Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बजेटमा गल्ती : अर्थ मन्त्रालयले विराटनगर महानगरपालिका भइसकेको थाहै पाएन

Posted on May 30, 2017May 30, 2018 by Salokya

विराटनगरको महानगरपालिका यात्रा कम्ता संघर्षपूर्ण छैन। सरकारले ७ सय ४४ स्थानीय तह बनाउँदा ४ महानगरपालिकामात्रै बनाएको थियो – काठमाडौँ, ललितपुर, पोखरा लेखनाथ र भरतपुर। स्थानीय तहको सङ्ख्या थप्ने र विराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाउने घोषणाविरुद्ध सर्वोच्चमा रिट परेपछि दुवै महानगरपालिका पुनः उपमहानगरपालिकामा झरेको थियो। पछि फेरि २०७४ जेठ १७ गते मन्त्रिपरिषद्को निर्णयबाट विराटनगर महानगरपालिका बन्न पुग्यो। त्यसै अनुसार स्थानीय तहको चुनाव पनि भयो। तर अहिले अर्थ मन्त्रीले पेश गरेको बजेटमा विराटनगरलाई महानगरपालिका हैन, उपमहानगरपालिका बनाइएको छ। बजेटको अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) को डकुमेन्टमा स्थानीय तह शीर्षक अन्तर्गत मोरङको उपमहानगरपालिकामा विराटनगरलाई उपमहानगरपालिका बनाइएको छ।

 

विराटनगरसँगै महानगरपालिका बनाइएको प्रदेश २ को पर्सामा रहेको वीरगञ्जलाई भने महानगरपालिका नै उल्लेख गरिएको छ।

बजेट जस्तो डकुमेन्टमा एउटा स्थानीय तह महानगरपालिका हो कि उपमहानगरपालिका नै थाहा नपाई यो के जात्रा गरेको भनेर संसदमा प्रश्न उठाउन विपक्षीलाई अर्थमन्त्रीले राम्रै ठाउँ दिनुभएछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme