Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बैँकहरुले यसरी दुःख दिए मलाई

Posted on May 30, 2017May 30, 2018 by Salokya


-मनोज श्रेष्ठ-
बैंकिङ कारोबार गर्न भर्खरै थालेको थिएँ। पहिलो पटक सिद्धार्थ बैंकसँग कारोबार गरेँ। त्यसपछि ब्याज कम भएको कारण एभरेष्ट बैंक बानेश्वर शाखामा पुगेँ। आवास कर्जाको लागि मैले निवेदन दिएँ। डेढ बर्ष पहिले ३५ लाखको ऋण पास भयो। सर्भिस चार्ज बापत सुरुमै ३५ हजार बैंकले कटायो। अन्य १५ हजार पनि विभिन्न शीर्षकमा काटेर मलाई पहिलो किस्ता साढे ४ लाख निकासा गरिदियो। घर निर्माण सम्पन्नको कागज बैंकमा बुझाई सकेपछि अन्तिम किस्ता साढे ४ लाख निकासा गर्ने बैंकसँग सम्झौता थियो। तर, त्यस्तो भएन। जम्मा साढे ३० लाख रुपैयाँ मात्रै निकासा गर्न सक्ने भनेर बैंकले भन्यो। तर, बैंकले विगत चार महिनादेखि ३५ लाख बराबरकै किस्ता लिन थाल्यो।

एभरेष्ट बैंक बानेश्वर शाखाका ऋण अधिकृतहरु समिक्षा श्रेष्ठ र चन्द्रमणि बीच पटक-पटक मैले गुनासो गरेँ- कि बैंक किस्ता घटाऊ, होइन भने मलाई पूरै (३५ लाख) नै निकासा गरिदेऊ। उनीहरुले दिएको ३५ लाख बापतको किस्ता तालिका (इएमआई) मा मासिक ४३ हजार तिर्नुपर्ने थियो। तर, साढे ३० लाख दिएर ३५ लाखकै किस्ता लिनु कति उचित? ठगीको पनि एउटा सीमा हुन्छ नि!

३५ लाख दिन सक्दैनौ भने साढे ४ लाखको सर्भिस चार्ज फिर्ता गर, अनि किस्ता रकम पनि साढे ३० लाखको मात्रै लिउ भनेँ। उनीहरुले सर्भिस चार्ज फिर्ता गर्न कुनै हालतमा पनि मिल्दैन भने। किस्ता रकमको समस्या भए हामी मिलाउँछौ भने।

८ प्रतिशतमा एप्रुभ भएको ऋण लिन नपाउँदै बढ्यो। ठीकै त यतिसम्म त कम्प्रमाइज गर्न सकिन्छ। तर, दिन्छु भनेको ऋण त पूरै दिनु पर्‍यो नि होइन र?

यसरी बैंकले नै ठगी गर्छ भने अन्य क्षेत्रको हालत कस्तो होला? हामी सहजै अनुमान गर्न सक्छौँ। धेरै जना त अनुभवी पनि होलान्।

त्यसैगरी घर निर्माण गर्ने क्रममै ग्लोबल आईएमई बैंकको मुख्य कार्यालयबाट १० लाख लिएर नबिल बैंक दरबारमार्ग शाखामा जम्मा गरेको थिएँ। लगभग २० मिनेटको फरकमा। त्यस बैंकले ५ दिनपछि फोन गर्‍यो, ‘तपाईँले जम्मा गरेको दश लाखमा एक हजार नक्कली नोट भेटियो, त्यो तपाईले फिर्ता दिनुपर्‍यो।’

मैले भनेँ, ‘अब एक सातापछि भनेको भरमा मैले ग्लोबल आईएमई बैंकमा कसरी कम्प्लेन गर्ने?’ बकायदा मसँग जम्मा गरेको भौचर छ। नक्कली भएको भनेर जम्मा गर्न जाँदा नै भनेको भए तुरुन्त भनेको भए ग्लोबल आईएमई बैंकमा कम्प्लेन गर्दा सायद दिन्थ्यो होला। वा नदिन पनि सक्थ्यो। किनभने कुनै पनि बैंकले रुपैयाँ दिँदा गनेर लैजानु भनेका हुन्छन्। बैंकले रुपैयाँ लिने क्रममा ४/५ पटकसम्म गनेर लिन्छ। दिने बेलामा गनेर लैजानु भन्छन्। कि त रुपैयाँ गन्ने मेसिन बैंकले ग्राहकको लागि पनि राखिदिनुपर्‍यो, होइन?

फेरि अर्को केसको वर्णन गरौँ। सिद्धार्थ बैंकबाट दश लाख निकालेर स्ट्याण्डर्ड चार्टर बैंक लाजिम्पाटमा जम्मा गर्न गएँ। अब बैंकबाट लिएको पैसा गन्न गाह्रो। सिधै जम्मा गर्न गएँ। दशमध्ये एक लाखको बिटा च्यात्तिएकै नोटहरु मात्रै रहेछन्। लिन मानेन। म फर्किएर सिद्धार्थ बैंकको शाखा म्यानेजर कहाँ गए। र, भने, ‘यस्तो पनि सर्भिस हुन्छ?’

सुरुमा त उसले भन्यो, ‘पैसा यहीँबाट लगेको भनेर कसरी थाहा पाउने’ भनेर उल्टै ममाथि शंका गर्न थाल्यो। मैले अलिक कडा भएर बोलेपछि उसले आफ्नो स्टाफलाई अनुसन्धान गर्न लगायो। पछि बैंकबाटै लगेको प्रमाणित भएपछि पैसा चाहिँ साटिदियो। तर मलाई लगभग आधा दिन त्यही बस्नुपर्‍यो। यो रुपैयाँको भिडियो पनि मैले खिचेँ।

त्यस्तै कतिपय अवस्थामा हजारको बिटाको बीचमा पाँच सय हाल्ने, कहिले एक हजार नोट नै नहुने जस्ता समस्या त सामान्य हुन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme