Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बदलिए बाबुराम

Posted on July 28, 2017July 28, 2017 by Salokya


एउटा फोटो संविधान सभाको पहिलो निर्वाचनपछि प्रत्यक्षतर्फ बहुमत र समानुपातिकतर्फ अत्यधिक सिट ल्याउँदै सबैभन्दा ठूलो पार्टी बनेको तत्कालीन नेकपा माओवादीको सरकारका अर्थमन्त्रीका रुपमा बाबुराम भट्टराई अमेरिका भ्रमणमा जाँदाको।

अर्को फोटो माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेर दुई चरणको स्थानीय तहमा निराशाजनक नतिजा प्राप्त गरेको दलका संयोजक बाबुराम भट्टराई आज आयोजित पत्रकार सम्मेलनमा। त्यतिबेला ह्रष्टपुष्ट र चिल्ला गाला भएका बाबुराम बदलिएछन्, दुब्लाएछन्।


त्यसो त बाबुराम पहिले पनि यस्तै दुब्लै पातलै थिए।

बीचमा हो उनी चिल्ला गालाका साथ रहरलाग्दा भएको। अहिले यस्ता भएका छन्-

नयाँ शक्ति नयाँ शक्ति भन्दै कराइरहेका रवीन्द्र मिश्र, उज्ज्वल थापाहरुलाई हेरेको हेर्‍यै बनाएर बाबुरामले नयाँ शक्ति नामको पार्टी नै बनाए। अब रवीन्द्र मिश्र र उज्ज्वल थापाहरुले साझा पार्टी र विवेकशील पार्टी एकीकरण गरिसके। बाबुरामले पनि उपेन्द्र यादवको संघीय समाजवादीसँग पार्टी एकीकरण गर्न लागेका थिए। तर बीचमै कुरा भाँडियो। अनि प्रचण्डले एक हौँ भनेर गरेको आह्वानको जवाफ पनि आजको पत्रकार सम्मेलनमा दिए- सम्भव छैन भन्दै।

भनेपछि नाममा नयाँ तर पुरानै अनि नाममा शक्ति तर शक्तिविहीन बन्न पुगेको छ नयाँ शक्ति पार्टी। तर यी एसएलसीका बोर्ड फर्स्ट पूर्व प्रधानमन्त्री थाकेका, गलेका जस्ता देखिए पनि हारेका छैनन्। आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले उनको हैसियत स्पष्ट बनाउनेछ।

एक पटक चुनावको नतिजामा हेरौँ नयाँ शक्तिले काठमाडौँका नगरपालिकाहरुमा वडाअध्यक्ष पदमा ल्याएको मत।
नगरपालिका पद वडा नाम भोट
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 3 राजाराम पुडासैनी 4
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 5 प्रह्‍लाद खत्री 58
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 6 रमेश कुमार कुईकेल 23
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 9 शीव हरी भट्‍टराई 9

किर्तिपुर नगरपालिका वडा अध्यक्ष 1 सरल गोपाल महर्जन 18
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 2 किरण सिंह 55
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 4 विनोद प्रसाद तिम्सिना 5
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 5 जित सिं महर्जन 31
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 6 संगम नेपाल 105
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 7 दिनेश महर्जन 84
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 9 चण्देश्‍वर महर्जन 107
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 10 केश रत्‍न बज्राचार्य 502

गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 1 सपना घिमिरे 9
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 2 रोज कुमार लामा 92
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 6 मान बहादुर लामा 132
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 8 प्रकाश श्रेष्‍ठ 25
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 2 दिपक भूर्तेल 5
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 4 बिष्‍णु बहादुर महर्जन 16
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 6 ललित बलामी 5
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 8 रवि यसमाली 12
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 13 राम बहादुर के.सी 36
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 1 उमेश अधिकारी 7
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 2 बाबुलाल तामाङ्ग 26
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 3 रमेश देवकोटा 4
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 5 शम्भु लामा 138
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 6 मन हरी कार्की 15
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 7 कृष्ण हरी थापा 26
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 9 सजित थापा 36
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 10 खुत राज अधिकारी 81

दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 1 सुरेश श्रेष्‍ठ 13
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 3 विनोद खत्री 10
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 4 भरत बहादुर बस्याल 6
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 5 सहदेव लामा 16
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 8 अर्जुन तामाङ्ग 7
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 9 सन्जु माया तामाङ्ग 64

नागार्जुन नगरपालिका वडा अध्यक्ष 2 सोनाम थापा 158
नागार्जुन नगरपालिका वडा अध्यक्ष 3 राजेन्द्र थापा मगर 367
नागार्जुन नगरपालिका वडा अध्यक्ष 4 सुरज बस्नेत 40
नागार्जुन नगरपालिका वडा अध्यक्ष 5 पुस्कर बसेल 43
नागार्जुन नगरपालिका वडा अध्यक्ष 6 सानुभाई गिरी 33
नागार्जुन नगरपालिका वडा अध्यक्ष 7 मदन गिरी 45
नागार्जुन नगरपालिका वडा अध्यक्ष 9 कल्‍पना वुढाथोकी 14
नागार्जुन नगरपालिका वडा अध्यक्ष 10 पुष्‍प राज गौतम 40

बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 1 कृष्ण कुमारी विष्ट 7
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 2 नहकुल खरेल 13
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 3 शिव राज पौडेल 17
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 10 सत्य नारायण अधिकारी 122
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 12 सुमिता श्रेष्‍ठ 33

5 thoughts on “बदलिए बाबुराम”

  1. prithvi says:
    August 5, 2017 at 8:54 pm

    पर्चण्ड को घ्याम्पे भुँडी सुकेको र मुख यस्तै चाउरी परेको कहिले देख्न पायिएला !

    Reply
  2. प्रविण says:
    August 3, 2017 at 12:37 pm

    पढेका बाबुराम सडेर बिग्रने हुन् कि भन्ने चिन्ता मात्र हो ।

    Reply
  3. Dev says:
    July 31, 2017 at 7:30 pm

    बाबुराम जी को हाल को अवस्था ढिडो पकाए पछि दाबीला अनि कराई मा टासिएको काचो पिठो जस्तै छ, न फेरी use गर्न मिल्छ न खान नै मिल्छ.

    Reply
  4. Shankar says:
    July 29, 2017 at 2:46 pm

    देश लुटेर घिच्न पाउदाको अनुहार र भोकाएको जुका जस्तो अनुहार |

    Reply
  5. VInod Fuyal says:
    July 28, 2017 at 8:31 pm

    Babu ram is toned its cool. I think he is working out in budeskal.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme