Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ह्वाँ मोनो रेल र स्मार्ट ट्वाइलेटको गफ, ह्याँ काठमाडौँको सडकको यो बिजोग, झण्डै बच्चाको गयो ज्यान

Posted on July 15, 2017 by Salokya

शुक्रबार काठमाडौँ महानगरपालिकाको पहिलो नगरसभा बैठक थियो। नगरसभा अर्थात् स्थानीय सरकारको संसद बैठक। त्यहाँ नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरे जहाँ काठमाडौँमा स्मार्ट ट्वाइलेट बनाउने लगायतका विषय थिए। आफ्नै कार्यकालमा मोनो रेल चलाउने भन्ने त मेयर साबको चुनावी नारा नै हो। १०० दिनभित्र गर्ने काममा खाडलरहित सडक पनि एक हो।

उता नगरसभामा यस्तो नीति तथा कार्यक्रम प्रस्तुत हुँदै थियो, यता काठमाडौँमा बेस्कन पानी पर्‍यो। पानी परेपछि सामाखुसीको सडक हो कि नदी हो अत्तोपत्तो भएन। त्यही पानीले भरिएको सडकमा एक बच्चा शायद स्कूलबाट फर्कँदै थियो। बाटोमा हिँड्दै गर्दा एक्कासी उनी लड्छिन् र त्यहाँ डुबेर गायब हुन्छिन्।


हेर्नुस् रातो घेरा लगाएकोमा बच्चा आउँदै छन्।

ब्याग बोकेको बच्चा पानीमा टेक्दै खम्बा भएको ठाउँतिर आउँछ।

खम्बालाई पार गर्दै अगाडि बढ्छ।

तर त्यहाँ ऊ लड्छ।

खासमा त्यहाँ पानी त्यति धेरै छैन जस्तो लाग्छ तर जब बच्चा डुब्छ…

तब थाहा हुन्छ। बच्चा त गायबै हुन्छ। शायद त्यहाँ खाल्डो थियो र पानी जमेको थियो।

बच्चा डुबेको ठाउँमा पानी मात्र बाँकी रहन्छ।

खै त बच्चा?

 

त्यहाँ डुबेको बच्चा अर्कै ठाउँबाट निस्केको हुन्छ। धन्न बाटोमा हिँडेका अरु बटुवाले समातेर उनको ज्यान जोगाउँछ।

अहो, काठमाडौँकै सडक यति ज्यानमारा हुनसक्ने स्थिति छ। हामी भने रेल र स्मार्ट फलानो तिलानो भनेर भुल्दैछौँ।

यो भिडियो फेसबुकमा सुशीला मगर र शरण आले मगरले अपलोड गरेका हुन्।

 

22 thoughts on “ह्वाँ मोनो रेल र स्मार्ट ट्वाइलेटको गफ, ह्याँ काठमाडौँको सडकको यो बिजोग, झण्डै बच्चाको गयो ज्यान”

  1. प्रविण says:
    July 18, 2017 at 11:10 am

    के पि ओली पछि हिजो अस्ति खै कुनि कुन चाँही ठुलै मान्छेले कलकत्ताबाट पानी जहाज पाँचखालसम्म ल्याउन सकिन्छ भनेका थिए रे । यहाँको दृष्य हेर्दा त पानी जहाज बालाजु नयाँबसपार्क सम्मै आउला जस्तो छ । बिचरा बसहरु हरि बिजोग हुने भयो ।

    Reply
  2. Shankar says:
    July 18, 2017 at 3:01 am

    पाखे चोर हरु सत्ता मा रहेसम्म , न देश को बिकास हुन्छ , न कुनै काम हुन्छ \
    यिनीहरु युग कै भ्रस्ट , ( मन बचन र बोलीले ) , फटाह र अति गिरेका मान्छेहरु हुन् |

    Reply
  3. Pradeep MS says:
    July 16, 2017 at 1:06 pm

    सम्बन्धित सबैको कमजोरी तथा निकम्मापनको कारण कतै न कतै कोहि न कोहि यस्तो दुखद तथा मन् नै सिरिङ्ग हुने घटनाहरुको सिकार बन्न बाध्य छन् यहाँ,
    अनि यस्तो तस्विर हेर्न/सुन्न पर्दा दुर्घटनामा पर्ने प्रति माया लाग्दछ, चिन्ता लाग्दछ,
    देशको दुर-दशा, अस्त-व्यस्तता देखेर उदेक लाग्छ,
    अनि सम्बन्धित सबै देखि रिस उठ्दछ I
    हे प्रभु रक्षा गर !!!

    Reply
  4. Tek Raj Timalsina says:
    July 16, 2017 at 3:50 am

    अनि हाम्रा राष्ट्रपति चैं १६ करोड को गाडी किन्छु भन्नुहुन्छ /

    Reply
  5. sher bahadur karki says:
    July 15, 2017 at 8:06 pm

    बरु डुंगा चलाउनु पर्छ जस्तो छ मेरो काठमाण्डौ मा

    Reply
  6. Dev says:
    July 15, 2017 at 5:00 pm

    jati j gare ni congress, Amaley lai vote thokne Nagar Basi testai ho…arulai k sarapnu

    Reply
  7. Madan K Suwal says:
    July 15, 2017 at 9:59 am

    यिनीहरु स्मार्ट सिटी बनाउन आएका हुन्, यस्ता झीना मसिना कुरामा अलझीने वाला छैन, खेद।

    Reply
  8. kiran says:
    July 15, 2017 at 2:15 pm

    सरकार लाई पनि धेरै भन्नु मन थियो तर बिधुतिये एन लाग्ला
    “घाटी हेरी हाड निल्नु” बिकास गर्नुहोस् सपना पनि देख्नु होस् तर टुप्पा बाट होइन
    पहिला बाटो को अवस्था ठीक गर्नुहोस् अनी मोनोरेल पनि कुदाम्ला एती सुस्त तरिका ले कहिले बाटो बन्ने ?

    Reply
  9. Prakash Sunuwar says:
    July 15, 2017 at 1:53 pm

    सर, पहिले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनुस, दुइ छाक खानकोलागि धौ धौ छैन भन्ने बोध गरौनुस अनि नया घर बनाउने कुरा गर्नुस |

    Reply
  10. Sarad says:
    July 15, 2017 at 1:46 pm

    त्यसैले यस्तो, खाल्डोमा, भडखालमा, हिलोमैलो, दुर्गन्धमा पर्नु नपरोस् भनेर माननीय ज्यूहरूले १५-१६ करोडको सवारीको माग गरीबक्सेको हो। हे जनता तिमीहरूको भाग्य यस्तै छ अत: चुप लागेर बस।

    Reply
  11. Sunil Shrestha says:
    July 15, 2017 at 6:05 am

    मेलम्चीको पानी ह्वात्तै अायाे कि? घर, चर्पि त बनायो तर बग्ने बनाएनन्, घर बनाउँदा किन हेरिएन? किन लापरबाही गर्याै हामिले ? समथरमा शहरीकरण हाेईन उचाईमा बनाअाै ।

    Reply
  12. Bhiswanir Thapa says:
    July 15, 2017 at 5:11 am

    Now this story will be nothing more but a chapter inside the parliament to discuss inorder to praise oneself in front of the people.. blame game will continue and after one or two days this chapter will be closed.. people will also forget as if nothing has ever happened.. Salute to all those who once shared a dream about singapore.. it’s us who were too fool to believe that they actually​ meant Singapore before 60’s.. 😀 :D.. my sympathy to the child who was the victim and to those people who shall be in the future.. the fact we are poor is no parties could ever rise for the nation.. #shame!!

    Reply
  13. राम says:
    July 15, 2017 at 10:53 am

    नेपालीहरुको मानसिकता कमजोर छ /स्मार्ट हुन् खोज्नु कमजोरी हो/बाडी आएको ठाउमा अनुसन्धन नगरी स्थति को ज्ञान नगरी तर्न खोज्नु मूर्खता हो,अशिक्षा र ज्ञान को कमि हो/
    अनि तिमि मुर्ख छौ भन्दैमा रेल र स्मार्ट फलानो तिलानो भनेर कुरा गर्ननै नहुने हो त /

    Reply
  14. दुर्गा भुसाल says:
    July 15, 2017 at 4:18 am

    साथीहरू सबै कुरामा नकारात्मक सोच नराखौ,गर्दै जादा बिकास हुने हो, सपना देख्न सक्नु पर्छ सपना देख्ने हरुलेनै बिपना लाई सफल बनाउछन , कम से कम मेयर ले सपना त देखेका छन , हेरौ कत्तिको इमानदार भएर निस्कन्छन्, राम्रो काम गरे भने मेयर ले देखेको सपना असम्भव चाहिँ होइन है ।राम्रो र सहि कुरा लाई हातले पनि सम्मान गर्नु पर्छ ।

    Reply
  15. सागर श्रेष्ठ says:
    July 15, 2017 at 3:55 am

    यो त तमासा हेरेको हो ।।
    त्यत्रो गाडी छ बाटोमा बाइक कुदि राछ कसैले help गर्न सक्दैन र।।।

    Reply
  16. AGNI says:
    July 15, 2017 at 8:10 am

    ek patak bidhyasundar shakya ji lai pani yestai ma paudi khelauna [archa,balla janata ko samasya bhujchan

    Reply
  17. पीताम्बर ढकाल says:
    July 15, 2017 at 12:33 am

    यो क्लिप कामनपाको मेयर सम्म पुर्याउनु होला

    Reply
  18. Birkhe says:
    July 15, 2017 at 6:16 am

    के गर्ने शालोक्य जी
    तपाईं पनि झन्डा बोक्ने म पनि, अनि शेरे जस्तो तोर्पे ले देश हाँक्ने ! शेरे मात्रै किन ? तिन करोड नेपालीमा कुनै एउटा मईका लाल होस् जसले यो देश को माया गरोस ! स्थानीय निकाय गठन हुनु आशाध्यै राम्रो हो तर, बिडम्बना स्वयम्भु को बाँदर सरह एमाले-कांग्रेस-माबदी का चैते लाखुहरुका बथान ले तपाईं हाम्रो समाज बनाउने म त सोच्न पनि सक्दिन !!

    Reply
  19. Navin Thapa Chhetri says:
    July 14, 2017 at 10:28 pm

    Thukka sarkar

    Reply
  20. Pralhad Pralhad says:
    July 14, 2017 at 10:27 pm

    एस्ता अद्रिस्य थूप्रै घंटना घटीरहेको हुँच राजधानी मा ,

    Reply
  21. Uniqe Kc says:
    July 14, 2017 at 10:19 pm

    कठै बरा मेरो काठमांडू

    Reply
  22. Rajendra Shrestha says:
    July 14, 2017 at 9:25 pm

    हे भगवान!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme