Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तोकेको मर्यादित पोशाक भनेको कस्तो हो? यो नमूना हेरौँ- चूज पाइन्ट नपाइने, मोता १६ इन्चभन्दा कम हुन नहुने

Posted on June 23, 2017June 24, 2017 by Salokya

राष्ट्रपति कार्यालयले सूचना विभागलाई राष्ट्रपति उपस्थित हुने समारोहमा तोकेको मर्यादित पोशाकमा सञ्चारकर्मीहरुलाई उपस्थित गराउन उर्दी जारी गरेको बारे ब्लग त पढिसक्नुभयो होला। धेरैलाई कन्फ्युज के भएको छ भने मर्यादित पोशाक राष्ट्रपति कार्यालयमा जानका लागि मात्र हो। त्यसो हैन। पत्रको व्यहोरा अनुसार राष्ट्रपति सहभागी हुने सबै समारोहका लागि यो उर्दी जारी गरिएको हो। तोकेको मर्यादित पोशाक भनिए पनि कस्तो पोशाक हो तोकिएको डकुमेन्ट सार्वजनिक भएको छैन। बरु उच्च माध्यमिक तहका लागि नेपाल सरकारबाट मिति २०६९/६/२८ मा निर्णय भई लागु भएको आचारसंहितामा ड्रेस कोड तोकिएको छ। यसलाई सञ्चारकर्मीहरुले रिफ्रेन्स मान्दा हुन्छ होला। हेरौँ के छ त्यसमा?

विस्तृत हेर्न क्लिक गर्नुस्–

2 thoughts on “तोकेको मर्यादित पोशाक भनेको कस्तो हो? यो नमूना हेरौँ- चूज पाइन्ट नपाइने, मोता १६ इन्चभन्दा कम हुन नहुने”

  1. कमल says:
    June 24, 2017 at 2:02 am

    पत्रकारले चप्पल लाएर अनि बीयरको छाप भएको ती शर्ट लाएर औपचारिक कार्यक्रममा हामीले अरुको बारेमा लेख्ने र देखाउने हो, हामीले जे गरे नी हुन्छ भन्या जस्तो हेपेर गएको पनि देखेका छौ|
    पत्रकार भए पछि सरकारले तोक्न भन्दा कुन मर्यादाको र कुन अमर्यादा भनेर पहिचान गरे राम्रो हुने हो|
    तर त्यो छबिलाल दाई र बाबुराम सर ले पनि अब सरकारी र औपचारिक कार्यक्रममा दौरा सुराल लाए हुने थियो, बिनम्र निवेदन छ| दरबारको सामन्ती गन्ध दौरा सुरालबाट हटेको छ| लाई दिनु पर्छ है छबिलाल दाइ र बाबुराम सर| हिसिलालाई पाइण्टमै सुहाउछ भनेर कसैले भन्छ भने त्यो भन्दा ठुलो इन्सल्ट के होला र? कि लाउनुस चौबन्दी चोली कि अंग्रेजी बोलि|

    Reply
  2. dibi shahi says:
    June 23, 2017 at 9:31 pm

    एउटा कुरा चाहिँ छुटेछ,त्यस्ताे समाराेहमा सहभागी हुने दिन खाने कुरा कस्ताे खाएर अाउनु पर्ने हजुर…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme