सडक विस्तार भएको कारणले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र भाइकाजी तिवारीको ठूलो प्रशंसा भयो। कसैले गर्न नसकेको सडक विस्तार बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भयो। त्यो बेलादेखि अहिलेसम्म सडक विस्तारको नशा सरकार र जनता सबैलाई चढेको छ। सडक त विस्तार हुनै पर्छ। यो विकासको कुरा हो। यसमा अवरोध गर्ने ब्यक्ति विकास बिरोधि हो भन्ने मानसिकता छ। नहोस् पनि कसरी। अहिले राजधानीमा यातायातका साधनको वृद्धि र नीतिले धेरैजसो यातायातका साधनका धनी (ऋण लिएर किनेको हुनाले ऋणी) भएका छन्। धेरैसँग कमसेकम मोटरसाइकल त छ नै। यातायातका साधन बढेको बढ्यै छ, सडक पनि विस्तार भइरहेको छ। तर पनि जाम घटेको छैन। यातायातका धनी सडक विस्तार होस् भन्ने चाहन्छ।
तर एउटा कुराको धेरैले हेक्का राखे जस्तो लागेन। सडकसँगै पैदल यात्रुले आनन्दसँग कतै ठेस नलाग्ने गरी हिंड्न पाउनु पर्ने अधिकार। पैदल यात्रुहरुले सहजै हिंड्न पाए भने यातायातको समस्याको केही हदसम्मको समाधान त हुन्छ नै। यसबारेमा भन्ने कुरा धेरै छन् तर क्रमिक रुपमा छलफल होस् र काठमाडौं उपत्यकाका फुटपाथ प्रत्यक्ष रुपमा हेर्न मिल्ने गरी फोटो प्रकाशनको सिलसिला अगाडि सारिएको छ। लाग्छ, यो पाठकहरुका लागि रुचिकर र सरोकार कै विषय हुनेछ।
यी फोटोहरु त्रिपुरेश्वरका हुन्। जुन ८ , २०१७ का दिन यो पंक्तिकार पानी परेको बेला टेकुदेखि त्रिपुरेस्वर जाँदा टेक्ने ठाउँ थिएन। सडकको चौड़ाइ बढाउन फुटपाथको चौड़ाइ घटाइएको छ। दुईजना मानिस हिंड्न र छाता ओढेर जानसम्म मिल्दैन। उसो त हिंड्न मिल्ने गरी बनाइएको पनि छैन। सडक बनाउनेहरुले जहिले पनि स्थानीयको विरोधको निहुँ बनाए पनि विरोध नभएको ठाउँमा पनि बनेको छैन। त्यसमाथि ब्यापारीले सामान राखेर फुटपाथ बन्द गरिदिएका छन्।
भएको फुटपाथहरु कहिले विभिन्न बहानामा पटक पटक भत्काउनु पर्दछ । फुटपाथहरुमा अझ धेरै पसलहरु हुनु पर्दछ ताकि सर्व साधारणहरुले खरिद गर्न सहज होस र ब्यापारीहरुले पनि बिना दर्ता कर नतिरीकन ब्यापार गर्न पाउन । सटरमै पसल गर्नेहरुले पनि आधा फुटपाथ ढाकेर सामानहरु राख्न पाउनु पर्दछ । सर्व साधारणले निर्माणा सामाग्रीहरु पनि फुटपाथमै थुपार्न पाउनु पर्दछ । सकेसम्म गाडीहरु नभए मोटरसाईकहरु मात्र भएपनि फुटपाथमा उकाल्न पाउनु पर्दछ । यसो भयो भने बिकास हुन्छ ।
काठमाडौँ मा सडकको दुवै साइडमा २ मीटरको ताइल भएको फूटपाठ हुनु पर्छ , अनि पब्लिकक पार्किङ्ग को पनि राम्रो बेबस्था हुनु पर्छ |