Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केकपछि चकलेट कल्चर : पार्टी एकताको खुसियालीमा ‘रोयल स्विस’ चकलेट बाँडियो

Posted on May 19, 2017May 19, 2018 by Salokya
http://www.mysansar.com/wp-content/uploads/2018/05/video-1526749793.mp4

समृद्धिको लक्ष्यसहित अघि बढेको कम्युनिस्ट पार्टीहरुले एकता नहुँदै केक कल्चर भित्र्याएका थिए- माओवादीले जनयुद्ध दिवसका दिन होस् कि एमालेका नेताहरुको बर्थ डे अवसरमा होस्, धमाधम केक काटेको समाचार आइरहेको थियो। पार्टी एक हुँदा भने केक काटिएन। शायद् काट्नुले त टुक्रनुको अशुभ संकेत गर्छ भनेर हो कि। पार्टी एक भएको खुसियाली त फेरि मनाउनै पर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आइडिया ल्याएछन्- चकलेट बाँड्ने। चकलेट पनि चानचुने हो र- रोयल स्विस।

एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी को पहिलो संसदीय दलको बैठकमा ओलीले प्रचण्डलाई मुख मिठो गराए- चकलेट दिएर।

एकछिनपछि बैठकमै कमरेडहरुले ग्वाम ग्वाम चकलेट खाएको देखियो।

http://www.mysansar.com/wp-content/uploads/2018/05/video-1526750046.mp4

फोटो : अंगद ढकाल

चकलेट नेताहरुले मात्र हैन, पत्रकारहरुले पनि पाए। पत्रकारहरुले सगौरव त्यसको फोटो फेसबुकमा पनि टाँसे। नेताको नून खाएको भए गुण तिर्नुपर्थ्यो होला, चिनी खाएको त तिर्नुपर्दैन नि, कि कसो?

फोटो : अंगद ढकाल

भिडियो हेर्नुस्-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme