Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल बाहिर छु भनेर अपराधी ढुक्क हुने दिन गए, विदेशमा गरे पनि नेपालमै गरे सरह कानुन लाग्ने ऐन पारित

Posted on August 10, 2017August 10, 2017 by Salokya

म त विदेशमा छु। विदेशमा गरेको अपराधको नेपालमा सजाय हुन्न भनेर ढुक्क हुने दिन गए। आज नेपालको संसद्ले जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐन प्रतिस्थापन गर्ने मुलुकी अपराध संहिता विधेयक २०७४ सर्वसम्मतिले पारित गरेको छ। यो ऐन अब आउँदो वर्ष अर्थात् २०७५ सालको भदौ १ गतेदेखि लागू हुनेछ।

अब विदेशी भूमिमा कुनै नेपालीलाई नेपालीले नै बलात्कार गर्‍यो भने अथवा कुटपिट गरी अङ्गभङ्ग बनायो भने थवा नेपालमा श्रीमान/श्रीमती हुँदाहुँदै विदेशमा अर्को नेपालीसँग विवाह गर्‍यो भने नेपालमै भएसरह कानुनी कारबाहीको ढोका यो ऐनले खोलेको छ।

नेपालीहरु संलग्न रहेको त्यस्ता कसुरमा कुनै मुलुकसँग भएको सन्धी अनुसार त्यस्ता घटनाको सोही देशको अनुसन्धानका अधिकार प्राप्त निकायले अनुसन्धान गर्नेछ।

यदि नेपालको कुनै सन्धि नभएको अवस्थामा भने सरकारले कुटनैतिक रुपमा अनुमति लिएर समेत अनुसन्धानअधिकारी खटाउने छ। यसले नेपालीमाथि विदेश भूमिमा नेपालीले नै गर्ने अपराध ठगी जस्ता विषयलाई सजायको दायरामा ल्याउनेछ।

6 thoughts on “नेपाल बाहिर छु भनेर अपराधी ढुक्क हुने दिन गए, विदेशमा गरे पनि नेपालमै गरे सरह कानुन लाग्ने ऐन पारित”

  1. shrameek says:
    August 13, 2017 at 8:13 pm

    यस्ता ऐन कानून केवल सर्बसाधारका लागि त हो नि / पैसावाला र पहुचवालाको लागि होइन क्यारे / यसको ज्वलन्त उदारण हो – “चुडामणिको ‘मनी’ पावर : ३ अर्ब धरौटी माग्दा सुको नतिरी रिहा, मुद्दा नचल्ने घुमाउरो आदेश” ताजा पोस्टिंग

    कागलाई बेल पाक्यो हर्ष न बिर्ष भनेको यही हो …

    Reply
  2. basu says:
    August 10, 2017 at 1:45 pm

    हाहा नेपालका समौना सकेको छैन विदेश

    Reply
  3. Sarad says:
    August 10, 2017 at 10:10 am

    सर्वोच्चले जन्मकैद दिएको मान्छे देशमै खुल्ला घुमेको छ . विदेश गैर समाएर ल्याउने कुरा कसले पत्याउने?

    Reply
  4. maya says:
    August 10, 2017 at 7:19 am

    उसो भ मानौकि विदेश बसोबासका सिलसिलामा कुनै नेपाली नेपालीलाई नै बलात्कार गरेको अभियोगमा पक्राउमा पर्छ, तेहिदेश्को न्याए अदालतले उसलाई दोषी ठहर गर्छ र १०-१५ बर्ष कैध हाल्छ, १०-१५ वर्ष बलात्कारको अभियोगमा कैद बसिसकेको मान्छे उताको कैदबाट मुक्त भएपछी नेपाल फर्किदा तेस्लाई नेपालको एन कानुन लाग्छ कि लाग्दैन तनी ?

    अर्को कुरा, मानौकि विदेश बसोबासका सिलसिलामा कुनै नेपालीले नेपालीलाई साँचीनै बलात्कार गर्छ र गरेको अभियोगमा पक्राउ पर्छ, तर तेहिदेश्को न्याए अदालतले उसलाई निर्दोष ठहर गर्छ र रिहा गर्छ उताको अड्डा अदालतले निर्दोष साबित गरेको मान्छे कैदबाट मुक्त भएपछी नेपाल फर्किदा तेस्लाई नेपालको एन कानुन लाग्छ कि लाग्दैन तनी ?
    एति कुरो खुलस्त गर्दीमन हजुर .

    Reply
  5. prakash_Edm says:
    August 9, 2017 at 10:28 pm

    यो कानुन को मतलब ठुला नेता हरु लै बचाउने हो| कसरि? संसारमा कहिँ पनि एउतै अपराध लै दुइ पटक सजाय दिन मिल्दैन | कसै ले मानौ टेक्सास मा नेपाली लै अपारद गर्छ र नेपाल गएर समातिन लगाएर दुइ वर्ष कैद भोग्छ | जब कि टेक्सास मै सरेनडर गरे ठुलो सजाए पाउछ | एस बाट प्रचण्ड बाबुराम जस्ता राजनीतिक अपराधी हरु नेपाल मै कम सजाय लिएर बस्ने मौका पाउछ | बिदेशमा अपारद गरे मा बेदेश ले नै सजाय दिन्छ किन नेपाल मा कानुन बानौनु पर्यो?

    Reply
  6. harke says:
    August 9, 2017 at 9:41 pm

    सराहनीय कदम| तर नयाँ ऐनले समाजमा बिकराल हुन थालेका समस्याहरुको सम्बोधन गरेको जस्तो लागेन | जस्तो कि
    १) ज्यान मर्ने उद्योग गरेका अपराधी हरुलाई २० वर्ष कैद कम हुन थालिसक्यो| तेसमाथी अपराधको प्रकृति हेरेर सजाय थप (majoration ) गर्नु पर्छ| कसैले मान्छे मार्यो भने २० बर्ष, अपहरण गरि मार्यो भने सजाय अझै थप गर्ने, अपहरण अनि बलात्कार गरि मार्यो भने अझै सजाय थप्ने| एदी victim नाबालिग छ भने माथि उल्लेखित सजाय मा अझै थप गर्ने | कसैले नाबालिगलाई अपहरण गरेर बलात्कार गरि मार्यो भने तेस्लाई न मरे सम्म जेल मा सडाउनु पर्छ|
    २) ज्यान मार्ने, बलात्कार गर्ने अपराधी हरुलाई आममाफी न दिने |
    ३) आर्थिक अपचलन गर्ने हरुलाई रकम हिनामिना गरेको आधारमा जेल सजाए तोक्ने | उदाहरणको लागि १ करोड भन्दा कम मा कम्तिमा १० बर्ष अनि तेस माथि हरेक १ करोड को १० , १० बर्ष थप्ने|
    ४) पटके (recidivist ) लाइ सजाय थप गर्दै लाने|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme