Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उर्लाबारीकी नीकिता चन्दक बनिन् यो वर्षकी मिस नेपाल

Posted on June 2, 2017June 2, 2017 by Salokya

सँधै नेवारबाटै चुनिने भन्ने आरोपका बीच यस पटकको मिस नेपाल मारवाडी समुदायबाट मोरङ उर्लाबारीकी नीकिता चन्दक घोषित भएकी छिन्।

नीकिता २२ औँ मिस नेपाल आज होटल अन्नपूर्णमा भएको कार्यक्रममा १८ सुन्दरीहरुलाई पछि पार्दै चुनिएकी हुन्।

उनले मिस वर्ल्डमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछिन्। समुदायलक्षित आलोचना गर्नेले ध्यान दिउन्, भिडियो हेरुन्, जजहरुको प्रश्नमा उनको जवाफ र कन्फिडेन्स कस्तो थियो।


‘नेपालको असाधारण विलक्षण कुमारीहरुको अन्वेषण गर्ने’ भनेर विज्ञप्ति निकाली मिस नेपाल छान्न सुरु गरेको आयोजक हिडन ट्रेजर नेपालले आफूले आफैलाई नेपालको अति प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको उपमा दिएको छ। विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुस्। विज्ञप्ति कुरुप भए पनि छानिने मिस नेपाल चाहिँ सुन्दरी नै छिन्।

हेरौँ मिस नेपालको भिडियो

4 thoughts on “उर्लाबारीकी नीकिता चन्दक बनिन् यो वर्षकी मिस नेपाल”

  1. dipak says:
    June 3, 2017 at 6:14 am

    बास्तबमै असाधारण विलक्षण कुमारी अन्वेषण गरेछन….न साधारण छ न लक्षण छ … अनि हिडन ट्रेजरको बिग्यप्तीमै प्रष्ट रुपमा यिनलाइ छान्ने कुरा थ्यो नागरिकाता र पासपोर्ट भएको गैर नेपाली भनेको यिनै रैछिन…

    Reply
  2. Aashishjii says:
    June 3, 2017 at 12:18 am

    मारवाडी होइन हौ…माडवारी हो…कम से कम तपाईं त शुद्ध लेख्नुहोस सालोक्य जी

    Reply
    1. Salokya says:
      June 3, 2017 at 12:34 am

      हावा कुरा नगर्नुस्। कसले भन्यो माडवारी ? मारवाडी नै हो । मारवाडी सेवा समिति नामको संस्था काठमाडौँमा छ।

      Reply
  3. सॉंईलो म says:
    June 2, 2017 at 8:47 pm

    हेर त सुन्दरीहरुको पारा ,,महिनौ लगाएर तयारी गराएको त्यतिनै हो उप्लब्धी?कम्सेकम नाम र नम्बर त भन राम्रो सँग ,मुसुमुसु मुसकानले मात्र हुदैन हो मुईया!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme