Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारको चुनावमा कांग्रेस-माओवादी गठबन्धन विजयी

Posted on August 22, 2017August 22, 2017 by Salokya

नेपालमा पत्रकार भनेको ‘पत्रकार’ मात्रै हुँदैनन्। कांग्रेस पत्रकार, एमाले पत्रकार, माओवादी पत्रकार आदि पार्टी पत्रकार पनि हुन्छन्। नेपाल प्रेस युनियन नामको संस्था कांग्रेसी पत्रकारहरुको हो। पार्टी विधानमै यसलाई शुभेच्छुक संस्था भनिएको छ। एमाले पत्रकारहरुको संस्था प्रेस चौतारी हो। पार्टी विधानमा यसलाई विद्यार्थी, मजदूरहरुको जस्तै जनवर्गीय संगठनको दर्जा दिइएको छ। माओवादी पत्रकारको संस्था चाहिँ पहिले क्रान्तिकारी पत्रकार संघ थियो अहिले पार्टीको नामसँगै परिवर्तन भएर प्रेस सेन्टर भएको छ। यस्तै पत्रकारहरुको छाता संगठनको हिजो नेतृत्वका लागि भएको चुनावको परिणाम आएको छ। चुनावमा राष्ट्रिय राजनीतिमा जस्तै कांग्रेस र माओवादी गठबन्धनले मिलेर लडेका थिए। राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री माओवादीलाई दिएर गठबन्धन बनाए जस्तै यसमा पनि अध्यक्ष माओवादीलाई दिएर भागवण्डा गरिएको थियो। एमाले पनि एक्लै थिएन, नयाँ शक्ति र संघीय समाजवादी र मधेसीसमेत गरी चार संस्थाको गठबन्धन थियो।

यस्तो थियो गठबन्धन- प्रचण्ड प्रधानमन्त्री रहेका बेला प्रेस सल्लाहकार रहेका गोविन्द आचार्य नेतृत्वको प्यानलमा सात संस्था थिए

उता तीर्थ कोइराला नेतृत्वको प्यानलमा चार संस्था थिए

परिणाम : पदाधिकारीहरुमा कांग्रेस-माओवादी गठबन्धन विजयी भयो। सदस्यतर्फ एमालेका केहीले जिते, अधिकांशमा उही गठबन्धन विजयी भयो।

यसअघि दुई कार्यकालको नेतृत्व प्रेस चौतारीले गरेको थियो।

यी हुन् विजयी पदाधिकारी र सदस्यहरु 

अध्यक्ष 
गोविन्द आचार्य ७३२ (विजयी)
तीर्थ कोइराला ६२७

उपाध्यक्ष
विपुल पोख्रेल ७९६ (विजयी)
मात्रिका पौडेल ६०२

समावेशी उपाध्यक्ष
दिलीप थापामगर ८५९ (विजयी)
महेश दास  ५५४

महासचिव
रमेश विष्ट ७५१ (विजयी)
बालकृष्ण बस्नेत ६७१

सचिव 
रामप्रसाद दाहाल ७४३ (विजयी)
रुद्रप्रसाद भट्ट ४३६

समावेशी महिला सचिव
लक्ष्मी पुन ७८७  (विजयी)
सुष्मा पौडेल ६११

समावेश सचिव
उदय जिएम ७५७ (विजयी)
सिद्धराज राई ६१३

मधेशी सचिव
शीतलप्रसाद महतो ७४६ (विजयी)
अतिशकुमार मिश्र ५८३

दलित सचिव 
रेम बहादुर विश्वकर्मा ७६७ (विजयी)
हेम कर्ण विश्वकर्मा ५६२

एशोसिएट सचिव 
प्रकाश थापा ७६० (विजयी)
महेन्द्र भट्टराई ५६७ (विजयी)

कोषाध्यक्ष 
राजेश मिश्र ७७१ (विजयी)
खगेन्द्र पन्त ६२०

लेखा समिति संयोजक
रोशन पुरी ७९४ (विजयी)
रामहरि सिलवाल ५८१

लेखा समिति सदस्यहरु

खुल्ला
भुपेन्द्र आचार्य ८०४ (विजयी)
सरोज कुमार मिश्र (खिलाडी) ५१४

समावेशी सदस्य 
मीरा राजभण्डारी ७२८ (विजयी)
बविता शर्मा ६४६

प्रदेश १ 
उद्धव तिमिल्सिना ८८ (विजयी)
सटेन्द्र जवेगु ८८ (विजयी)

प्रदेश २ 
देव कुमार यादव ५० (विजयी)
शेलेन्द्र झा ४३ (विजयी)

प्रदेश ३
कृष्ण गिरी ६४ (विजयी)
द्धारिका काफ्ले ६५ (विजयी)

प्रदेश ४
नवीनराज कुँइकेल ४७ (विजयी)
रामकृष्ण ज्ञवाली ६३ (विजयी)

प्रदेश ५
पुरुषोत्तम सुवेदी ९८ (विजयी)
बसन्त गिरी ९८ (विजयी)

प्रदेश ६
कलेन्द्र सेजुवाल ४८ (विजयी)
पूर्णप्रसाद चौलागाईँ ५३ (विजयी)

प्रदेश ७
मीन बम ६७ (विजयी)
उत्तरसिंह विष्ट र श्यामदत्त भट्ट ४५/४५ आधा आधा कार्यकाल

उपत्यका
गोविन्द चौलागाईँ १०६ (विजयी)
लेखनाथ न्यौपाने ११४ (विजयी)

प्रतिष्ठान 
यम विरही १४५ (विजयी)
टीकाराम प्रधान १३७ (विजयी)

एशोसिएट सदस्य
पवन आचार्य ४८ (विजयी)
राधेश्याम दाहाल ३७ (विजयी)

महिला सदस्य
जानुका बराल ६२७
सिर्जना बराल ६३६
श्वेता सिन्हा ६१९

खुल्ला केन्द्रीय सदस्य (विजयी)
जन्मदेव जैशी ६५१
टेकराज शाही ५२२
नकुल अर्याल ६२६
लक्ष्मण कार्की ५९९
हरिहरसिंह राठौर ६३४

दलित सदस्य 
गोपाल बराइली ७१२ (विजयी)
मधु शाही ६५५ (विजयी)

जनजाति सदस्य 
टेकराज थामी ७४४ (विजयी)
राजेश चाम्लिङ राई ६७९ (विजयी)

मधेशी सदस्य 
अवधेशकुमार झा ७२२ (विजयी)
सुरेशकुमार यादव ६४८ (विजयी)

अपाङ्गता भएका व्यक्तिबाट सदस्य
माधव चौलागाईँ ७३८  (विजयी)

अल्पसंख्यक सदस्य 
छेटु शेर्पा ६७९ (विजयी)

10 thoughts on “पत्रकारको चुनावमा कांग्रेस-माओवादी गठबन्धन विजयी”

  1. Balkrishna Singh Thakuri says:
    August 23, 2017 at 2:27 am

    यी अलपत्रकारहरूबाट सही समाचारको के अपेक्षा राख्ने।

    Reply
  2. सुरेन्द्र बहादुर राई says:
    August 22, 2017 at 10:24 pm

    Very good news

    Reply
  3. Dong Maya Tamang says:
    August 22, 2017 at 7:20 pm

    नेपाल बिगार्नेमा जति नेताको हात छ । उतिनै पत्रकारको पनि छ ।

    Reply
  4. R.k. Khesang says:
    August 22, 2017 at 3:39 pm

    वाह…रे…वाह स्वतन्त्र पत्रकारिता, देशको चौथो अंग रे अझ…धिकार छ तिमीहरु लाई, मुखमा राम राम बगलीमा छुरा, देश दुलो पार्ने मुसा तिमीहरु लाई किन नभन्ने??? थुईक्क पढेलेखका भनाउँदा मुर्खहरु सामूहिक रुपमा कोशीमा हामफालेर बिर्सजन गर आफु लाई…RIP

    Reply
  5. Nawaraj Sharma says:
    August 22, 2017 at 2:58 pm

    Press swatantrata bhaneko bhagbandaho???

    Reply
  6. पौडेल हेम राज says:
    August 22, 2017 at 9:41 am

    पार्टीका झोले पत्रकारहरुबाट सहि र सत्य तथ्य समाचार को तपाईं हामी कसैले अपेक्षा नगर्दा हुन्छ ।

    Reply
  7. Bhumiraj Rai says:
    August 22, 2017 at 9:00 am

    patrakar ta party ko hunchha ani kaha sahi suchana ani samachar janatale paunu..??? Patrakar kunai party ko hunu hunna..!

    Reply
  8. Babu Nirmal says:
    August 22, 2017 at 8:09 am

    जुन देशमा पत्रकार पत्रकार नभएर राजनीतिक कार्याकर्ताको बिल्ला भिरेका सम्बाददाता हुन्छन् त्याहा निष्पक्ष खबर आउँछ भन्ने कुनै तुक हुँदैन, सबै समाचार मा राजनीतिको गन्ध मिसिएको हुनाले आजकाल हरेक संचार संस्था पिच्छे एउटै समाचार फरक फरक हुन्छन्

    Reply
  9. Saroja Limbu says:
    August 22, 2017 at 7:17 am

    खाेई त तिम्रो प्रे स स्वतन्त्रता काे कुरा, अनि स्वच्छ पत्रकारिताकाे , निस्पक्ष समाचार र वकालतकाे ।
    टिवी मा एउटा झाेला , केमेरा र टेप रिकरडर बाेकेर दाैडेकाे मनुस्यलाइ देखेर उसकाे वाणी ,अाम जनताकाे चासाेकाे िबषय बाेल्याे भन्या त , उहीँ पार्टीको काे नारद मुनि पाे ???? अनि तिमी अाफै बरबराउछाै , स्वतन्त्रत पत्रकारितामा मा राजनिति हावि भाे ????

    Reply
    1. Madan Pahari says:
      August 22, 2017 at 11:30 am

      मिठो उपमा ‘नारदमुनि’

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme