Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भरतपुरको पाठ : हार्न लागे मतपत्र च्यात्ने, च्यात्नेलाई दोसल्ला ओढाउने, पुनः मतदान गराउने र जित्‍ने

Posted on August 5, 2017August 5, 2017 by Salokya


माथिको फोटो भरतपुरमा मत गन्दै गर्दा च्यात्ने माओवादी प्रतिनिधिहरुको हो। मतपत्र च्यातेर अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि उनीहरुलाई यसरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो। खासमा किन त्यसरी सम्मान गरिएको भन्ने कुरा आज मतपरिणाम सार्वजनिक भएपछि झन् पुष्टि भएको छ। यदि उनीहरुले त्यसरी मत नच्यातेका भए रेणु दाहालको जित आज जसरी भयो, त्यसरी हुन गाह्रै थियो। भरतपुर महानगरपालिकाले लामो समयपछि मेयर त पाएको छ, तर एउटा नजिर पनि स्थापना गरेको छ- कसैलाई जसरी पनि जित्नु नै छ भने रणनीतिक रुपमा हार्न लागेको अवस्थामा मतपत्र च्यात्ने, च्यात्न सफललाई दोसल्ला ओढाउने अनि पुनः मतदान गराउने र जित्ने।

भरतपुरमा जे भयो, त्यो सेटिङ मिलाएर भएको थियो। कानुनको दफा पल्टाई पल्टाई, जानीबुझी, नियतवश नै यस्तो गरेको प्रष्टै भएको छ।

सेटिङ पनि कस्तो हेर्नुस् न- मध्यरातमा सुरक्षाकर्मीहरु सुत्न गएको र निर्वाचन अधिकृत मुत्न गएको बेला पारेर मतपत्र च्यात्ने प्रपञ्च रचियो। निर्वाचन अधिकृत मुत्न गएको कुरा त उनले आफैले भिडियोमा भनेका छन्। यहाँ क्लिक गरी हेर्नुस्। सुरक्षाकर्मी सुत्न गएको चैँ कसले भन्यो भन्नुहोला। नगएको भए बाँदरले झैँ उफ्रेर ९०/९० वटा मतपत्र च्यातुन्जेल बाठाले केरा नहेरे झैँ गर्नुपर्दैनथ्यो? बाँदर कसरी भन्नुहोला? एसपी दीपक थापा आफैले भनेका हुन् (यहाँ हेर्नुस्)। मतपत्र च्यातियो, मतगणना रोकियो। अब के? मतगणना कि पुनः मतदान भनेर देशैभर बहस भयो। कान्तिपुरसहितका पत्रिकाले मतदान हैन मतगणना गर भनेर सम्पादकीय ठोके। तर त्यस्ता सम्पादकीयले केही लछारपाटो लागेन।

कानुनै त्यस्तै बनाएका रहेछन्। कानुनको त्यस्तो छिद्रलाई जानीजानी नियतवश नै उपयोग गरिएको रहेछ। नुन खाएर कानुनको पालना गर्दा दायाँबायाँ गर्न मिल्ने ठाउँ नै रहेनछ। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि यस्तै कानुनको छिद्र कायमै छ। यसलाई पाठका रुपमा लिएर परिवर्तन नगरिए अझै यस्ता घटना भइराख्न सक्छन्।

कसरी सम्भव भयो जित?
जेठ १४ गते। अब अन्तिम दुई वटा वडाको मत गन्न बाँकी थियो। रेणुले मत अन्तर कम गर्दै गएकी थिइन्। वडाहरु कांग्रेसको गढका रुपमा चिनिने नै थिए। वडा नम्बर १९ र २० दुई वडाको मतगणना बाँकी थियो। वडा नम्बर १९ को पहिलो ६ सय मत गन्दा रेणुको अग्रता २० भोटले देखियो। तर समग्रमा देवीको अग्रता ७६४ मतले कायमै थियो। रेणुले अग्रता लिनका लागि देवीले सून्य मत ल्याएर उनले ७६५ मत ल्याउनु पर्थ्यो।

तर स्थिति त्यस्तो देखिएको थिएन। वडा नम्बर १९ को १८०९ भोट गनिसक्दा ७३३ मतले देवीको अग्रता थियो। अर्थात् रेणुले मतअन्तर घटाउँदै त थिइन् तर त्यो पर्याप्त भइरहेको थिएन। १९ वडामा २८६० र २० वडामा ३३०२  गरी जम्मा ६१६२ भोट रहेको थियो। प्राविधिक रुपमा देवी र रेणु मध्ये जसले पनि जित्न सक्ने अवस्था थियो। तर अघिका ट्रेन्डहरु हेर्दा व्यवहारिक रुपमा रेणुले अग्रता लिन सक्ने सम्भावना कमै थियो। जे होस् हारजित थोरै मतअन्तरले हुने भने निश्चित जस्तै नै थियो।  १९ वडाको मतगणना अन्तिम तिर पुग्न लाग्दा मतअन्तर घट्दै गएकोले दुवैतिर तनाव थियो। एक एक भोटको महत्व थियो। यसैमा पाँच वटा जति मतपत्रमा स्वस्तिक चिह्न लतपतिएको देखियो। त्यो गन्ने कि नगन्ने भन्नेमा विवाद भयो। पौने १२ बजे भएको त्यही विवादपछि मतपत्र च्यातियो। जसले मतपत्र च्याते, रणनीतिक हिसाबले च्यातेका थिए। जसको पुष्टि अदालतले एक एक लाख धरौटीमा रिहा गरेपछि च्यात्नेहरुले दोसल्ला ओढेको फोटो फेसबुकमा गर्वका साथ राखेकोबाट हुन्छ।

जब पुनः मतदान भयो, वडा नम्बर १९ को मतगणना शनिबार बिहान सकिँदा देवी ज्ञवालीको अग्रता २२१ ले मात्र रह्यो। यो हिसाबले लगभग ५ सय मतको फाइदा रेणुलाई भएको देखिन्छ।

यद्यपि वडा नम्बर १९ को मतगणना सकिसक्दा पनि देवी ज्ञवालीको अग्रता कायमै थियो। तर पासा पल्टाउने काम गर्‍यो वडा नम्बर २० का ३३ सय मतले।

वडा नम्बर २० को मतगणनामा रेणुले मतअन्तर घटाउँदै लगिन्। आधा मत गनिसक्दा रेणु र देवीको मत बराबरमा आयो। बाँकी आधा मत गन्न थालेपछि भने रेणुको अग्रता रह्यो। यो अग्रता कायमै रहेकोले धेरैले सोचे जस्तो दुई अङ्कको नभई तीन अङ्कको मतअन्तरमा रेणु दाहालको विजय सम्भव भयो। रेणु २०२ मतले विजयी भइन्।

32 thoughts on “भरतपुरको पाठ : हार्न लागे मतपत्र च्यात्ने, च्यात्नेलाई दोसल्ला ओढाउने, पुनः मतदान गराउने र जित्‍ने”

  1. राजन says:
    August 9, 2017 at 3:34 pm

    यो ब्लगमा कमेन्ट गर्ने धेरै बेरोजगार हरु पर्चण्डेको हुण्डी खाएर आएको जस्तो देखियो । माओबादीका टट्टुहरुसंग समय पनि किन नहोस् । खर्च सबै हफ्ता उठाएको पैसाले चलि हाल्छ ।

    Reply
  2. suraj ghising says:
    August 7, 2017 at 10:22 am

    किन बढी कुरा गर्नु पर्यो त्यो काम कुनै नौलो होइन पैले एमाले ले पनि गरेकै हो सिकाउने उनीहरु नै हो किन अरु लै दोस दिनु आफुले गरे ठिक अरुले गरे बेठिक तेस्तो लोकतन्त्र मा चल्दैन घाम पार्टी हरु

    Reply
  3. aam says:
    August 6, 2017 at 8:01 pm

    चुनावि जित्न हार पनि नेताहरूको चाहना anusar हुन्छ कि केहो ? या जनताको मन छिन भरमा परिवर्तन हून्छ लोकतन्त्रमा!

    Reply
  4. Namaste Nepal says:
    August 6, 2017 at 10:20 am

    Kohi kasaile nyaaya payeko anubhuti garekaa xainaan…. veda haroo raixan chitawan 19 wala….

    Reply
  5. Bhandari Raj says:
    August 6, 2017 at 9:47 am

    5mat patra chyatne dekhie 85matpatra chyatni na karbahi ma pare na bahira dekhie umlka mat chyatne pani mathiko ovano panima trkera paila nadekhaune haru ani hare pachi yo jit hoina bastabik dosiko vagi vaeka xan nirbachan sahi natija dekhiekOK xa sabailai chetana vaya

    Reply
  6. प्रविण says:
    August 6, 2017 at 2:04 pm

    All is fair in love and politics.

    Reply
  7. Subodh Shrestha says:
    August 6, 2017 at 7:29 am

    जसले च्यात्छ उसैले जितने परिपाटी बस्यो यो देश द्रोह हो। भरतपुरमा १वार्डको च्यातीदा त्याही मात्र चुनाव भयो तर ५४ मा १वार्डको मात्र होईन पूरै गाउंको भएको थियो फरक़ यो हो। मतपत्र च्यातने परिपाटी बसाउने बामेलाई फाँसीं देउ

    Reply
  8. Tilak says:
    August 6, 2017 at 12:18 pm

    Saathiho ma ta yi neta laai dos dinna…tyatro thulo nirnaya garne ti janata kati murkha k

    Reply
  9. Kamal Dhakal says:
    August 6, 2017 at 6:26 am

    अझै ठुला घटना घटाउने छन् अनि जानकार कथाकार विशेषज्ञ बिश्लेषक कन्पारोमा हत्केला अडेस लाएर धिक्कार्नु पर्ने नआउला त ?

    Reply
  10. Hari Aryal says:
    August 6, 2017 at 6:00 am

    Aba renu ka swkiya sachib ra sallahakar hune holan yi 2 maharathi haru

    Reply
  11. Ramesh Shrestha says:
    August 6, 2017 at 10:19 am

    यो एक खुल्ला झेल हो | हामि अझै जंगली राज मा छौं भन्ने प्रमाण हो | लोकतन्त्र को नाम मा लोकतन्त्र हो हत्या भएको कालो दिन हो यो |
    हुन त यो चुनाबी क्षेत्र कांग्रेस को पकड क्षेत्र हो | एमाले ले गुमाउदा एमाले अल्तालिनु पर्ने थिएँ तर याहा सत्य को गला घोटियेको छ

    Reply
  12. Karki Tika says:
    August 6, 2017 at 4:24 am

    यिन लाई सम्मान माओबादी ले मात्र होइन सम्मानित न्यायलय र भरतपुर १९ का जनताले पनि गरे त्यस कारण राज्य ले उपल्लो मानपद्बी सहित सम्मान गरोस !!:

    Reply
  13. Nagendra Kharel says:
    August 6, 2017 at 4:09 am

    साम!, दाम, दण्ड, भेद सबै अपनाउने हो …..

    Reply
  14. Shubha Shrestha says:
    August 6, 2017 at 3:47 am

    Nepal kai sabai vanda kharab manxe basne thau khojnu paryo vane varatpur 19 ma gaya hunxa ..

    Reply
  15. Ramkrishna Maharjan says:
    August 6, 2017 at 2:29 am

    यो सतिले सरापेको देश !

    Reply
  16. Samir says:
    August 6, 2017 at 5:21 am

    यो सबै एमाले कै मिलेमतो मा भएको हो , माथिक टाउके मिले पछि ,
    मा त भन्छु , भरतपुरलाई माहानगरपालिका नै , प्रचण्ड – पुत्री लाई mayar बनौन को लागि , बनैएयेको हो
    संबिधान सभाको निर्वाचनमा
    सिराहामा एमालेका लिलानाथ श्रेष्ठले जितिसकेको चुनाब धाधली गरेर प्रचण्डलाई जितएयो ,
    एमालेका टाउकेकै मिलोमतोमा , यहाँ पनि येस्तै भयो

    Reply
  17. Lalit Shrestha says:
    August 5, 2017 at 11:08 pm

    aba yo mat patra chiyatne laai gorkha daxin bahu le samman garnu parxa

    Reply
  18. माइनस पुमा says:
    August 5, 2017 at 7:36 pm

    माओबादीले जानेकै सिकेकै र सिकाकै यत्तित होनि। मान्छे मार्नेलाई उन्मुक्ति, मतपत्र च्यात्नेलाई दोसल्ला, तिन्चारोटा स्वास्नी भित्र्याउनेलाई पदक etc. जय हो।

    Reply
  19. Suyog Lama Tamang says:
    August 5, 2017 at 7:34 pm

    भरतपुरमा ९० मतपत्र च्यात्तिएको थियो ५ वटा मतपत्र माओवादी प्रतिनिधि ले च्यातिएछ लौ तिनिहरुले सजय पनि पाए तर बाकी ८५ वटा मतपत्र च्यात्ने लाई खै कारबाही ?

    Reply
    1. Narayan Thapaliya says:
      August 5, 2017 at 9:36 pm

      Khojau na saathi fursad ma…

      Reply
  20. Basanta Thapa Magar says:
    August 5, 2017 at 7:32 pm

    खादा आशुको प्यादा बन्नेछ । यीनलाइ अपराधले सधै पोल्नेछ ।

    Reply
  21. Suraj MaGar says:
    August 5, 2017 at 7:09 pm

    aru lai vaya kati ramma jelma radayar rakhthe aaj inlai dharati ma k ho sachai nepal ko rajnaitik yasarinai chalne ho t

    Reply
  22. Pasa says:
    August 6, 2017 at 12:45 am

    मतपत्र च्यात्नु गलत थियो तर यी सवै टाउके पार्टीहरूले बनाएको संम्विधान र कानूनलाई फेरी धज्जी उडाउने एमालेको व्यवहार पनि कम लाज मर्दो छैन। निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णयलाई दुर्भाग्यपूर्ण निणय भन्नु एमालेकै भाषामा एमालेको यो ठूलो दुर्दशाको शुरूवात हो। यदि भरतपुर १९ का मतदाताले ज्ञावलीलाई मत यस भन्दा अगाडीको निर्वाचनमा दिने तर श्रावण २० गतेको निर्वाचनमा नदिने कारण के???? वडा नं.१९ नेपाली काँग्रेसको पकड एरीया हो। देउपाको चुनावी तालमेलले काँग्रेसका मतदातामा आएको विचलनको फाईदा ज्ञावली जीलाई भएको थियो तर ज्ञावली जी को अभद्र बोलीले काँग्रेसी मतदाताको मनमा चोट पर्न जादा उनको हार निश्चित थियो र भयो । एक जना राजनिती गर्ने व्यक्तीको अधैर्य र उत्ताउलो पनिले हार भएको हो। यसमा स्वयम एमाले पार्टी र ज्ञावली जो जिम्मवार छन। अरूलाई गलत भन्नु भन्दा आफू सच्चीनु जरूरी देख्छु।

    Reply
  23. Hira Shrestha says:
    August 5, 2017 at 6:09 pm

    जंगलिहरुको बांदरेपारा

    Reply
  24. Lumphowa Rajindra says:
    August 5, 2017 at 6:05 pm

    पार्टी नै गतल र झूटा हून,बोल्ने एकातीर गर्ने गोजी भर्ने तीर

    Reply
  25. बुढाथोकी धन. says:
    August 5, 2017 at 5:37 pm

    राष्ट्रसंघको सम्मेलन भइरहेको थियो ।
    विभिन्न देशका राष्ट्राध्यक्षहरुले भाग लिइरहेका थिए।कुनै अक्सफोर्ड युनिभरसिटी बाट त कुनै हबर्डबाट विश्वका नाम चलेका उत्कृष्ट युनिभरसिटीबाट डिग्री प्राप्त राष्ट्राध्यक्षहरु नेपालका प्रतिनिधि सामु आइ नेपाल भनेको कहाँ पर्छ भनी सोधे ।नेपाली प्रतिनिधिले पनि गम्किएर त्यतिपनि थाहा नपाएको भन्दै भारत चीनको बीचमा भनेर सम्झाए , बुद्धको गुणगान गाए, प्राकृतिक सौन्दर्यकाे बयान छाँटे ।तर ती राष्ट्राध्यक्षहरुलाई केहि प्रभाव परेन ।भारतको दार्शनिक बुद्ध भनेको ,भारतको एभरेष्ट जस्तो हिमाल भएको देश भनी प्रति प्रश्न गर्यो ।त्यतिकैमा नेपाल देशमा आइसकेका एक राष्ट्राध्यक्ष आइपुगे उनले नेपालबारे बयान गरे
    १ ,जति सहयोग गरेपनि नपुग्ने देश
    २, जो शासक आए पनि स्वार्थी र भ्रष्टाचारी
    ३, आफै खाउँ आफै लाउँ सोच भएका
    ४, बुद्ध जन्मेको देश भएपनि बुद्धको शिक्षालाई मन नपराउने तर विदेशी सित पैसा माग्न बुद्धलाई देखाउँदै हिड्ने।
    ५, प्राकृतिक सौन्दर्य भएको स्वर्ग जस्तो विविधता युक्त देश तर शासकको मै खाउँ मै लाउँ प्रबृतिले गर्दा भिखारी बनेको देश ।
    ६, देश नदिनाला पहाड पर्वत सबै नेताहरुले आफ्नो पैतृक सम्पत्ति मानी बेची अकुट सम्पत्ति कमाउने देश । लगभग दुई सय बर्ष अगाडि देखि देशका नागरिक बेची शासकको खल्ती भर्ने देश।
    ७, काम गर्नेलाई भन्दा थुतुनो चलाउने सँधै माथि पुग्ने देश ।
    यति कुरा सुन्ना साथ विभिन्न ठुल्ठूला राष्ट्रका राष्ट्राध्यक्षहरु सधैभरि अर्काको आसमा बाच्नेहरुसंग परिचित गर्नु र सम्बन्ध राख्नु भन्दा नराख्नु नै बेस भन्दै फर्किए।

    Reply
  26. Xhande Hope says:
    August 5, 2017 at 5:11 pm

    yo galat najir ra galat practice ko suruwat homero bichar ma dosh neta ko hainadosh hami bheda bakhra jasta matadata ko ho.hamro tallo ster ko soch ko galat faida uthauna sipalu bhako karan le ho yesta practice hune, jaba samma pura janata chetansil hudainan taba samma yesta gatibidhi rokine xhainan.

    Reply
  27. Rajal Manandhar says:
    August 5, 2017 at 5:05 pm

    these are the living legends in nepal

    Reply
  28. Dipak Bhattarai says:
    August 5, 2017 at 4:47 pm

    Renu dahallai jitaune mahan yoddaharu

    Reply
  29. कर्ण पि. एस्. भण्डारी says:
    August 5, 2017 at 4:47 pm

    भरतपुर 19 न. वडा का जनता इतिहासकै गद्दार सावित भयका छन@ पहीले ऐमाले लाई मत+दान गर्ने पछी माके र नेका देशकै भष्ट्र पार्टी हुदापनी उता मतदान गर्ने????
    @पहीले मती बिग्रेको थियो की पछी विग्रियो??

    Reply
  30. Dinesh rai says:
    August 5, 2017 at 10:19 pm

    Satya kahile dagdaina ,jhut kahile tikdaina ..
    Aja dekhi halyo varatpur ko matparinam bata..
    Sarbochle pani lat hanera pathako thiyo aja janatale pani tesai gare

    Reply
  31. Rohini says:
    August 5, 2017 at 10:16 pm

    प्रचण्ड पुत्रीले २०२ मत अन्तरले मात्र जितिन | यसको मतलब पुन मतदान नभएको भए देवी ज्ञवाली ले जित्ने निश्चित रहेछ | प्रचण्ड पुत्री महानगरको नक्कली मेयर हुन् भने सक्कली मेयर चाही देवी ज्ञवाली नै हुन् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme