Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउवा र सुशीला कार्कीबीच के भएको थियो गोप्य सहमति?

Posted on July 4, 2017 by Salokya


‘साझा सवाल’मा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ दिने शैलीको व्यापक आलोचनाका बीच उनले त्यही शैलीमा जवाफ दिँदा फुत्काएका केही गम्भीर विषय भने छायाँमा पर्न गयो। तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाभियोगको प्रस्ताव फिर्ता गर्दा पर्दापछाडि सहमति भएको र त्यो सहमतिपछि धेरै कुरा भएको प्रधानमन्त्री देउवाले बताएका छन्।

के थियो त्यस्तो सहमति?

न देउवाले बताएका छन्, न निवृत्त भएपछि कडा अन्तर्वार्ता दिँदै हिँडेका निष्ठावान सुशीला कार्कीले नै बताएकी छिन्। आखिर देश र जनतालाई अँध्यारोमा राखी किन गर्नुपरेको थियो त्यस्तो सहमति? कहिले सार्वजनिक हुने हो त्यो सहमतिको विवरण?

सुशीला कार्कीलाई किन महाभियोग लगाइयो?
-महाभियोग फिर्ता लिइसकेको हुनाले केही बताउन चाहन्नँ।

फिर्ता लिनुको कारण चाहिँ के हो त नि?
-केही कुरा भयो होला नि त फिर्ता लिनलाई। त्यो भन्न चाहन्नँ अहिले म। त्यही हो।

फिर्ता लिनुपर्ने महाभियोग दर्ता चाहिँ किन गरेको?
-केही कुरा गरियो, फिर्ता गरियो। त के भयो त त्यो?

त्यसो भए त्यो आरोप झुटा हो?
-आरोप…त्यो भित्री केही कुरा हुन्छन् नि।

केटाकेटी खेले जस्तै काम गरेको हो?
उहाँलाई लाग्यो होला। केटाकेटी खेलेको जस्तो छ? केटाकेटी खेलेकै हैन।

अनि के गर्‍या त?
-धेरै कुरा भएको छ त्यसले। किन भएको छैन?

के भयो?
केही सहमति भएर फिर्ता लिएको हो।

के भाको थियो?
त्यो म भन्न चाहन्नँ अहिले यहाँ।

अलिकति भन्दिनुस् न त।
उहुम्…

थोरैमात्रै
जबर्जस्ती गर्न पाइन्छ?

जबर्जस्ती हैन अनुरोधमात्र।
भइहाल्यो म भन्दिनँ।

प्रधानमन्त्रीले ‘भित्री केही कुरा हुन्छन् नि’ भनेका छन्। ‘केही सहमति भएर फिर्ता लिएको हो’ सँगै ‘धेरै कुरा भएको छ त्यसले’ पनि भनेका छन्। के हो त त्यो सहमति? के जानकारी दिनुनपर्ने ?

अनि निष्ठाकी प्रतिमूर्ति सुशीला कार्कीलाई एक दुई हप्ता बाँकी रहेको पदावधिका लागि किन त्यस्तो सहमति गर्नुपरेको होला? किन भएको भनिएको त्यो सहमतिपछिका अन्तर्वार्ताहरुमा कार्कीले देउवाको कुने विरोध नगरेको होला? किन महाभियोग फिर्ता लिने कुरा भएपछि त्यसअघिसम्म फास्ट ट्रयाकमा कुदिरहेको आइजी केस अहिलेसम्म पेन्डुलम भइरहेको होला? किन देउवाविरुद्धको अदालतको मानहानी मुद्दाको कारबाही अघि नबढेको होला?

यी प्रश्नहरुको जवाफ देउवाबाट आउँदैन। सोध्दा जवाफ पाइन्छ- जबर्जस्ती गर्न पाइन्छ?

सुशीला कार्कीबाट पनि किन सहमतिबारे केही जवाफ नआएको होला?

12 thoughts on “देउवा र सुशीला कार्कीबीच के भएको थियो गोप्य सहमति?”

  1. Rohini says:
    July 6, 2017 at 2:56 am

    सुशिला कार्की माथि शंका गर्नु अन्याय हुनेछ | बरु शंका त यी ठुला दल का नेता माथि नै छ |

    Reply
  2. Madhu Kapali says:
    July 5, 2017 at 8:04 pm

    नडराउनु; नबिराउनु / यदी सहि काम गरेको भए, जनता प्रति उत्तरदायी प्रधानमन्त्रि भए जनतालाइ भन्न किन डराउने ? किन लुकाउनु पर्ने ?

    Reply
  3. Roit Nepali says:
    July 5, 2017 at 7:05 pm

    भोट हाल्ने बेलामा २ ४ वटा चिन्ह मात्रै देख्ने अनि आफ्नो पार्टी को प्रधानमन्त्री परेन भनेर हप्काउने. त्यो पनि चुनाव जितेरै आको हो, कांग्रेस को पार्टी नेता अनि को हुन्छा प्रधानमन्त्री खोया.
    भोट हाल्ने बेलामा बुद्दि औंदैना अनि बाचुन्जेल नेतालाई सराप्यो बस्यो
    जुन जुन पार्टी मिलेर घटिया संबिधान बनायो भोट जति उसैलाई खनायो अनि येत्राको रुवाबासी

    Reply
  4. Rajendra Tamrakar says:
    July 4, 2017 at 10:11 am

    अस्वस्थ्य ,अप्राकृतिक गठबन्धन अनि प्रतिपक्षसंग सौहार्दपूर्ण लेनदेनको प्रतिफल हो , सुसिलाको कुर्लाइ !

    Reply
  5. Santosh Yadav says:
    July 4, 2017 at 9:01 am

    विश्वकै सर्वोत्कृष्ट संविधान दिने संसद्‌बाट प्रधानमन्त्री बनाइएका देउवा पनि उत्कृष्ट हैनन् भन्न पाइन्छ?

    Reply
    1. Khagendra Kunwar says:
      July 4, 2017 at 11:21 am

      “तपाईं बढ्ता बाेल्दै हुनुहुन्छ” “तपाईले भने जस्ताे हुन्छ”?? “म जनताले चुनेकाे मान्छे”

      Reply
  6. पीताम्बर ढकाल says:
    July 4, 2017 at 7:43 am

    मिलेमतो हुन्छ नि,, त्यो किन भन्न परो?? जबर्जस्ति गर्न पाइन्छ??

    Reply
    1. Raj Kumar Rayamajhi says:
      July 4, 2017 at 2:51 pm

      हाहा…

      Reply
  7. Balkrishna Dahal says:
    July 4, 2017 at 7:34 am

    भन्दिन भने पछि भन्दिन जबरजस्ति हुन्छ, भन्देखुन 😉

    Reply
  8. Dip Shahi says:
    July 4, 2017 at 7:08 am

    हामी अभागि जनता यसता नेता छाने हामी हरु के गरनु पावार र शक्ति भये जेबाेलदार गरदा हुनछ यिनी ले नइ दियेकाहुन रमेस चैधरि लाई 1 कराेड 75 लाख

    Reply
    1. San Ruben says:
      July 4, 2017 at 7:14 am

      janatale pm banako hoin yo ta tyo savasad harule banayeko pm hun jaslai biswas garer janatale chuneka thiye

      Reply
  9. बिनोद तिमिल्सिना says:
    July 4, 2017 at 6:27 am

    “तपाईं बढ्ता बाेल्दै हुनुहुन्छ” “तपाईले भने जस्ताे हुन्छ”?? “म जनताले चुनेकाे मान्छे” बिचराे प्रश्नकर्ता साेच्दै हाेलान नेपाल मै बस्छु,नागरिकता,पासपाेर्ट नेपाल कै छ,जनता चै म कहाँकाे परेछु!??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme