Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो हुने रहेछ काठमाडौँ महानगरपालिकाले बनाउन लागेको स्मार्ट र ई ट्वाइलेट

Posted on July 17, 2017July 17, 2017 by Salokya


निर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाको नगरसभामा प्रस्तुत गरेको यो वर्षको नीति तथा कार्यक्रममा काठमाडौँ महानगरका सार्वजनिक स्थानहरुमा ५० वटा स्मार्ट शौचालय र ५० वटा ई ट्वाइलेट बनाउने उल्लेख छ।

धेरै अन्यौलमा छन् यो स्मार्ट शौचालय र ई ट्वाइलेट भनेको आखिर हुन्छ कस्तो? स्मार्ट सहरको गफ सुनिरहेकोलाई स्मार्ट शौचालय सुन्दा अलमल हुनु स्वभाविक हो। ई ट्वाइलेट भनेको चाहिँ इन्टरनेट चलाउन मिल्ने खालको शौचालय होला भनेर अनुमान गर्नेहरु पनि देखियो। खासमा कस्तो हुँदो रहेछ त काठमाडौँ महानगरपालिकाले बनाउन लागेको ट्वाइलेटहरु? हेरौँ भित्र।

स्मार्ट शौचालय : चाक आफै धोइदिने शौचालय


स्मार्ट शौचालयमा बसेर बटन थिचेपछि कमोडबाट पाइप निस्केर पानी छ्याप्छ। भन्नुको मतलब तपाईँको चाक हातले पानी छोएर धोइरहनु पर्दैन, आफै पानी निस्केर धोइदिन्छ। त्यसैगरी भिजेको चाकलाई बटन थिचेपछि सुकाउने काम पनि आफै गरिदिन्छ।

हेर्नुस् स्मार्ट ट्वाइलेटको एउटा नमूना–

ई ट्वाइलेट अर्थात् इलेक्ट्रोनिक ट्वाइलेट

ई ट्वाइलेट धेरैले सोचे जस्तो इन्टरनेट चलाउन मिल्ने ट्वाइलेट हैन। यो इलेक्ट्रोनिक ट्वाइलेट हो। नेपालका लागि नौलो भए पनि भारतको चेन्नईमा यो सञ्चालनमा आएको केही वर्ष भइसकेको छ। ई ट्वाइलेटमा सिक्का घुसाएपछि ढोका खुल्छ। ट्वाइलेट अरु जस्तै नै हुन्छ। तर अटोमेटिक पानी निस्केर सफा हुने हुनाले यो सँधै सफा रहन्छ। ब्याट्री ब्याकअप पनि हुने हुनाले बत्ती गइहालेमा के गर्ने भन्ने चिन्ता पनि लिनु पर्दैन। चेन्नईमा यस्तो शौचालय एउटाको पाँच लाख भारुको लागतमा राखिएको हो। त्यहाँ पहिलो चरणमा १८३ वटा ई ट्वाइलेट राखिएका थिए। ई ट्वाइलेट कहाँ कहाँ छ भन्ने थाहा पाउनका लागि मोबाइल एप पनि हुन्छ।

हेर्नुस् इ ट्वाइलेटबारे भारतीय मिडियाको एउटा रिपोर्ट (नखुले यहाँ क्लिक गर्नुस्)–

भनेपछि हाम्रा मेयरले यस्तो ट्वाइलेट पो बनाइदिने भएका रहेछन्। त्यो पनि १०० वटा। अहिलेको हालत हेर्दा त १०० वटा सामान्य ट्वाइलेटमात्रै बनाइदिए पनि राहतै हुन्थ्यो। हेरौँ मेयरले आफ्नो वाचा र नीति कार्यक्रम कतिको पूरा गर्ने हुन्।

के तपाईँले पनि यस्तै स्मार्ट वा ई ट्वाइलेट प्रयोग गर्नुभएको छ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस्। 

18 thoughts on “यस्तो हुने रहेछ काठमाडौँ महानगरपालिकाले बनाउन लागेको स्मार्ट र ई ट्वाइलेट”

  1. Limbu naYan says:
    July 20, 2017 at 1:34 pm

    mukhmaa paani chhaina. e-toilet? anyway, good luck to all nepalese.

    Reply
  2. ashok says:
    July 19, 2017 at 9:41 pm

    चाक र अनुहार एकैचाेटी धाेइने भाे गाठे ।

    Reply
  3. Pingback: धेरै कुरा ‘स्मार्ट’ हुँदैछन् काठमाडौँमा, हेर्नुस् के-के? « Mysansar
  4. Shankar says:
    July 19, 2017 at 3:16 pm

    येस्पाली तिब्बत बाट रेलमा काठमान्डू छिरेर , राजधानी मा चलेको मेट्रो रेल बाट ओर्लेर एकै छिन बागमती मा चलेको पानीजहाज चढेर
    बर्गर किङ्ग र टिम हर्टोंन छिरेपछि पेट मा असजिलो हुदा इ तोइलेट छिरम्ला |
    मेलम्चीको पानीले चाक् धुनुपर्ला | अनि फास्ट ट्रयाक बाट निजगड मा बनेको अन्तरास्ट्रिय विमानस्थल बाट नेपाल येयर्लाइन्स को एयर बस बाट बिदेसिनु पर्ला |

    Reply
  5. प्रविण says:
    July 18, 2017 at 10:56 am

    ट्‍वाकमा पानी लिएर चुकुल नभएको गन्हाउने शौचालयमा गित गाँउदै (चुकुलको काम) बस्‍ने बानी परेका हामी बिचरालाई कताको ई ट्‍वाइलेट । तर राम्रै हो योजना बनाउनु पर्छ कार्यान्वयनको तहसम्म पुग्दा त्यस्तो खालको सार्वजनिक शौचालय बनि हाल्यो भने पनि अहिलेको अवस्थामा दिशा गरेको रु.५०० र पिसाब गरेको रु‍.२०० त तिर्नै पर्छ होला ।

    Reply
  6. Gobinda Khatiwada says:
    July 18, 2017 at 10:31 am

    आज भन्दा करिब ९ बर्स अगाडि दुबइ मा प्रयोग गरियको थियो राम्रो हुन्छ् तर त्यो सँग्संगै सरसफाइ र मर्मत सम्हार लाई प्रभाबकारी बनाउने हो भने धेरै नै राम्रो हुन्छ ।

    Reply
  7. jitu says:
    July 17, 2017 at 8:18 pm

    खै अमेरिका जस्तो ठाउँमा त् तेती देख्न पाइएको छैन, नेपालमा बन्यो भने राम्रै हो, सामान्य शौचालय र प्रशस्त पनि को बेबस्था गरे बरु राम्रो हुने थियो .

    Reply
  8. Mohan Subba says:
    July 17, 2017 at 4:58 pm

    केपी ओलीको जागित्राले छोयो कि बिध्यासुन्दर ज्युलाई पनि कुन्नि ?

    Reply
  9. सीड भिसियस says:
    July 17, 2017 at 7:28 am

    e-Road banaumna pailaa

    Reply
  10. Ram Limbu says:
    July 17, 2017 at 7:27 am

    ख़ाली गफ दिया छ हूने नहुने । हामिलाई स्मार्ट toilet को ज़रूरी छैन । सामान्य toilet बनाईं देउ, सफ़ा राखी देउ । बस त्यती भए पुग्छ । भित्र पस्दा नाक थूंनु नपरोस ।

    Reply
  11. sheetal says:
    July 17, 2017 at 8:34 am

    it is very common in japan n other developed country. But i think instead of making 100 such toilet its wise to make 500 normal clean toilet.

    Reply
  12. गंगाप्रसाद अधिकारी says:
    July 17, 2017 at 1:52 am

    काम पनि भए त राम्रै हो, तर खै ….

    Reply
  13. Zubin Piya says:
    July 16, 2017 at 10:00 pm

    Dherai ramro

    Reply
  14. रबिन्द्र तिवारी says:
    July 16, 2017 at 8:17 pm

    आखिर ओलि काकाको सालो न​ प​रे ।
    स​न्चाल​न​मा आएका सार्व​ज​निक सौचाल​य​ र​ स​र​कारी अस​प​ताल​को सौचाल​य​मा हाते टुटि ब​टार्दा छ​ल​ल​ल्ल​ पानि ह​र​ब​ख​त आउने ब​नाइदेउ । भेनाका ज​स्ता उड​न्ते स​प​ना न​देखाउ मान्य​व​र…!!​ लोकले लोप्पा ख्वाउला ।

    Reply
    1. Tilak Shrestha says:
      July 17, 2017 at 1:42 am

      नया कुरा त के पच्थ्यो , प्याच कमेन्ट ठोकी हाल्नु पर्ने , अरुको उछेतो काट्ने बानी , हाम्रो मौलिक परम्परा

      Reply
    2. रबिन्द्र तिवारी says:
      July 17, 2017 at 4:20 am

      य​थार्थ​ प​चाउन​ गाह्रो हुनि नै भ​यो नि उड​न्ते ग​फ​मा म​ख्ख​ प​र्नेह​रुलाई…..

      Reply
  15. sasang lama says:
    July 17, 2017 at 1:45 am

    यो स्मार्ट ट्वाइलेट र इ-ट्वाइलेट बनेपछि हग्नैका लागि भएपनि एकचोटि नेपाल आउनै पर्ने भयो | LOL

    Reply
  16. Rohini says:
    July 17, 2017 at 1:32 am

    नाटकै बढी | काठमाडौँ धुलो मुक्त बनाऊ | ढलको बेबस्थापन गर | बाटोको खाल्डा खुल्डी पुर | ट्राफिक बेबस्थापन गर | यति गरेर देखाऊ ५ बर्ष भित्र |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme