Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्तो स्थानीय सरकार प्रमुख चुनिएछ नि, एसएसपीले थर्काउने!

Posted on July 31, 2017July 31, 2017 by Salokya

विद्यासुन्दर शाक्य व्यक्ति हैनन्, उनी निर्वाचित स्थानीय सरकार प्रमुख हुन्। ६४ हजार भोट ल्याएर जित्ने उम्मेदवार मात्र हैनन्, राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाका सबै बासिन्दाका मेयर हुन् उनी। नयाँ संविधानले उनलाई स्थानीय सरकार अर्थात् नगरकार्यपालिकाको प्रमुख मात्र हैन, नगरसभा अर्थात् स्थानीय संसदको प्रमुखको जिम्मेवारीसमेत तोकेको छ। काठमाडौँ महानगरलाई राम्रो र व्यवस्थित बनाउने उनको हो जिम्मेवारी। उनले हो बैठक डाक्नुपर्ने सबै सरोकारवाला निकायसित। तर आज अनौठो देखियो। एक एसएसपीले डाकेको बैठकमा पुगेर उनको थर्काइ खाएछन्। ‘तपाईँले नसक्ने भए म गर्छु’ भनेर एसएसपीले निर्वाचित मेयरलाई वचन लाएछन्।

हजुर, आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले डाकेको बैठकमा मेयर शाक्य गएका थिए। एसएसपी खनाललाई प्रहरी हेडक्वार्टरले डिआइजीका लागि एक नम्बरमा सिफारिश गरिसकेको छ। तर त्यो सिफारिश अनुसार उनले पदबहाली गरिसकेका छैनन्। त्यही भएर अहिलेलाई उनी एसएसपी नै हुन्।

उनैले मेयर विद्यासुन्दर शाक्यलाई बिहान ९ बजे बोलाएका थिए। तर उनी नआएपछि कार्यक्रम स्थलबाटै एसएसपी खनालले पौने १० बजे शाक्यलाई फोन गरेर साइरन बजाएर भए पनि तुरुन्त आउन ‘निर्देशन’ दिएका थिए।

केही समयपछि मेयर आइपुगे। एसएसपी खनालले उनलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि भने। त्यतिमात्र हो र, ‘सडक बत्ती बाल्न तपाईँ सक्नुहुन्न भने मसँग मान्छे छन्, म काम अगाडि बढाउँछु’ सम्म भने।

उल्टो भइरहेको थियो। खासमा मेयर शाक्यले आफ्नो कार्यकक्षमा डाक्नुपर्ने थियो ट्राफिक प्रहरीलाई। अनि भन्नुपर्ने थियो- के ताल हो यो? सँधै किन ट्राफिक जाम? काठमाडौँ कुन कुन चोकमा किन जाम हुन्छ? के कारणले जाम हुन्छ? तुरुन्त कार्ययोजना बनाउनुस् जाम हटाउने। मैले जामरहित सहरको नारा दिएको छु चुनावी एजेन्डामा। १०० दिनभित्र यो काम गर्नुपर्नेछ। महानगरले के के गर्नुपर्‍यो सहयोग, तपाईँ भन्नुस् हामी तयार छौँ।

तर यहाँ त ट्राफिकका हाकिमले डाकेको बैठकमा मेयर सहभागी भएर स्पष्टिकरण दिइरहेका थिए। अहो नि ! कस्तो स्थानीय सरकार प्रमुख चुनिएछ नि! सँधै बचाउ गर्दै हिँड्नु पर्ने। कहिले मोबाइल किन्ने डिसिजनको बचाउ गर्दै हिँड्नु पर्ने। कहिले ट्राफिकको हाकिम अगाडि महानगरको बचाउ गर्दै हिँड्नु पर्ने।

कसैकसैले महानगरका मेयरको मर्यादाक्रम त प्रहरीको एसपीभन्दा मुनि छ नि भनेर भने। हो त त्यस्तै भनेर हेरेँ। गृह मन्त्रालयले सार्वजनिक गरेको मर्यादाक्रममा त्यस्तो रहेनछ। महानगरका मेयर एआइजीभन्दा मुनि रहेछन् वरियता क्रममा। खासमा त आइजीभन्दा माथि हुनुपर्ने हो महानगरका मेयर त।


22 thoughts on “कस्तो स्थानीय सरकार प्रमुख चुनिएछ नि, एसएसपीले थर्काउने!”

  1. Prakash Sunuwar says:
    August 9, 2017 at 12:32 pm

    बरियता क्रमको अनुशाशन पालना गरेर नै देशको यो स्थिति भयको हो | यहाँ प्रधान मन्त्रि लै थर्काउने कोहि नभयर देश अधोगति तिर लाग्यो !!!

    Reply
  2. प्रविण says:
    August 6, 2017 at 2:18 pm

    जागिरेले स्कुल र क्याम्पस गरी कम्तिमा पनि पन्ध्र बर्ष अध्ययन गरेर पास गरेको हुनु पर्दछ । जुनसुकै सेवा आयोगको भएपनि परीक्षा पढेरै पास गर्नु पर्दछ । कुनै पनि फौजदारी अभियोग नलागेको निश्कलङ्क हुनु पर्दछ । तर राजनितिज्ञ कालो अक्षर भैंसी बराबर भएपनि हुन्छ । जति धेरै जेल बसेको हो त्यति धेरै सम्मान पाउँछन् । समग्रमा कुनै न कुनै रुपमा अपराधी साबित नभई जेल परिंदैन यस्को मतलब राजनितिज्ञ अपराधी हुनु जरुरी नै छ ।

    Reply
  3. Rajendra Man Singh says:
    August 3, 2017 at 11:07 pm

    अब हरेक महिना ताउन-हल मीतिंग गर्नु पर्छ मेएर अनि सम्बन्धित मान्छेहरु संग

    Reply
  4. gopal limbu says:
    August 3, 2017 at 10:00 am

    जनता ले भोट दिने बेलामा पाटी देखि केहि देख्दैन साथी हो कुकुर नै उठाए पनि अनि के दोस उम्मेदवार को जनता नै दोसी हुन् जब सम्म पार्टी भन्दा माथि जनता हुन सक्दैन तब सम्म येस्तै हो यो देस

    Reply
  5. Kamal Devkota Lutus says:
    August 1, 2017 at 5:50 am

    बरियता ठुलो भयेर के गर्नु??बुद्धि ले घास खाये पछि

    Reply
  6. Khum Bhandari says:
    August 1, 2017 at 4:14 am

    Mal Payera Chal Napaune Vanya yehi ho .

    Reply
  7. Kamal Magar Kamal Magar says:
    August 1, 2017 at 4:09 am

    निरबाचीत सरकार कोत बुदिईहुनुपरेनर बोलेको जसतोहुनछ कामगरनुपरेनि हावादारी नेताचुनियपछी केगरछौतहो काठमाणडौत १०१दिनमा बिसवको नमुनाहुनेभयो निहैनत कयामजा!!

    Reply
  8. manilal rai says:
    August 1, 2017 at 7:27 am

    कुरो सुन्दा दु:ख लाग्यो । यसमा मर्यादाक्रम भन्दा पनि उत्तरदायित्वको कुरो हो ।त्यसकारण जुनसुकै तहको भएपनी जागिरेले आफुलाई जुनसुकै तहको भएपनी निर्वाचित प्रतिनिधी भन्दा superior ठान्नु हुँदैन । जन प्रतिनिधिले बिधायिका र कार्यपालिका दुबै अधिकार बोकेको हुन्छ भने जागिरेले केवल कार्यपालिकको जिम्मेवारिमात्र बोकेको हुन्छ ।जागिरेले केवल कितावी आयोग पास गरेको हुन्छ भने जनप्रतिनिधिले जनसागरको जाँच उत्तिर्णगर्नुपर्ने हुन्छ । तर जनप्रतिनिधिले पनि आफ्नो पदको गरिमालाई कायम गर्न सक्ने आचरण निर्वाह गर्न सक्नुपर्छ ।

    Reply
  9. Mangal Shahi says:
    August 1, 2017 at 12:38 am

    बतासे गफ लाउने हरुको औकात यत्ति नै त हो नि ।

    Reply
  10. Rajendra Kshetri says:
    August 1, 2017 at 12:34 am

    Nepal rajdhani nai sarnu uttam hunxa .rajdhani nai tastai thauma xa .

    Reply
  11. Himal Kunwar says:
    July 31, 2017 at 11:21 pm

    Yasto ni hudorahechha

    Reply
  12. Ale says:
    August 1, 2017 at 3:55 am

    राई जी, भन्न सक्छन तर तरिका पुर्याएर. होच्याएर, थर्काएर, गाली गरेर त दादा गिरि गरेर अलि सुहाएन कि?

    Reply
  13. Dilip Babu Shiva says:
    July 31, 2017 at 8:20 pm

    गलत ब्यक्तिको हातमा प्रशासन जानुको परिणाम टाउकोमा हात राखेर हरि हरि भन्नु बाहेक केहि रहने छैन,
    तपाई हामि केवल हेर्दै मात्र जाउ.,

    Reply
  14. अंमीरा बाँस्कोटा रिमाल says:
    July 31, 2017 at 7:34 pm

    म कुटे जस्तो गर्छु त रुए झै गर्नु है भने झै हो

    Reply
  15. मिलन पोखरेल गुल्मेली says:
    July 31, 2017 at 7:03 pm

    यहि ताल ले त होनि 100 दिनमा बिश्वको उत्कृस्ट सहर काठमांडौ बन्ने ।अब धेरै दिन कुर्नु पर्दैन काठमाम्डौ बासिले ।

    Reply
  16. Bishwo Nath Bhandari says:
    July 31, 2017 at 5:07 pm

    राज्यलाई कसरी संचालन गर्ने, जनतालाई कस्तो सुविधा दिने भनेर काम गर्ने जनप्रतिनिधि/सरकारले हो । सरकारी कर्मचारी त केवल भएका श्रोत साधनलाई उच्चतम प्रयोग गरेर जनतालाई सहजीकरण गरिदिने हो । जब देशमा जनप्रतिनिधिले विकासका काममा चासो दिंदैनन र जनताको समस्यालाई बुझ्दैनन तब कर्मचारीहरूले उनिहरूको हुर्मत लिंदा पनि केही फरक पर्दैन ।

    Reply
  17. Sameer Xetryy says:
    July 31, 2017 at 4:49 pm

    Kahi navaeko jatra nepalma nai hunxa hajur

    Reply
  18. Madan Pahari says:
    July 31, 2017 at 4:45 pm

    जस्ले बोलाउदा जो गएनि हुन्छ, मर्यादा क्रम कर्मचारीले बनाएका हुनाले पक्कै पनि नामिलेको हो

    Reply
  19. Anjol Rana says:
    July 31, 2017 at 4:35 pm

    ईस्माट सिटि बनाउने भन्छ तर काठमाडौ मा घाम लायो धुलो पानी पर्यो जता ततै हिलो र पानीले भरिएर खताम कतै नालिमा परिन्छ कि भन्ने डर हैट बिजोक छ ।नेता लाई कुर्चिको माया ।।।।।

    Reply
  20. Suresh Rai says:
    July 31, 2017 at 10:17 pm

    राम्रो काम एस एस पी ले मात्र होइन कार्यालय सहयोगी ले पनि भन्न सक्छ र सबै को कुरा सुन्न सक्ने नै सरकार हो ,

    Reply
  21. Subba Shrestha says:
    July 31, 2017 at 3:53 pm

    यस्तै हो राम्रो लाई होईन हाम्रोलाई भनेर भोट दियसि

    Reply
  22. Surya Narayan Malakar says:
    July 31, 2017 at 3:52 pm

    स्मार्ट फोन प्रकरण पछि मलाई यी मेयर माथि केही आशा छैन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme