मंगलबार नेपाली पत्रकारितामा रुचि राख्नेहरुलाई एउटा रोचक घटना भयो। आजको ‘अन्नपूर्ण पोस्ट’ दैनिकमा छापिएको सम्पादकीय पत्रकारिताका विद्यार्थीहरुलाई एउटा रिफ्रेन्स सामाग्री रहनेछ। ‘आफ्नैबारे’ शीर्षकको यो सम्पादकीय अन्नपूर्ण पोस्टबारे हैन, कान्तिपुरमा १६ वर्षअघि छापिएको समाचारबारे हो। त्यतिबेला कान्तिपुरका सम्पादक थिए युवराज घिमिरे, जो अहिले अन्नपूर्ण पोस्टमा सम्पादक छन्। घटना २०५८ सालमा छापिएको एउटा फिल्ड रिपोर्टिङबारे हो। यो समाचार उजीर मगरको बाइलाइनमा कान्तिपुरमा छापिएको थियो। उनै उजीरले भर्खरै आफ्नो संस्मरणात्मक पुस्तक ‘अंश’ सार्वजनिक गरेका छन्। पुस्तकमा उनले आफूले कसरी काठमाडौँमै बसी गोरखाको फिल्ड रिपोर्टिङ गरेको समाचार छापेको भन्ने बारे सविस्तार बयान गरेका छन्। गोरखामा माओवादीहरुले जेलब्रेक गरेको घटनापछि उनीहरुको अनुभवबारे समाचार उनले फिल्डमा जाँदै नगई काठमाडौँ बसी तयार पारेका थिए। सोही समाचारबारे आजको अन्नपूर्ण पोस्टमा छापिएको सम्पादकीय यस्तो थियो।
आफ्नैबारे
अक्सर, पत्रकारिता र ‘एथिक्स’ बीचको सम्बन्धमा दूरी थपिएको छ । कतिपय घटना र विचलनले पत्रकारितामा ‘एथिक्स’ बारे बहस जन्माउँछ । तर त्यो बहस कुनै स्पष्ट कार्यनीतिबिना मर्न जान्छ ।छिमेकी भारतमा ‘पेड न्युज’ या ‘राडिया टेप’ आदि व्यावसायिक मर्यादासँग जोडिएका मुद्दाले अक्सर बहस जन्माए पनि बिना कुनै निष्कर्ष टुंगिए ती मुद्दा ।हालै नेपालमा एउटा त्यस्तो विषम सार्वजनिक भएको छ, जसलाई सम्बोधन गर्न नचाहेमा पत्रकारिता र एथिक्सबीचको दूरी अरू बढ्नेछ । पत्रकार उजिर मगरद्वारा लिखित ‘अंश’ नामक पुस्तकमा उनले एउटा रहस्योद्घाटन गरेका छन् । कान्तिपुर दैनिकका संवाददाताका रूपमा र माओवादी सशस्त्र विद्रोहताकाको एउटा रिपोर्टिङ तथ्यमा आधारित नरहेको र एउटा नियोजित प्रोपगान्डा या रणनीतिका रूपमा त्यो समाचार प्रेषित गरिएको उनले स्वीकार गरेका छन् ।
गोरखाको एउटा जेलभित्रबाट सुरुङ खनेर केही माओवादी फरार भएको समाचार एउटा काल्पनिक घटना भएको तथ्य झन्डै १२ वर्षपछि उनले स्वीकार गरेका छन् । पुस्तकमा आफूले मनगढन्ते समाचार लेखे पनि त्यसमा लेखकको आत्मालोचना र आत्समीक्षाको अंश भने छैन ।
अमेरिकामा काल्पनिक घटनालाई सत्यको जामा ओढाएर लेखिएको ‘रिपोर्ट’ ले अति सम्मानित पुलित्जर प्राइजसमेत हात पारेको छ, यद्यपि घटना असत्य भएको पुष्टि भएपछि त्यो पुरस्कार फिर्ता गरिएको छ । नेपालमा रहस्योद्घाटितको ‘रिपोर्टिङ’ को उद्देश्य स्पष्ट छ । लेखक पत्रकारितासँगै वाम राजनीतिमा सक्रिय थिए त्यसबेला र असत्य समाचारकै आधारमा भए पनि प्रोपगान्डाका रूपमा त्यसलाई प्रयोग गरी सत्ताविरुद्ध भिडेको माओवादीलाई रणनीतिक विशिष्टताको माहोल सिर्जना गर्न चाहन्थे । किनकि उनले त्यसबारे आफ्ना सम्पादकलाई अन्धकारमा राखेका थिए र केही माओवादी रणनीतिकार तथा पत्रकारहरूको सुझाव या निर्देशनमा त्यसो गरेका थिए ।
सञ्चारमा यस्ता गडबडीहरूको नैतिक र अन्तिम कानुनी दायित्व सम्पादककै हुने भए पनि ‘बिट रिपोर्टर’ लाई बेवास्ता या अवमूल्यन गरिँदैन अक्सर । खासगरी द्वन्द्वको स्थितिमा हुने ‘प्रोपगान्डा’ युद्धमा अक्सर विद्रोही पक्ष नै अगाडि हुन्छ र उसले सकेसम्म सञ्चारमाध्यमलाई अर्को पक्ष (राज्य पक्ष) विरुद्धको युद्धमा ढाल बनाउन चाहन्छ नै । त्यस्तो सम्भावनाबारे अक्सर प्रकाशन गृहहरू सचेत हुँदाहुँदै पनि व्यक्तिगत साँठगाँठबाट प्रोपगान्डालाई अगाडि बढाउन असम्भव हुँदैन भन्ने तथा ‘अंश’ को रहस्योद्घाटनले सावित गरेको छ । यो एक्लो मुद्दा नभए पनि यस्ता घटनालाई दुरुत्साहित गर्न सकिएन भने पत्रकारिताले विश्वसनीयता घटाउनेछ ।
उजिर मगरको स्वीकारोक्तिपछि वास्तवमा यसले प्रेस काउन्सिल र पत्रकार महासंघसँगै सम्पादकहरूको आधिकारिक संस्थाको ध्यान आकर्षित हुनु आवश्यक छ । नेपालको पत्रकारितालाई निकै हदसम्म दलीय आबद्धता र ‘एक्टिभिज्म’ ले गालिसकेको छ र प्रोपगान्डा तथा काल्पनिक तथ्यहरूले त्यसमा प्रवेश पाए भने पत्रकारिता राजनीतिभन्दा र पत्रकार राजनीतिज्ञहरूभन्दा बढी अविश्वसनीय हुनेछन् ।
के छ पुस्तकमा ?
उजीर मगरको पुुस्तकमा यो विषयमा उल्लेख भएको अंश यस्तो छ-
गोरखा जेल ब्रेकको ‘झुटो’ फिल्ड रिपोर्टिङ
२०५७ चैत १७ गते जेल ब्रेक गरेर भूमिगत भएका उमा भुजेल ‘शिलु’ सहित छ महिला बन्दीहरूको चर्चा चुलिएको थियो। जेलभित्रबाट सुरूङ खनेर भाग्नु चानचुने कुरा थिएन र यसले बाहिर सनसनी मच्चाउनु स्वाभाविक थियो। ती महिलाहरूले कसरी जेल ब्रेक गरे होलान्? उनीहरूको अनुभव छाप्न पाए त गजबै हुने थियो भन्ने लाग्यो मलाई।
‘तपाईंहरू कतै जानुपर्यो। नजिकै हो। तर, एकदम हतार छ।’ गोविन्द आचार्यले मलाई जनादेशबाट फोन गरे।
बीए दोस्रोे वर्षको परीक्षाका कारण मैले अफिसबाट बिदा लिएको थिएँ। असमञ्जसमा परेँ। भनें, ‘अफिसमा त छुट्टीमा छु, सर! पर्सि परीक्षा छ; जान सकिन्न।’
‘सबैको परीक्षाकै कारण अलिक समस्या भयो त!’ यति भनेर उनले फोन राखे।
केही बेरमा मलाई फेरि उनको फोन आयो, ‘परीक्षाको छुट्टीमा भए पनि अफिसमा सम्पर्क हुन सक्छ। दुई दिनजति सम्पर्कै नगर्नु। उता म र चन्द्रमान श्रेष्ठ जाँदैछौं। हामीले नै केही लिएर आउँछौं। जनादेशमा छाप्नु भन्दाअगाडि नै तपाईलाई दिउँला, कान्तिपुरमा छाप्नका लागि।’
म सहमत भएँ।
त्यसको दुई दिनपछि गोविन्दले फोन गरे, ‘तत्काल भेट्नुपर्यो।’
म बागबजार गएँ। उनीसँग जेल ब्रेक गरेका ती छ महिलाको फोटो रहेछ। उनले तिनीहरूको भाषण र अनुभव लगायतका सामग्री दिए। अफिस फर्केर मैले सामग्री बनाएँ।
जेल ब्रेकका क्रममा सुरूङ खन्ने कमला नहर्की ‘सपना’ को पूरै नङ खुइलिएको समेत लेखियो। ‘कोट’ मा थियो, ‘एक हातभन्दा छोटो रडको सहायताले सुरूङ खनेकी हुँ। सबै औँलाका नङ झरेका छन्।’
समाचारमा लेखेको थिएँ– २०५८ वैशाख १६ गते गोरखाको बगुवामा कार्यक्रम भएको थियो। सुरूङबाट बाहिर आउनेहरूमा सञ्जु अर्याल ‘निशा’, मीना मरहट्ठा ‘ज्याति’, रीता विश्वकर्मा ‘कविता’, एन्जिला विश्वकर्मा ‘शकुन्तला’ थिए। मुख्य कमान्डर भुजेल माओवादी वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्लेसँगै मारिएका मध्यमाञ्चल सेना कमान्डर भीमसेन पोखरेलकी श्रीमती हुन् भनेर पनि लेखेको थिएँ। समाचार हेरेपछि गुणराज दाइले सोधे, ‘कहिले गा’को उजिर?’
‘अस्ति।’ मैले ढाँटें। ढुकढुकी बढ्यो।
‘यस्तो राम्रो न्युज त अलिक राम्रोसँग लेख्नुपर्छ नि! अनि बाहिर जाँदा हामीसँग सम्पर्क गरेर जानु नि! बाटामा केही भइहाल्यो भने अप्ठेरो हुन्छ। हामीलाई पनि अफिसमा पनि।’ गुणराज दाइले सम्झाए।
मनले भनिहाल्यो– गएको भए पो! तैपनि ‘हजुर, हजुर’ भन्दै थपिरहेँ।, अब त्यस्तै गर्छु, दाइ!’
भोलिपल्ट समाचार छापिएपछि सहकर्मी र साथीभाइसँगको भेटमा त्यही जेल ब्रेकको कहानी आइहाल्यो। जसले भेटे पनि सोध्न थालृ, ‘अहो, त्यस्तो सुरूङ खनेर जेल ब्रेक गर्न सक्ने महिलाहरू खतरा थिए होलान् है! अनि तपाईंहरूलाई त्यहाँ कसले लग्यो? फोटो खिच्न त सजिलै दिएछन्।’
‘उनीहरू खतरा थिए। हात बलिया। गुड गर्दा पनि दह्रो गरी हात मिलाए। जोशिला थिए। इतिहास रच्यौं भनेर खुसी थिए। अब, फेरि लड्ने हो भन्थे… …।’ यस्तै यस्तै तर्क दिएर तर्किएँ म।
‘कसैले सोधेका छैनन्? कस्तो छ समाचारको प्रतिक्रिया?’ गोविन्दले दिउँसो सोधे मलाई।
‘अफिसमा भनेर गएको भए हुन्थ्यो भन्ने कुरा भयो। बाहिर त कहाँ, कसरी गयौ भन्ने चर्चै छ, सर! गएको भए पो! यसो मिलाएर गफ दिइन्छ।’ मैले भनेँ।
उनी हाँसे मात्रै।
‘यो तपाईं–हामीबीचको कुरा मात्रै हो। यताबाट कहीँ कुरा जाँदैन। तपाईंले छापेर जे गर्नुभयो, ठीकै गर्नुभयो।’ उनले धन्यवाद शैलीमा औपचारिकता पूरा गरेँ।
के थियो घटना ?
२०५७ साल चैत १७ गते गोरखाको जेलबाट ६ जना माओवादी महिला भागेका थिए। त्यो घटनाबारे कान्तिपुरमा समाचार यसरी छापिएको थियो-
प्रश्न उठेको विषय यो समाचारको हैन। जेलब्रेक भएकै थियो। यहाँ उठेको प्रश्न चाहिँ २०५८ साल वैशाख १८ गते उजीर मगरको बाइलाइनमा बगुवा (गोरखा) डेटलाइनमा छापिएको ‘जेल तोड्ने महिलाको माओवादी अभिनन्दन’ शीर्षकको समाचारको थियो।
१६ वर्षअघि कान्तिपुरमा छापिएको यो समाचारबारे आज छापिएको अन्नपूर्णको सम्पादकीयमा ‘समाचार एउटा काल्पनिक घटना भएको तथ्य झन्डै १२ वर्षपछि उनले स्वीकार गरेका छन्’ लेखिएको छ। २०७४-२०५८= १६ वर्ष हुनुपर्नेमा १२ वर्षमात्र भएर बाँकी चार वर्ष कता गायब भयो, त्यो चाहिँ अनौठै घटना भयो।
युवराज घिमिरे कान्तिपुरको सम्पादक रहँदा अर्को एउटा काल्पनिक समाचार पनि छापिएको थियो। ३ कात्तिक २०६० मा केही न केहीको हैसियत भएका रसेन्द्र भट्टराई नामका व्यक्तिलाई खर्बपतिको रुपमा ‘कान्तिपुर’ दैनिक, द काठमाडौँ पोस्ट र कान्तिपुर टेलिभिजनले प्रस्तुत गरेको थियो। त्यो गलत भएको पुष्टि भइसक्दा पनि ती मिडियामा कहिल्यै पनि गल्ती स्वीकार्ने काम भएन। त्यो समाचार बारे पनि कुनै दिन कतै सम्पादकीय आउने आशा भने यो प्रकरणले गरेको छ।
यस्तो थियो रस्सेन्द्र भट्टराईबारे समाचारहरु-
पाँच डलरबाट खर्बपति भए नेपाली
सञ्जय न्यौपाने, काठमाडौं, २ कात्तिक २०६०- उनको निजी हवाईजहाज (एक्जुकेटिभ बोइङ बीबी जेट) छ। रोयल्स रोयस, बीएमडब्लू, मर्सिडिज, जगुवार,फेरारी आदि कार। अमेरिका बेलायत, स्पेनलगायत मुलुकमा आलिसान बंगलाहरू……..। संसारकै ‘सबैभन्दा ठूलो ट्रस्ट’ को सञ्चालक पनि।
अमेरिकी राष्ट्रपति जर्ज बुश, पूर्व राष्ट्रपति क्लिन्टन, संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरले राम्ररी चिन्ने ती धनाढ्य नेपाली हुन्। सम्भवतः उनको जति सम्पत्ति अरू नेपालीको छैन। पत्याउनुस्/नपत्याउनुस्, उनी हुन्– डा. रसेन्द्र भट्टराई (डा. आरबी)। दुई दशकअघि बैंककका लागि जहाज टिकट र साथमा पाँच अमेरिकी डलर लिएर गएका उनी गत वर्ष अप्रत्याशित रूपमा परिवारको सम्पर्कमा आएका हुन्।
अस्पताल स्थापना गर्ने सिलसिलामा सोल्टी क्राउन प्लाजास्थित देशकै सबभन्दा दोस्रो महँगो कोठा गोसाइँकुण्ड स्वीट्मा उनी ६० दिनदेखि बसिरहेका छन्। यसको एक रातको मूल्य ९ सय अमेरिकी डलर (करिब ७० हजार रुपैयाँ) पर्छ। विभिन्न मुलुकका राष्ट्राध्यक्षदेखि हिलारी क्लिन्टनजस्ता विशिष्ट पाहुना बसिसकेको उक्त कोठामा हालसम्म कोही पनि यति लामो समय बसेको थिएन।
करिब पाँच दशकअघि काठमाडौंको गुच्चाटोलमा जन्मेका उनको मूल घर बालुवाटार हो। महेन्द्र संस्कृत विश्व विद्यालयका उपकुलपति स्वर्गीय चूडानाथ भट्टरायका एकमात्र छोरा हुन्। ठेक्कापट्टा र व्यापार गर्दागर्दै एक साता जेल परेपछि नेपाल त्यागेको उनी बताउँछन्।
बैंककमा साथीसँग लिएको एक लाख डलर ऋणबाट सुरु भएको उनको व्यवसाय अहिले अर्बौँ कारोबार गर्नेसम्म पुगेको छ। ‘सुरुमा सिंगापुरको इलेक्ट्रोनिक्स सामान युरोप पठाएँ, खाद्यान्न, सिमेन्ट कारोबार थालें,’ उनी भन्छन्– ‘त्यसपछि केही समय क्रोएसिया बसें। ‘नेदरल्यान्ड बस्दा ५० हजार डलर होटलमै तिरेँ,’ उनी सम्झन्छन्। उनी अर्थशास्त्रका पीएचडी हुन्।
हाल उनी एचआरएच सुल्तान हमेङ्गकु बुबोनो एक्स ट्रस्ट कर्पोरेसन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी हुन्। इन्डोनेसियाका सुल्तान कोषका साझेदार हुन्। १७ मुलुकमा त्यसको कार्यालय छ। अमेरिका र बेलायतका सेयर बजारमा उनको लगानी छ। तेल प्रशोधन केन्द्र छ। ‘यी बाहेक विभिन्न मुलुकमा होटल,बैंक, अस्पतालहरू छन्,’ डा. आरबी भन्छन्। कुल सम्पत्ति कति छ त? ‘भन्न मिल्दैन,’ उनी भन्छन्।
समाज सेवा बढाउन हालै उनले स्पेनमा ‘उमा फाउन्डेसन’ स्थापना गरेका छन्। ‘युरोप, अमेरिकामा भएकामध्ये यो सबभन्दा ठूलो फाउन्डेसन हो,’ उनको दाबी छ। अहिले इन्डोनेसियामा २० र स्पेनमा एउटा अस्पताल निर्माणाधीन छन् भने कंगोमा ४ वटा बनाइसकेको उनी बताउँछन्।
कल्पनाझैं लाग्ने डा. आरबीको जीवन देखेर नेपाली नेताहरू पनि छक्क छन्। ‘विदेशमा एउटा नेपालीको नाम र शान देखेर मेरो शीर उँचो भयो,’ स्पेन भ्रमणका क्रममा केहीअघि रसेन्द्रको घरमै बसेर फर्केकी उपसभामुख चित्रलेखा यादवले भनिन्।
डेढ वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री शरतसिंह भण्डारीले पनि उनलाई भेटेका थिए। नेपालमा पनि अस्पताल बनाउने उनको रुचि देखेपछि वीर अस्पताल र गंगालाल हृदय रोग प्रतिष्ठानलाई विस्तार गरिदिन आफूले प्रस्ताव गरेको भण्डारीले बताए। ‘म नेपालमा तीन वटा अस्पताल खोल्न चाहन्छु,’ डा. आरबी भन्छन्– ‘क्यान्सर, मृगौला र मुटु रोगको अस्पताल खोलेर नेपालीको सेवा गर्ने मन छ।’ तर त्यसमा सरकारी चासो नदेखिएकोमा भने उनलाई चित्त दुखेको छ।
उनको अद्भूत सफलता र आकस्मिक आगमनबाट भट्टराई परिवार औधि खुसी छ। ‘नेपाल बसेर हुन्न भनेर उहाँ बैंकक जानुभएको हो,’ दुई दशकदेखि बेखबर लोग्ने फर्केकामा प्रसन्न श्रीमती रेनु सम्झन्छिन्। सुरुका दुई वर्षसम्म फोन/चिठी आउथ्यो। बैंककबाट क्रोएसिया गएकोसम्म थाहा थियो,’ उनी भन्छिन्।
‘परिवार भनेको भए बुद्ध, क्राइस्ट ठूलो मान्छे बन्दैनथे,’ आरबी भन्छन्– ‘मैले पनि आवश्यक ठानिनँ, लामो समय परिवारबाट अलग हुनु सजिलो भने छैन।’
तर, उनलाई पछुतो छैन। दोस्रो बिहे पनि गरेका छैनन्। श्रीमती रेनु भने आफ्ना लोग्ने महत्वाकांक्षी पाराको भएकाले धनाढ्य भएर फर्केकामा अचम्भित छैनन्। उनले एक वर्षअघि छोरी भेट्न लन्डन जाँदा लोग्नेलाई भेटेकी थिइन्। उनका पिता स्वर्गीय भट्टरायले विभिन्न राजदूतावासमा सम्पर्क गरेर छोरालाई नेपाल फर्काउन पहल गरेको माइली छोरी मनीषा बाँस्कोटा बताउँछिन्। त्यसै आधारमा राजदूतावासहरूले उनको राहदानी नवीकरण पनि गरेनन्।
‘त्यसबाट मलाई धेरै समस्या भयो,’ ८९ मुलुक घुमेको बताउने डा. आरबी भन्छन्– ‘मलाई नेपालीप्रति निकै रिस उठ्यो। त्यसपछि तत्काल उनले बेलायतको नागरिकता लिए।
अघिल्लो दसैं मान्न उनले छोरी–ज्वाइँलाई निम्ता दिएका थिए। ज्वाइँ शैलेशमात्र गए। पछिमात्र मनीषालाई भिसा मिल्यो र उनी मेड्रिड पुगिन्। बुबाले पालेको कुकुर ‘ताहितो’ ले विश्वस्तरका विभिन्न प्रतियोगितामा जितेका पदक राखिएको सोकेसको तस्वीर उनले देखाइन्।
‘कपडा प्रायः इटालीबाट ल्याउनुहुन्छ र पर्फ्युम लिन पेरिस जानुहुन्छ,’ तस्वीरको चाङ खोतल्दै मनीषा भन्छिन्। डा. आरबीकी जेठी छोरी समीषा न्युयोर्क र कान्छी जनीषा लन्डनमा छन्। ‘म नमर्दै आओस् भन्ने कामना गरेको थिएँ, मुख हेर्न पाएँ’ आमा नुतनसिंह भन्छिन्।
यो संवाददाताले आमा र श्रीमतीसँग कुरा गरिरहेका बेला बालुवाटारस्थित आफ्नो घर आइपुगेका उनले आमाको खुट्टा ढोगेर म्वाइँ खादै भने– ‘मैले जे हासिल गरेको छु, मुमाको आशीर्वादले हो।’
दसैंअघि नै फर्कने योजना रहे पनि आमाकै अनुरोधमा केही दिनका लागि उनी बसेका हुन्। ‘मुमाको सेवा गरेर रिटायर्ड जीवन यहीँ बिताउँछु,’ उनी भन्छन्। तर, अवकाश कहिले? ‘केही समय लाग्ला,’ उनी भन्छन्। हालै उनी बसेकै होटलमा तीन दिन चलेको गैरआवासीय नेपालीको सम्मेलनमा उनी सक्रिय भएनन्। ‘एकैछिन गएर फर्किहालेँ,’ उनी भन्छन्।
A Nepali’s unbelievable trail to super richness
By Prateek Pradhan
KATHMANDU, Oct 19, 2003 – Simply unbelievable!
He boasts a Boeing Business Jet (BBJ), owns a fleet of cars: Rolls Royce, BMW, Mercedes, Jaguar, Ferrari, Audi and so on. He has prime residential properties in Los Angeles, Orlando, London, Paris, Madrid and elsewhere. Bill Clinton is his friend, knows George Bush, Kofi Annan, Tony Blair and other heads of state personally.
He is not Bill Gates nor the Sultan of Brunei, but a Nepali. He is Dr Rasendra Bhattarai, 50, a Nepali turned British.
The story of the bafflingly rich Bhattarai began 22 years ago in Kathmandu, when he was sent to jail for misusing a fax machine of the Agricultural Development Bank for his business purposes. The incident became the first turning point in his trail to super richness. Now, he is a billionaire – in US dollars terms, of course!
“Hadn’t I gone to the custody, I might never have become what Im today,” he confessed exclusively to The Kathmandu Post and Kantipur Television (Watch his interview in FireSide, Kantipur TV at 8 PM today). It is beside the point that he refused an interview to Larry King of CNN.His quest to richness began with Rs. 100 (then US$5), which his late father Professor Chuda Nath Bhattarai handed him at the time of his departure to Bangkok. Thanks to a friend in Bangkok who trusted him with US$100,000.”With the money I went to Singapore and to theNetherlands. By the time I was to start a business, I had already spent half the money.”
Bhattarai and a Thai friend discovered that most of the Chinese and Indonesian restaurants in the Netherlands used pink napkins and pink tablecloths. They soon got the contract to supply the pink items. “I love pink because with that business I earned about five million guilders,” Bhattarai said.
He also supplied sugar to China and Indonesia from South America, and cement to Bangladesh from Romania, Malaysia and Indonesia. He became a global merchant.
The next turning point came to him when he supplied wheat to Russia in 1989. “Then I realised that I was going to be a rich man,” he confided.
The third turning point for this suave gentleman came while supplying Croatian ships to Indonesia. “An Indonesian friend, Mr. Tamrin, took me to an Indonesian Sultan, which turned my luck once again,” he recounted. The believe-it-or-not event happened this way. The deceased father of the Sultan told him in a dream to have Bhattarai as his business partner. The next day, the Sultan himself offered him partnership in one of the worlds biggest trusts, HRH Sultan Hamengku Buwono X Trust Corporation. Now he is its president and CEO.
“I also have established Uma Trust in Europe,” he said.Dr Bhattarai is now in Nepal, and staying in the Gosaikund Suite of Soaltee Crowne Plaza. He has been paying US$900 per night for the last 60 days – a record in itself for the property. Despite having a nice house, seniors and wife Renu in Baluwatar, he opted to stay at Soaltee, probably because he is here with his business partner and friend, Poonam Singh.
“Poonam is the one who encouraged me to return to my country after 22 years. I’m indebted to her,” he said.Two years after Bhattarais departure, his family lost all contacts with him. To entice his son back to Nepal, Professor Chudamani Bhattarai resorted to diplomatic help.
In 1991-92, the Royal Nepalese Embassy in Paris refused to renew Bhattarai’s passport. “I had to take British passport as I languished without a passport for over a year,” he said.Now that he is back home, he is willing to help Nepal. “I’m sad that I havent been of any help to my motherland, yet,” he said.”With social security and insurance in health policies, I could bring big hospitals to Nepal,” said the Nepali Midas.
अबको बाटो के त? मलाई लाग्थ्यो त्यो उजिर मगर भन्ने पत्रकार ठिक लाग्थ्यो, तर अब उजिर मगरले लेखेका समाचाहरु पत्याउन कठिन हुने छ। यसरी आफ्नो पेशा प्रति नैतिकता नभएका, के पत्रकार? राष्ट्रको चौथो अंग रे!! मेरो बिचारमा त यो पत्रकारलाई Press Council ले स्पष्टिकरण सोधी, यसको liscence खारेज गर्नु पर्छ।
Ujir magar le field reporting गरेनन भन्दैमा त्यो ghatana nai kalpanik कसरि भयो त? अहिले यो सम्पदकिये लेख्नु अघि पनि त field visit गर्न सकिन्थ्यो होला. गोर्खाको जेलमा त्यो रेकर्ड पनि त होला नि l 6 जना madhye 5 जना अझै जीवित छन् interview लिए भयो त
निकै राम्रो कलेक्सन उमेश ! नेपाली मिडियाको आलोचनात्मक अध्ययन गर्नेको लागि एकदम उपयोगी सामग्री ! आइ रियल्ली अप्रिसियत दिस ! यु आर अम्यजिंग !
Rip Nepalese Media !!