Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली पत्रिकामा छापिएको स्पाइडरम्यानको विज्ञापन किन हाँसोको विषय बन्यो?

Posted on July 10, 2017July 10, 2017 by Salokya

यो अङ्ग्रेजी दैनिक दि हिमालय टाइम्समा शनिबार छापिएको विज्ञापनको अंश हो। यसमा छापिएको स्पाइडरम्यान होमकमिङको विज्ञापन विश्वमा हाँसोको विषय बनेको छ। किन तपाईँले ठम्याउनु भयो? ध्यान दिएर हेर्नुस् त। 

रेड्डिटको मार्भल स्टुडियोजमा एक जनाले पोस्ट गरेको यो विज्ञापनलाई केही अनलाइनले समाचार समेत बनाए।

के छ त विशेष यो पोस्टरमा?

ध्यान दिएर हेर्नुभो? त्यसमा ब्याटम्यान पनि देखिन्छन्। खासमा यो स्पाइडरम्यानको प्यारोडी पोस्टर थियो। यसमा ब्याटम्यान मात्र हैन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि देखिन्छन्।

खासमा यो प्यारोडी पोस्टर माइक मिचेलले ट्विटरबाट सार्वजनिक गरेका थिए। हेर्नुस् पोस्टर-

प्यारोडी पोस्टर किन विज्ञापनमा प्रयोग गरियो, कुन हुस्सुले विज्ञापनमा प्रयोग गर्न पठायो, त्यो भने थाहा भएको छैन। गलत पोस्टर प्रयोग गरियो भन्ने कुरा पनि थाहा पो छ कि छैन कुन्नि बरु।

3 thoughts on “नेपाली पत्रिकामा छापिएको स्पाइडरम्यानको विज्ञापन किन हाँसोको विषय बन्यो?”

  1. प्रविण says:
    July 10, 2017 at 2:19 pm

    यस्तै हो नेपालमा । बिज्ञहरु अगाडी नबसी खाली टेक्निसियनको भरमा डिजाईन गर्न छाडिदिन्छन अनि त्यसपछि पनि फाईन प्रुफ रिडिड्ग पनि कसैले गर्दैनन् । अनि हुँदैन त हाँसो ।

    Reply
  2. Ishwor Devkota says:
    July 10, 2017 at 4:50 am

    हिहि हाहा ुहहुहु हाहा…

    Reply
  3. Ahtsayak Zarus says:
    July 10, 2017 at 4:06 am

    Ommg @@hhehe

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme