगमा ६ सिट, हुम्लामा १ कैलालीमा ५, सिट सप्तरीमा ४ सोलुखुम्बुमा १/ तराई पहाड र हिमालबाट बराबर प्रतिनिदित्तो हुनु पर्दछ/ Totally wrong framework it must not go through house .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme