Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशमा हुनुहुन्छ? काठमाडौँ नआएको चार महिना भयो? हेर्नुस् के भएको छ परिवर्तन

Posted on July 11, 2017July 11, 2017 by Salokya


यदि तपाईँ विदेशमा हुनुहुन्छ र काठमाडौँ नआएको चार महिनाभन्दा बढी भइसकेको छ भने एउटा महत्त्वपूर्ण परिवर्तन भएको छ यहाँ। वैशाख १ गतेदेखि यहाँ हर्न बजाउन निषेध गरिएको छ। तपाईँ अब यहाँ चक्रपथभित्र शायदै हर्न बजेको सुन्नु हुनेछ। सुरुमा त यो नियम कसरी लागू होला जस्तो भएको थियो। यहाँ यति हर्न बज्थे कि कसले पो टेर्थे जस्तो लाग्थ्यो। तर एउटा सामान्य नियम लागू भएको घोषणा मात्रै गर्दा पनि हर्न निषेध राम्रैसँग लागू भयो। शायद यहाँका धेरै मानिस विदेश गएर त्यहाँको ट्राफिकको अवस्था हेरेर आएकाहरु भएको र कसैले पहल मात्र गरिदिए त्यस्तै लागू गर्न तत्पर भएकोले यो नियम पालना भएको। काठमाडौँकै सिको गर्दै साउन १ गतेदेखि पोखरामा पनि यही नियम लागू हुँदैछ। काठमाडौँका सडकको अवस्था अहिले के छ त? एउटा भिडियो हेर्नुस्-

तल भिडियो नखुले हेर्न यहाँ क्लिक गर्नुस्

4 thoughts on “विदेशमा हुनुहुन्छ? काठमाडौँ नआएको चार महिना भयो? हेर्नुस् के भएको छ परिवर्तन”

  1. Alikhit says:
    July 13, 2017 at 1:45 am

    यो नियम लागु गर्न सम्भव छैन भनेर यहि वेबसाइटमा खिल्ली उडाइएको थियो क्यारे अलिक अगाडि ।

    Reply
  2. प्रविण says:
    July 12, 2017 at 12:31 pm

    बजाउनेले बजाईरहेका छन् ।

    Reply
  3. Santosh Tiwari Gangabasti Nawalparasi says:
    July 12, 2017 at 4:56 am

    भिडियो हेर्दा त हर्न बजेको सुनिन्छ त ?

    Reply
  4. niRan Paudel says:
    July 12, 2017 at 1:59 am

    Koteshwor to Airport, Nov २०१६

    https://www.youtube.com/watch?v=a0xnXvazzdk

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme