Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इटहरीको फाइनल रिजल्ट : साझा पार्टीको भोट २ सय पनि पुगेन, ० भोट ल्याउने पनि उम्मेदवार

Posted on July 8, 2017 by Salokya

काठमाडौँ र ललितपुरमा साझा पार्टीले हङ्गामा मच्चाए पनि इटहरी उपमहानगरपालिकामा भने यसका मेयर र उपमेयर दुवै उम्मेदवारले निराशाजनक प्रदर्शन गरेका छन्। एमाले उम्मेदवार द्वारिकलाल चौधरीले २२ हजार ६८९ भोट ल्याएर मेयरमा विजयी हुँदा साझाकी उम्मेदवार ताराकुमारी काफ्ले ल्याएको भोट थियो मात्र १८१। त्यसो त त्यति भोट ल्याउँदा पनि उनी उल्टोबाट तेस्रो भने भइन्। सबैभन्दा कम भोट चुरे भावर लोकतान्त्रिक पार्टीका उम्मेदवारले ८ भोटमात्र पायो। त्यसैगरी इटहरी उपमहानगरपालिकाको उपमेयरमा साझा पार्टीले पूर्व पत्रकार प्रकाशचन्द्र परियार (दर्जी) लाई उठाएको थियो। उनले मेयर भन्दा कम भोट पाए।

प्रकाशचन्द्र दर्जीदे १७१ भोट मात्रै पाए। तर उनी मत संख्याको आधारमा आठौँ भए। उनीभन्दा कम भोट ल्याउने ६ जना उम्मेदवार भए। ती मध्ये एक चुरे भावर लोकतान्त्रिक पार्टीकी रुजा घिमिरेले सून्य मत पाइन्। अर्थात् उनले आफ्नै मत पनि पाइनन्। आफ्नो मत पनि नपाउनुको अर्थ शायद् उनको मत बदर भएको हुनुपर्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme