Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन देखिएनन् यो साता नेपाल आइडलमा एक जज?

Posted on July 29, 2017July 29, 2017 by Salokya


एपी वानको रियालिटी शो नेपाल आइडलमा यसपटक फेरि एक जना जज गायब भए। यो साताको परफर्मेन्स र एलिमिनेसन दुवै राउन्डमा न्ह्यु बज्राचार्य देखिएनन्। यसअघि पनि न्ह्यु बज्राचार्य अनुपस्थित भएपछि विदेशी कन्सलटिङ डाइरेक्टरले कसरी उनलाई अमेरिकाबाट रातारात बिजनेस क्लासको टिकट दिई फर्काएर कार्यक्रमको सुटिङ गरिएको थियो भन्ने ब्लग तपाईँले माइसंसारमा पढिसक्नुभएको छ। (छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्)

यस पटक भने निर्देशकहरुले चलाखी गरे र निम्त्याए अतिथि जजहरु। आइडल सिरिजमा गेस्ट जजहरु पनि निम्त्याउने गरिन्छ। त्यसैको उपयोग यस पटक गरियो। बिहीबार कोमल ओली र लोचन रिजाल निम्त्याइयो भने शुक्रबार तुलसी घिमिरे। तर कहाँ गए त न्ह्यु बज्राचार्य?

पहिले जस्तै न्ह्यु बज्राचार्य आनी छोइङ डोल्माको कन्सर्टमा व्यस्त भएका हुन्। त्यसो त कन्सर्ट जुलाई १८ र १९ मा ताइवानको राजधानी ताइपेइको सन यात्सेन हलमा पनि थियो। तर ती कन्सर्टमा न्ह्यु उपस्थित भएनन्। आनीलाई बाँसुरीमा रमन महर्जन र गितारमा गोपाल रसाइलीले साथ दिए।

जुलाई २१ को नेपाल आइडलको सुटिङ सकाएर न्ह्यु बज्राचार्य भोलिपल्ट चीनको चेङ्दु पुगे। आनीको अर्को कन्सर्ट तिब्बतको युसुमा जुलाई २७ बिहीबार हुँदै थियो। त्यसैका लागि न्ह्यु तिब्बत पुगेका हुन्। चेङदुबाट सबै सँगै युसु पुगेका थिए।

बिहीबार युसुमा भएको कन्सर्टमा आनीलाई न्ह्युले गितारमा साथ दिए।

नेपाल आइडलका अबका इपिसोडहरु कुनै थिम जस्तै लोकगीत, कसैलाई ट्रिब्युट आदि हुने गर्छ। दर्शकको भोटले कसैलाई आउट गरिने भएकोले जजहरुको पनि कमेन्ट र केही स्क्रिप्टेड नाटकका लागि बाहेक अरु उपयोग हुन्न। वाइल्ड कार्डबाट कसैलाई फिर्ता बोलाउनेमा भने जजहरुको पनि हात हुने गर्छ। आइडल सिरिजमा वाइल्ड कार्डबाट कसैलाई फर्काउने कुरा सम्भव भए पनि नेपाल आइडलमा त्यो उपयोग हुने नहुने स्पष्ट भइसकेको छैन।

3 thoughts on “किन देखिएनन् यो साता नेपाल आइडलमा एक जज?”

  1. प्रविण says:
    August 3, 2017 at 3:32 pm

    कसले कति भोट पायो भनेर देखाउँदा आएको एस एम एस बापतको कर तिर्नु पर्छ नि फेरी त्यही भएर नदेखाएको ।

    Reply
  2. devendra says:
    July 30, 2017 at 9:43 am

    जनता ले भोट गर्छन एक भोटको रु ७ को दरले, अरबौ उठाउछन NTC र Ncell ले अनि Nepal Idol नामक प्रोजेक्ट संग बांडीचुडी, उब्रेको १/२ प्रतिशत पुरस्कार….

    Reply
  3. Ram Rana says:
    July 29, 2017 at 3:29 am

    हुन त जनताकाे भाेट ले अाउट भनेर हल्ला मच्चाउछन तर कस्ले कति भाेट पायाे सार्वजनिक छैन तेसैले जज नै हाे देखावा निहु जनता मात्र हुन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme